#
गृह पृष्ठ मेलापत लिमिठानाका भलिवल खेलाडी तथा राष्ट्रसेवक परियार लामो समयवाट थलामा ,आर्थीक समस्याका कारण...

लिमिठानाका भलिवल खेलाडी तथा राष्ट्रसेवक परियार लामो समयवाट थलामा ,आर्थीक समस्याका कारण उपचारमा समस्या

पर्वत,२१ भदौ –विकास राज पौडेल कुश्मा –पर्वतको फलेवास नगरपालिका ७ लिमिठानामा एउटा गरीव परिवारमा जन्मेका राष्ट्र सेवक कर्मचारी तथा रास्ट्रको गहना क्षेत्रीय भलिबल खेलाडी ओम प्रकास परियार परिवारको पालन पोषणको जिम्मेवारी वोकेर देश र जनता को सेवा मा आफूलाई समर्पित गर्दै ठुलो मान्छे वन्ने सपना वोकेर गाँउ छोडे । तर विडम्वना उनको जिवनमा ठुलो वज्रपात आईलाग्यो सवै सपना ,सपना जस्तै अधुरै भयो ।उनि २०७६ सालमा चितवनको देवघाटमा डिउटी सकेर फर्किने वेलामा प्रहरीको भेन दुर्घटनामा परी मेरुदण्ड भाचियर अहिले शरिरको आधा भाग चल्दैन न त आफू चल्न सक्छन न हिंड्न् सक्छन उठाउन बसाल्न अर्काको सहारा चाहिन्छ ।
उनलाई खुवाउने, दिसापिसाब गराउने, लुगा फेरिदिने, नुहाइधुवाई गरिदिनका लागि १ जना रातदिन खट्नुपर्ने अवस्था छ सन्तान पाएपछि हुर्काउँला, बढाउँला, पढाउँला र उनीहरुको कमाइबाट सुखसयलमा बसौंला भन्ने अभिभावकको चाहना चकनाचुर भएको छ ।यस्तो लक्का जवान शरीरमा डाइपर लगाएर बस्न वाध्यता परेको छ ! अर्कै ले डाइपर फेर्दिन पर्छ ! दुख माथी झन दुख थपिएको छ! ओम प्रकाश आफु यसरी थला परेको छन भने उनको स्याहार सुसार गर्ने श्रीमती सुत्केरी छिन। उनका वावा आमा गाउँभरि कपडा सिलाएर वाली उठाएरै परिवार पाल्दै जिविकोपार्जन गर्दै आएका छन ।आज सम्म दुख गरेर कमाएको सवै पैसा सकियो न त सञ्चो हुन्छ अजै कति समय थलामै रुदै जिवन विताउन पर्ने हो ओम प्रकास परियारले रुदै भने कहि कतै वाट केहि सहयोग पाए राम्रो संग उपचार गर्न पाए फेरि खेलकुद क्षेत्र र देश जनताको सेवा गरेर रिन तिर्ने थियँ ।
दुखमा काम लाग्नुनै जिन्दगी को अर्थ हो मानवीय धर्म हो भनिन्छ एक थुकी सुकि सय थुकी नदि भने जस्तै तपाईं हामी सबै मिलेर ओम प्रकाश परियारको लागि सक्दो सहयोग जुटाउन सके समयमै उपचार हुने थियो कि ? हाम्रो सबै को प्यारो रास्ट्र सेवक प्रहरी मात्र नभएर रास्ट्रको गहना क्षेत्रीय भलिबल खेलाडी ओम लाई सिधै सम्पर्क गरेर सहयोग गर्न चाहनु हुने दयालु मनहरुले ओमप्रकाश लाई ९८६७५१४४१८ सम्पर्क गरेर सहयोग गर्न सक्नुहुनेछ ।

छुटाउनुभयो कि?

एसईई नतिजा प्रकाशनमा कोरोना प्रभाव

२२ साउन, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक हुन अझै केही दिन लाग्ने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या...

पर्वतको खौलामा श्रीमतीको घाँटी बाँधेर हत्या

पर्वत,१७ मंसिर- कुश्मा नगरपालिका १३ खौलालाँकुरीका एक व्यक्तिले श्रीमतीको घाँटी बाँधेर हत्या गरेका छन् । गएको कात्तिक १५ गते महिलाको शव शङ्कास्पद अवस्थामा भेटिएपछि...

अमलाचौरका उमनाथ : बुढ्यौलीमा पनि तन्नेरीको जाँगर

बागलुङ-गाउँको माझ जस्ताको छाना हालेको सानो छाप्रो अनि सडक छेवैमा आरन । परम्परागत शैलीमा नै बनाईएको आरन । आगो फुक्नका लागि परम्परागत फलामे मेसिन...

बलेवाका ३ वडा अध्यक्षको टेलिफोन सम्बाद :संक्रमण त्रासले वलेवाका वडाहरुमा थप कडाई गरिने!

बलेवा, १२ भदौ– संक्रमणको त्रास बढ्दै गएपछि बागलुङ नगरपालिकाको बलेवा क्षेत्रका तीन वडाले निषेधाज्ञाको कार्यान्वयनमा थप कडाइ थालेका छन् । छिमेकी स्थानीय तहहरुसँग जोडिएका...

को होला त !भुमी समस्या समाधान आयोग पर्बतको संयोजक ?

पर्वत, ७ भदौ – सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा बितरण गर्न अधिकार सम्पन्न ‘भूमिसम्बन्धी समस्या समाधान आयोग’ गठन गरेको छ ।देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा सात...