#
गृह पृष्ठ मेलापत फलेवास नगरपालिकाको वार्षिक प्रगति समिक्षा शुरु, दिगो विकासमा नगरको जोड-नगर प्रमुख शर्मा

फलेवास नगरपालिकाको वार्षिक प्रगति समिक्षा शुरु, दिगो विकासमा नगरको जोड-नगर प्रमुख शर्मा

पर्वत,१९ भदौं-पर्वतको फलेवास नगरपालिकामा आर्थिक वर्ष २०७६।०७७ को वार्षिक प्रगति प्रस्तुति तथा समिक्षा कार्यक्रम सुरु भएको छ । गत बर्ष संचालन भएका योजनाहरुको प्रगति र आगामी कार्यदिशाका बरेमा छ्लफल गर्नका लागि नगरपालिकाले उक्त कार्यक्रम आयोजना गरेको हो ।कार्यक्रममा बोल्दै नगर प्रमुख पदमपाणी शर्माले नगरपालिका स्थापना भएदेखि नै पाइपलाईनको रुपमा विकास निर्माणका कार्यहरू संचालन गरेको बताउनुभयो ।बजेट कार्यनयनमा जोड दिँदै नगरको गौरवका लागि दिर्घाकालीन दिगो विकासका कार्य संचालन गरेको उहाँले बताउनुभयो । निति, नियम, नियम र प्रक्रिया अनुसार सबै पक्षसँग समन्वय गरेर व्यवस्थित तरिकाले कार्य सम्पादनमा जोड दिएको शर्माले बताउनुभयो ।
नगर उपप्रमुख मन्जु अधिकारीले नगरले उल्लेखनीय कार्यहरू संचालन गरेकोले नै देशभरकै उत्कृष्ट नगरपालिका भएको बताउदै नगरलाई विकास र समृद्धितर्फ लैजान सबैको साथ र सहयोगको आवश्यकता रहने बताउनुभयो । नगरपालिकाले सवै क्षेत्रलाई समेटेर सबै वडाहरुमा आवश्यकता र औचित्यका आधारमा कार्यक्रम संचालन गरिएको उहाँले बताउनुभयो । नगरपालिकाले जनतालाई लाभ हुने खालका जनचाहना अनुसारका कार्यमा जोड दिएको अधिकारीले बताउनुभयो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम रिजाल कार्यक्रमको उद्देश्य तथा औचित्यको बरेमा प्रकाश पार्नुभएको थियो । आज पहिलो दिन नगरका ११ वटै वडाका सचिवहरुले वडामा संचालित कार्यहरूको प्रगति प्रस्तुत गर्नुभएको थियो ।
भोलि कार्यक्रममा नगरका शाखा प्रमुखहरुले शाखाबाट सम्पादित कार्यको बारेमा वार्षिक प्रगति प्रस्तुत गर्ने बताइएको छ ।फलेवास नगरपालिका भित्र गत आ.व. २०७६/०७७मा प्रशासन, योजना, प्रधानमन्त्री रोज़गार कार्यक्रम, पूर्वाधार, पूननिर्माण (भूकम्प), कृषि विकास, पशु सेवा, राजश्व तथा शहकारी, शिक्षा, युवा तथा खेलकूद, स्वास्थ्य, महिला बालवालिका तथा जेष्ठ नागरिक, न्यायीक, उद्योम विकास (उद्योग), पंजिकरण, ग्रिन फलेवास किल्न फलेवास अभियान र लेखा शाखा अन्तर्गत भएका कामको प्रगति र समिक्षा गरिने छ ।
नगरप्रमुख पदमपाणी शर्माको अध्यक्षतामा संचालित कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम रिजालको स्वागत मन्तव्य र कार्यक्रमको संचालन योजना व्यवस्थापक देविप्रसाद तिमिल्सिनाले गर्नुभएको थियो ।

छुटाउनुभयो कि?

पर्वतको खौलामा श्रीमतीको घाँटी बाँधेर हत्या

पर्वत,१७ मंसिर- कुश्मा नगरपालिका १३ खौलालाँकुरीका एक व्यक्तिले श्रीमतीको घाँटी बाँधेर हत्या गरेका छन् । गएको कात्तिक १५ गते महिलाको शव शङ्कास्पद अवस्थामा भेटिएपछि...

एसईई नतिजा प्रकाशनमा कोरोना प्रभाव

२२ साउन, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक हुन अझै केही दिन लाग्ने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या...

अमलाचौरका उमनाथ : बुढ्यौलीमा पनि तन्नेरीको जाँगर

बागलुङ-गाउँको माझ जस्ताको छाना हालेको सानो छाप्रो अनि सडक छेवैमा आरन । परम्परागत शैलीमा नै बनाईएको आरन । आगो फुक्नका लागि परम्परागत फलामे मेसिन...

बलेवाका ३ वडा अध्यक्षको टेलिफोन सम्बाद :संक्रमण त्रासले वलेवाका वडाहरुमा थप कडाई गरिने!

बलेवा, १२ भदौ– संक्रमणको त्रास बढ्दै गएपछि बागलुङ नगरपालिकाको बलेवा क्षेत्रका तीन वडाले निषेधाज्ञाको कार्यान्वयनमा थप कडाइ थालेका छन् । छिमेकी स्थानीय तहहरुसँग जोडिएका...

को होला त !भुमी समस्या समाधान आयोग पर्बतको संयोजक ?

पर्वत, ७ भदौ – सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा बितरण गर्न अधिकार सम्पन्न ‘भूमिसम्बन्धी समस्या समाधान आयोग’ गठन गरेको छ ।देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा सात...