#
गृह पृष्ठ राजनीति युवा जागरण अभियान अन्तर्गत,फलेवासको शंकरपोखरीमा युवा संघको भेला सम्पन्न

युवा जागरण अभियान अन्तर्गत,फलेवासको शंकरपोखरीमा युवा संघको भेला सम्पन्न

पर्वत,२१ भदौ-सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा निकट राष्ट्रिय युवा संघ पर्वतको युवा भेला फलेवास नगरपालिकाको शंकरापोखरीमा सम्पन्न भएको छ । युवासंघले युवा जागरण अभियान अन्तर्गत उक्त भेलाको आयोजना गरेको हो । कोरोना संक्रमण र यसबाट बच्ने उपायहरुको बारेमा जनचेतना फैलाउँदै संगठन मजबुद बनाउने अभियान युवा संघले शुरुवात गरेको हो ।दुई युवा संगठन वीच एकता भइ निर्माण भएको राष्ट्रिय युवा संघले संगठन विस्तार, कमिटिहरुको गठन र सरकारले गरेका राम्रा कामहरुको प्रचार गाउँसम्म गराउने उद्देश्यका साथ युवा भेटघाट तथा जागरण अभियानलाई निरन्तरता दिएको अध्यक्ष थमनारायण पौडेलले जानकारी दिए ।

पौडेलका अनुसार शनिवार फलेवास नगरपालिका वडा न ३ शंकरपोखरीका युवाहरु वीच भेटघाट तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ । समुदायमा कोरोना संक्रमण पुष्टि नभए पनि संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सुरक्षाका विधिहरु अपनाएर भेलाको आयोजना गरिएको अध्यक्ष पौडेलले जानकारी दिए ।पौडेलका अनुसार भेलाका सहभागीहरुले राष्ट्रिय राजनीति, युवा परिचालन तथा संगठन सबलीकरणका विषयमा छलफल भएको थियो । दुई संगठन वीच एकता भए पनि जिल्ला कमिटिको गठन प्रक्रिया पुरा भएको छैन ।

अध्यक्ष पौडेलले छिटै जिल्ला समितिको गठन गरी संगठनका थप गतिविधिहरुलाई अघि बढाउने गर्ने जानकारी समेत गराएका थिए । युवा संघले जिल्ला, नगर र वडा कमिटिहरुको गठन गरी संगठनका गतिविधिहरुलाई थप शसक्त पार्दै लैजाने गरी योजना निर्माण गर्न लागेको अध्यक्ष पौडेलको भनाई छ ।
भेलामा युवा सघ पर्वतका अगुवा नेताहरुले अर्जुन पौडेल,नवराज गिरि, लकाश सुवेदी लगायतका युवाहरुलाई संगठन विस्तार र अनु्शासन लगाएता विषयमा जानकारीमूलक मन्तब्य राखेका थिए ।

छुटाउनुभयो कि?

पर्वतको खौलामा श्रीमतीको घाँटी बाँधेर हत्या

पर्वत,१७ मंसिर- कुश्मा नगरपालिका १३ खौलालाँकुरीका एक व्यक्तिले श्रीमतीको घाँटी बाँधेर हत्या गरेका छन् । गएको कात्तिक १५ गते महिलाको शव शङ्कास्पद अवस्थामा भेटिएपछि...

एसईई नतिजा प्रकाशनमा कोरोना प्रभाव

२२ साउन, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक हुन अझै केही दिन लाग्ने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या...

बलेवाका ३ वडा अध्यक्षको टेलिफोन सम्बाद :संक्रमण त्रासले वलेवाका वडाहरुमा थप कडाई गरिने!

बलेवा, १२ भदौ– संक्रमणको त्रास बढ्दै गएपछि बागलुङ नगरपालिकाको बलेवा क्षेत्रका तीन वडाले निषेधाज्ञाको कार्यान्वयनमा थप कडाइ थालेका छन् । छिमेकी स्थानीय तहहरुसँग जोडिएका...

अमलाचौरका उमनाथ : बुढ्यौलीमा पनि तन्नेरीको जाँगर

बागलुङ-गाउँको माझ जस्ताको छाना हालेको सानो छाप्रो अनि सडक छेवैमा आरन । परम्परागत शैलीमा नै बनाईएको आरन । आगो फुक्नका लागि परम्परागत फलामे मेसिन...

को होला त !भुमी समस्या समाधान आयोग पर्बतको संयोजक ?

पर्वत, ७ भदौ – सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा बितरण गर्न अधिकार सम्पन्न ‘भूमिसम्बन्धी समस्या समाधान आयोग’ गठन गरेको छ ।देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा सात...