#
गृह पृष्ठ राजनीति ढोरपाटनका पीडितलाई राजिव गुरुङ (दिपक मनाङ्गे)को सहयोग

ढोरपाटनका पीडितलाई राजिव गुरुङ (दिपक मनाङ्गे)को सहयोग

बागलुङ, २३ भदौ– गण्डकी प्रदेश सभा सदस्य राजिव गुरुङ (दिपक मनाङ्गे) ले ढोरपाटन नगरपालिकाकोे दैवी प्रकोप राहत कोषमा आर्थिक सहयोग गरेका छन् । गुरुङले राहत कोषमा पचास हजार रुपैयाँ आर्थिक सहयोग गरेका हुन् ।
भदौ १७ गते बागलुङको ढोरपाटन नगरपालिकाको भुजीखोलाको बाढीले घरबारविहिन परिवारको पुनस्थापनामा सहयोग पु¥याउनको लागि सहयोग गरेको गुरुङले बताए । गुरुङले पठाएको सहयोग रकम प्रतिनिधि योगेश भण्डारीले नगरप्रमुख देवकुमार नेपाली, उपप्रमुख करमती पुन तथा प्रमुख प्रसाशकिय अधिकृत धनप्रसाद पोखरेललाई हस्तान्तरण गरेका थिए । गुरुङ मनाङ ‘ख’ बाट गण्डकी प्रदेश सभा सदस्यमा प्रतिनिधित्व गर्छन् ।
राहत रकम बुझ्दै नगरप्रमुख देवकुमार नेपालीले तत्कालको लागि खाद्य सामग्री, लत्ताकपडा धेरै संघसस्थाबाट प्राप्त भएकोले सकेसम्म राहत कोषमा आर्थिक सहयोग जुटाउने अभियानमा आफुहरु लागेको जानकारी गराएका थिए ।
साथै, मनाङ जिल्लाबाट गण्डकी प्रदेशमा प्रतिनिधित्व गर्ने राजिब गुरुङको सहयोगले शोकलाई शक्तिमा बदल्न सहयोग मिलेको नगरप्रमुख नेपालीले बताए । एकद्वार प्रणालीबाट उचित व्यवस्थापनसहित राहत वितरण भैरहेको र अब कोषलाई प्रभावकारी बनाएर पुनस्थापनमा जुट्ने उनले बताए ।

छुटाउनुभयो कि?

बागलुङको जैमिनी नगरपालिका २९ बर्षिय संक्रमित पुरुषको मृत्यु

बागलुङ ,२१  कात्तिक- बागलुङका २९ बर्षिय कोरोना संक्रमित पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । जिल्लाको जैमिनी नगरपालिका–९ पैञ्युथन्थापका ती पुरुषको पोखरा स्वास्थ्य बिज्ञान...

एसईई नतिजा प्रकाशनमा कोरोना प्रभाव

२२ साउन, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक हुन अझै केही दिन लाग्ने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या...

अमलाचौरका उमनाथ : बुढ्यौलीमा पनि तन्नेरीको जाँगर

बागलुङ-गाउँको माझ जस्ताको छाना हालेको सानो छाप्रो अनि सडक छेवैमा आरन । परम्परागत शैलीमा नै बनाईएको आरन । आगो फुक्नका लागि परम्परागत फलामे मेसिन...

बलेवाका ३ वडा अध्यक्षको टेलिफोन सम्बाद :संक्रमण त्रासले वलेवाका वडाहरुमा थप कडाई गरिने!

बलेवा, १२ भदौ– संक्रमणको त्रास बढ्दै गएपछि बागलुङ नगरपालिकाको बलेवा क्षेत्रका तीन वडाले निषेधाज्ञाको कार्यान्वयनमा थप कडाइ थालेका छन् । छिमेकी स्थानीय तहहरुसँग जोडिएका...

को होला त !भुमी समस्या समाधान आयोग पर्बतको संयोजक ?

पर्वत, ७ भदौ – सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा बितरण गर्न अधिकार सम्पन्न ‘भूमिसम्बन्धी समस्या समाधान आयोग’ गठन गरेको छ ।देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा सात...