#
गृह पृष्ठ राजनीति भारतीय पेन्सनरलाई पनि भत्ता दिन नेकपा जैमिनीको माग

भारतीय पेन्सनरलाई पनि भत्ता दिन नेकपा जैमिनीको माग

बागलुङ, २४ भदौ– भारत सरकारबाट निवृत्तीभरण पाउनेलाई पनि समाजिक सुरक्षा भत्ता दिनुपर्ने भन्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जैमिनी नगर कमिटिले नगरपालिकालाई ज्ञापनपत्र बुझाएको छ ।
नगरपालिकाले सामाजिक सुरक्षा भत्ता पाउनेहरुलाई समयमै नदिएको र भारतीय निवृत्तिभरण पाउनेहरुको सुविधा बिना कारण काटेको भन्दै नेकपाले विरोध जनाएको छ ।
बुधबार पार्टी नगर कमिटि अध्यक्ष इन्द्र थापाको संयोजकत्वमा नगरपालिका पुगेको टोलीले नगरप्रमुख इन्द्रराज पौडेललाई ज्ञापनपत्र बुझाएको हो । जिल्लाका अन्य स्थानीय तहले समयमै सामाजिक सुरक्षा भत्ता वितरण गरेको भन्दै नेकपाले जैमिनीले मात्रै भारतीय निवृत्तिभरणको भत्ता कटौती गर्नुपर्ने कारण नरहेको उल्लेख गरेको छ ।
चौमासिक रुपमा वितरण हुने भत्ता निकासा हुँदासमेत लामो समय रोक्ने र बैंकमार्फत गत आर्थिक वर्षको साउनमै उपलव्ध भैसक्नुपर्ने भत्ता अहिलेसम्म नबाँडेको भन्दै नेकपाले तत्काल भत्ता वितरणमा जोड दिईएको छ ।
नेपाल सरकारले दोहोरो सुविधा कटौती गर्न चैतमा सामाजिक सुरक्षा ऐनमा परिवर्तन गरेको परिपत्र पाएपछि दोहोरो सुविधा पाउनेहरुको सामाजिक सुरक्षा भत्ता कटौती भएको नगरप्रमुख इन्द्रराज पौडेलले बताए । जैमिनी नगरपालिका वडा नं. ४ का बासीले भदौको अन्तिम सातासम्म पनि सामाजिक सुरक्षा पाएका छैनन् ।

छुटाउनुभयो कि?

बागलुङको जैमिनी नगरपालिका २९ बर्षिय संक्रमित पुरुषको मृत्यु

बागलुङ ,२१  कात्तिक- बागलुङका २९ बर्षिय कोरोना संक्रमित पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । जिल्लाको जैमिनी नगरपालिका–९ पैञ्युथन्थापका ती पुरुषको पोखरा स्वास्थ्य बिज्ञान...

एसईई नतिजा प्रकाशनमा कोरोना प्रभाव

२२ साउन, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक हुन अझै केही दिन लाग्ने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या...

अमलाचौरका उमनाथ : बुढ्यौलीमा पनि तन्नेरीको जाँगर

बागलुङ-गाउँको माझ जस्ताको छाना हालेको सानो छाप्रो अनि सडक छेवैमा आरन । परम्परागत शैलीमा नै बनाईएको आरन । आगो फुक्नका लागि परम्परागत फलामे मेसिन...

बलेवाका ३ वडा अध्यक्षको टेलिफोन सम्बाद :संक्रमण त्रासले वलेवाका वडाहरुमा थप कडाई गरिने!

बलेवा, १२ भदौ– संक्रमणको त्रास बढ्दै गएपछि बागलुङ नगरपालिकाको बलेवा क्षेत्रका तीन वडाले निषेधाज्ञाको कार्यान्वयनमा थप कडाइ थालेका छन् । छिमेकी स्थानीय तहहरुसँग जोडिएका...

को होला त !भुमी समस्या समाधान आयोग पर्बतको संयोजक ?

पर्वत, ७ भदौ – सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा बितरण गर्न अधिकार सम्पन्न ‘भूमिसम्बन्धी समस्या समाधान आयोग’ गठन गरेको छ ।देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा सात...