#
गृह पृष्ठ राजनीति पर्वतमा नेकपा प्रवेशको लहर : जलजलाको बनौमा जनमुक्ति पार्टीका सवै पदाधिकारी नेकपा...

पर्वतमा नेकपा प्रवेशको लहर : जलजलाको बनौमा जनमुक्ति पार्टीका सवै पदाधिकारी नेकपा प्रवेश

पर्वत ,१७ भदौ-जिल्लाको जलजला गाउँपालिका वडा न ९ बनौमा जनमुक्ति पार्टीका वडा अध्यक्ष नेकपा प्रवेश गरेका छन् । सत्तारुढ दल नेकपामा जनमुक्ति पार्टी वडा अध्यक्ष सोम पुर्जा, उपाध्यक्ष डम्बरबहादुर गर्वुजा, सह सचिव फत्तबहादुर पाइजा लगाएतको समूह नेकपा प्रवेश गरेको हो । नव प्रवेशीहरुलाई एक कार्यक्रमका वीच नेकपा पर्वतका जिल्ला सचिव सुदीप कुँवरले अविर र खादा लगाएर स्वागत गरेका थिए ।

पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै पार्टी सचिव कुँवरले सम्बृद्धिको यात्रामा सवै नेपाली एकढिक्का भएर लाग्नुपर्ने धारणा राखे । कम्युनिष्ट पार्टीको नेतृत्वमा मात्रै देश विकास सम्भव रहेको उनको भनाई थियो ।

कार्यक्रमका नेकपा जलजला गाउँ कमिटिका अध्यक्षदिपक आचार्य, जलजला ९ बनौका वडाअध्यक्ष गौ बहादुर पुन लगाएतले मन्तब्य ब्यक्त गरेका थिए । नव प्रवेशीहरुले नेकपाको नीति, विचार र सिद्धान्तले नै राष्ट्र निर्माणको सपना साकार हुनेभएपछि आफूहरु उक्त पार्टी प्रवेश गरेको बताएका थिए ।

छुटाउनुभयो कि?

पर्वतको खौलामा श्रीमतीको घाँटी बाँधेर हत्या

पर्वत,१७ मंसिर- कुश्मा नगरपालिका १३ खौलालाँकुरीका एक व्यक्तिले श्रीमतीको घाँटी बाँधेर हत्या गरेका छन् । गएको कात्तिक १५ गते महिलाको शव शङ्कास्पद अवस्थामा भेटिएपछि...

एसईई नतिजा प्रकाशनमा कोरोना प्रभाव

२२ साउन, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक हुन अझै केही दिन लाग्ने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या...

अमलाचौरका उमनाथ : बुढ्यौलीमा पनि तन्नेरीको जाँगर

बागलुङ-गाउँको माझ जस्ताको छाना हालेको सानो छाप्रो अनि सडक छेवैमा आरन । परम्परागत शैलीमा नै बनाईएको आरन । आगो फुक्नका लागि परम्परागत फलामे मेसिन...

बलेवाका ३ वडा अध्यक्षको टेलिफोन सम्बाद :संक्रमण त्रासले वलेवाका वडाहरुमा थप कडाई गरिने!

बलेवा, १२ भदौ– संक्रमणको त्रास बढ्दै गएपछि बागलुङ नगरपालिकाको बलेवा क्षेत्रका तीन वडाले निषेधाज्ञाको कार्यान्वयनमा थप कडाइ थालेका छन् । छिमेकी स्थानीय तहहरुसँग जोडिएका...

को होला त !भुमी समस्या समाधान आयोग पर्बतको संयोजक ?

पर्वत, ७ भदौ – सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा बितरण गर्न अधिकार सम्पन्न ‘भूमिसम्बन्धी समस्या समाधान आयोग’ गठन गरेको छ ।देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा सात...