पर्वत, २४ भदौ– नेपाली कांग्रेस पर्वतले निर्माण गरिरहेको भवनका लागि एक युवा नेतृले आर्थिक सहयोग गरेकी छन् । जनस्तरबाट सहयोग संकलनका भरमा निर्माण भैरहेको पार्टी कार्यालय भवनको लागि नेपाली काँग्रेसका महासमिति सदस्य एवम् नेपाली काँग्रेस प्रचार तथा सुचना र सञ्चार विभागका केन्द्रीय सदस्य राधाकुमारी कुँवर क्षेत्रीले एक लाख ५१ हजार रुपैयाँ सहयोग गरेकी हुन् । कांग्रेस पर्बतको आफ्नै पार्टी भबन निर्माण अन्तिम चरणमा रहेको छ । बुधबार बिपिको जन्मजयन्तीको अबसरमा आयोजित एक कार्यक्रममा क्षेत्रीले नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं बिपिस्मृति भवन निर्माण समिति पर्वतका संयोजक अर्जुनप्रसाद जोशीलाई उक्त रहमको चेक हस्तान्तरण गरेकी हुन । बिपिको नाममा बनेको भवनमा सहयोग गर्न पाउँदा निकै खुशी लागेको क्षेत्रीले बताइन् ।











































