#
गृह पृष्ठ मेलापत पहिरोमा परी कुश्मीशेरामा एक जनाको मृत्यु

पहिरोमा परी कुश्मीशेरामा एक जनाको मृत्यु

बागलुङ, २८ भदौ– बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेरामा पहिरोले घर पुरीँदा एक बृद्धको मृत्यु भएको छ । कुश्मीशेराको टुनीवटमा घरमाथीबाट आएको पहिरोले घर पुरीँदा ६० बर्षिया लक्ष्मी पौडेलको मृत्यु भएको हो ।
उनका ७० बर्षिय श्रीमान मणिभद्र पाध्या गम्भिर घाईते भएका छन् । पाध्यालाई स्थानीयले पहिरोबाट उद्धार गरेका थिए । बागलुङ कुश्मीशेरा सडक निर्माणका क्रममा लगाईएको तारजाली सहितको पहिरोले टुनीवोटका ३ घरमा क्षति पु¥याएको स्थानीय केदार पौडेलले बताए । आईतवार बिहान ५ बजे खसेको पहिरोले तीनै घरका गोठमा समेत क्षति पु¥याएको छ ।
पहिरोको थप विवरण आउन बाँकी छ । प्रहरी चौकी कुश्मीशेराको टोलि घटनास्थलमा पुग्दै गरेको प्रहरीले जनाएको छ । घाईते पाध्यालाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र कुश्मीशेरा लगिएको छ ।

छुटाउनुभयो कि?

एसईई नतिजा प्रकाशनमा कोरोना प्रभाव

२२ साउन, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक हुन अझै केही दिन लाग्ने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या...

पर्वतको खौलामा श्रीमतीको घाँटी बाँधेर हत्या

पर्वत,१७ मंसिर- कुश्मा नगरपालिका १३ खौलालाँकुरीका एक व्यक्तिले श्रीमतीको घाँटी बाँधेर हत्या गरेका छन् । गएको कात्तिक १५ गते महिलाको शव शङ्कास्पद अवस्थामा भेटिएपछि...

अमलाचौरका उमनाथ : बुढ्यौलीमा पनि तन्नेरीको जाँगर

बागलुङ-गाउँको माझ जस्ताको छाना हालेको सानो छाप्रो अनि सडक छेवैमा आरन । परम्परागत शैलीमा नै बनाईएको आरन । आगो फुक्नका लागि परम्परागत फलामे मेसिन...

बलेवाका ३ वडा अध्यक्षको टेलिफोन सम्बाद :संक्रमण त्रासले वलेवाका वडाहरुमा थप कडाई गरिने!

बलेवा, १२ भदौ– संक्रमणको त्रास बढ्दै गएपछि बागलुङ नगरपालिकाको बलेवा क्षेत्रका तीन वडाले निषेधाज्ञाको कार्यान्वयनमा थप कडाइ थालेका छन् । छिमेकी स्थानीय तहहरुसँग जोडिएका...

को होला त !भुमी समस्या समाधान आयोग पर्बतको संयोजक ?

पर्वत, ७ भदौ – सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा बितरण गर्न अधिकार सम्पन्न ‘भूमिसम्बन्धी समस्या समाधान आयोग’ गठन गरेको छ ।देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा सात...