#
गृह पृष्ठ राजनीति महाशीलामा काँग्रेसमा पहिरो, ५१ जना सक्रिय कार्यकर्ताहरु नेकपा प्रवेश

महाशीलामा काँग्रेसमा पहिरो, ५१ जना सक्रिय कार्यकर्ताहरु नेकपा प्रवेश

पर्वत,२० भदौ– पर्वतको महाशिला गाउँपालिका वडा नं. ५ लुंखुदेउरालीमा शुक्रवार ठुलो संख्यामा नेपाली काँग्रेसका कार्यकर्ताहरु नेकपामा प्रवेश गरेका छन् । महाशिला ५ लुङ्खदेउराली अन्तरगत विभिन्न टोलहरु बाट टेकबहादुर गुरुङ, नारायणदत्त शर्मा, नारायण शर्मा, बाबुराम शर्माले नेतृत्व गरि ५१ जना नेपाली काङ्ग्रेसका सक्रिय कार्यकर्ताहरु नेकपाका प्रवेश गरेका हुन । नवप्रवेशीहरुलाई महाशीला गाउँपालिकाका अध्यक्ष एवम् नेकपामा नेता राजु पौडेल, नेकपा सचिबालय सदस्यहरु विष्णुराम विक, महाशीलाका प्रवक्ता एवम् नेकपा जिल्ला सचिबालय सदस्य जीवन उच्चै ठकुरी, महाशीला वडा नं. १ का अध्यक्ष इश्वरीप्रसाद भुसाल लगायतले टिका लगाएर स्वागत गर्नुभएको थियो ।

नेपाली काँग्रेसमा लामो समय लागे पनि मुलुक परिवर्तनका लागि काम गर्न नसकेको र नेपालको विकास र समृद्धि नेकपावाटै सम्भव भएको भन्दै उनिहरु नेकपामा प्रवेश गरेका हुन ।उनिहरुले अब आजिवन नेकपामा लागेर राजनीतिक सँगै समाजको विकासमा लाग्ने प्रतिवद्धता र सपथ समेत खाएका छन् ।महाशीला वडा नं. ५ वडा कमिटिका अध्यक्ष टिकु मल्ल ठकुरीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन भिम गुरुङले गरेका थिए ।

छुटाउनुभयो कि?

पर्वतको खौलामा श्रीमतीको घाँटी बाँधेर हत्या

पर्वत,१७ मंसिर- कुश्मा नगरपालिका १३ खौलालाँकुरीका एक व्यक्तिले श्रीमतीको घाँटी बाँधेर हत्या गरेका छन् । गएको कात्तिक १५ गते महिलाको शव शङ्कास्पद अवस्थामा भेटिएपछि...

एसईई नतिजा प्रकाशनमा कोरोना प्रभाव

२२ साउन, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक हुन अझै केही दिन लाग्ने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या...

अमलाचौरका उमनाथ : बुढ्यौलीमा पनि तन्नेरीको जाँगर

बागलुङ-गाउँको माझ जस्ताको छाना हालेको सानो छाप्रो अनि सडक छेवैमा आरन । परम्परागत शैलीमा नै बनाईएको आरन । आगो फुक्नका लागि परम्परागत फलामे मेसिन...

बलेवाका ३ वडा अध्यक्षको टेलिफोन सम्बाद :संक्रमण त्रासले वलेवाका वडाहरुमा थप कडाई गरिने!

बलेवा, १२ भदौ– संक्रमणको त्रास बढ्दै गएपछि बागलुङ नगरपालिकाको बलेवा क्षेत्रका तीन वडाले निषेधाज्ञाको कार्यान्वयनमा थप कडाइ थालेका छन् । छिमेकी स्थानीय तहहरुसँग जोडिएका...

को होला त !भुमी समस्या समाधान आयोग पर्बतको संयोजक ?

पर्वत, ७ भदौ – सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा बितरण गर्न अधिकार सम्पन्न ‘भूमिसम्बन्धी समस्या समाधान आयोग’ गठन गरेको छ ।देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा सात...