#
गृह पृष्ठ मेलापत पहिरोमा परी कुश्मीशेरामा एक जनाको मृत्यु

पहिरोमा परी कुश्मीशेरामा एक जनाको मृत्यु

बागलुङ, २८ भदौ– बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेरामा पहिरोले घर पुरीँदा एक बृद्धको मृत्यु भएको छ । कुश्मीशेराको टुनीवटमा घरमाथीबाट आएको पहिरोले घर पुरीँदा ६० बर्षिया लक्ष्मी पौडेलको मृत्यु भएको हो ।
उनका ७० बर्षिय श्रीमान मणिभद्र पाध्या गम्भिर घाईते भएका छन् । पाध्यालाई स्थानीयले पहिरोबाट उद्धार गरेका थिए । बागलुङ कुश्मीशेरा सडक निर्माणका क्रममा लगाईएको तारजाली सहितको पहिरोले टुनीवोटका ३ घरमा क्षति पु¥याएको स्थानीय केदार पौडेलले बताए । आईतवार बिहान ५ बजे खसेको पहिरोले तीनै घरका गोठमा समेत क्षति पु¥याएको छ ।
पहिरोको थप विवरण आउन बाँकी छ । प्रहरी चौकी कुश्मीशेराको टोलि घटनास्थलमा पुग्दै गरेको प्रहरीले जनाएको छ । घाईते पाध्यालाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र कुश्मीशेरा लगिएको छ ।

छुटाउनुभयो कि?

अमलाचौरका उमनाथ : बुढ्यौलीमा पनि तन्नेरीको जाँगर

बागलुङ-गाउँको माझ जस्ताको छाना हालेको सानो छाप्रो अनि सडक छेवैमा आरन । परम्परागत शैलीमा नै बनाईएको आरन । आगो फुक्नका लागि परम्परागत फलामे मेसिन...

फलेवास नगरसभापतिमा थापा निर्बिरोध सभापती हुने पक्का! सबै काङ्ग्रेस लागे थापाको पक्षमा

पर्वत- नेपाली कांग्रेसको महाधिवेशन शुरु भएसंगै चुनावी सरगर्मी बढ्न थालेको छ ।यता नगर अधिवेशनको लागि नेपाली कांग्रेसका नेताहरुको दौडधुप बढिरहेको छ ।यो सँगै पर्वतको...

पर्वतको मुडिकुवामा पहिरोले घर पुरिँदा एक बालिकाको मृत्यु

पर्वत,२९ भदौ - पर्वतको फलेवास नगरपालिका वडा नं. ४ मुडिकुवा स्थित शिर्शुवामा पहिरोले घर पुरिँदा एक बालिको मृत्यु भएको छ ।स्थानीय नबिन विकको घर...

अपडेट : गाडी टुक्रा टुक्रा अवस्थामा भेटियो। एक जनाको शव भेटियो,दुई जनाको पहिचान खुल्यो।

पर्वत-बाग्लुङबाट पोखरा सवार टाटा सुमो जीप पर्वतको कुश्मा स्थित तमादीखोलाले बगाउँदा बेपत्ता भएका तीन जनामध्ये घटनामा परेका दुई जनाको नाम खुलेको छ । कास्की नौडाँडाका विजय...

अनलाइन कक्षाका लागि “वाईफाई” खोज्दा! अमलाचौरमा गाउँभरी फैलियो कोरोना

बागलुङ– कोरोना महामारीको त्रासका कारण बैशाख यता विद्यालय खुलेका छैनन् । बागलुङका केही विद्यालयले वैकल्पिक माध्यामको प्रयोग गरेर पठनपाठन गराईरहेका छन् । केही विद्यालय...