#
गृह पृष्ठ विचित्र संसार यो कस्तो प्रेम ??प्रेमीको शब जलिरहँदा प्रेमिकाको शब मोदिखोलामा बग्दै आएपछि….

यो कस्तो प्रेम ??प्रेमीको शब जलिरहँदा प्रेमिकाको शब मोदिखोलामा बग्दै आएपछि….

पर्वत,१७ भदौ–भदौको महिना , उर्लेको मोदीखोलाको किनारमा सबै शोकमा डुबेका थिए । मोदी गाउँपालिका वडा नं २ र ५ मा पर्ने मोदीखोला पातीखोलाको संगममा एक जना १८ बर्षे लक्का जवानको शबमा आगो दन्किरहेको थिaयो ।
शब जलिरहेका बेला खबर आयो मोदीखोलामा ढुंगामा कसैको शब अल्झिएको छ । शब अल्झिएको सुचना पाएपछि प्रहरीलाई खबर पनि गरियो भने मलामी र छिमेकीहरु पनि खोलामा रहेको शब निकाल्न गए ।
खोलामा भेटिएको शब एक जना १७ बर्षे बालिकाको हो भन्ने थाहा पाएपछि सबैले नयाँ तथ्य फेला पारे । मोदी र पातीखोलाको संगममा जलिरहेको शब र मोदीखोलामा ढुंगाको अक्करमा अल्झेको शब दुई जना प्रेमि प्रेमिकाको हो । जलिररहेको शब पर्वतको मोदी गाउँपालिका वडा नं २ देउपुरका १८ बर्षिय पुष्प चापागाईको थियो भने खोलामा भेटिएको शब इलामको देउमाई नगरपालिका ५ घर भै मोदी गाउँपालिका ६ डिमुवामा बस्दै आएकी दिपिका बस्नेतको थियो ।
प्रहरीका अनुसार चापागाई भदौ १४ गते आइतबार दिउँसो ४ बजे देखि हराएका थिए । खोजी गर्ने क्रममा भदौ १५ गते सोमबार बिहान घर नजिकै जंगलमा झुण्डिएको अबस्थामा फेला परेका थिए । चापागाईको शबको पर्वत अस्पतालमा पोष्टमार्टम गरि दाहसंस्कार गरिएको थियो । दिपीका पनि सोमबार दिउँसो ११ बजे पछि घरबाट हराएको भनेर आफन्तले प्रहरी र खोला किनारमा समेत खोजी थालेका थिए । खोजी गर्ने क्रममा शब जलिरहेको केही माथि मोदीखोलामा उनको पनि शब भेटिएको थियो । पुष्पले आत्महत्या गरेको खबर सुनेर उनले पनि मोदीखोलामा हामफालेको हुन सक्ने अनुमान गरिएको छ । दुबैको घरबाट कुनै सुसाईनोट वा अन्य बस्तु फेला नपरेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख डिएसपी बिश्वराज अधिकारीले बताउनुभयो । दुबै शबको पोष्र्टमाटम गरि आफन्तलाई बुझाएर थप अनुसन्धान अघि बढाइएको डिएसपी अधिकारीले जानकारी दिनुभयो ।
मृत भेटिएका पुष्पले जननेत्र माबिबाट कक्षा १२ को परिक्षा दिने तयारीमा थिए भने बस्नेत भने यस बर्ष एसइइ उर्तिण गरेकी थिइन । बिद्यालयमा पनि उनीहरुको बिचमा प्रेम थियो भन्ने कुरा खासै बाहिर आएको थिएन । साथी भाईले दुबैले आत्महत्या गरे पछि मात्र यसबारेमा मुख खोलेका थिए । शिक्षक भूमिराज शर्माका अनुसार उनीहरु मध्ये छात्रा कक्षामा ४, ५ जना बिद्यार्थी मध्ये पर्थिन भने छात्र पुष्प पनि पढाईमा राम्रै थिए । ‘बिद्यालयमा उनीहरुको बिचको प्रेमका बारेमा खासै कसैलाई जानकारी थिइन।’ उहाँले भन्नुभयो‘प्रेम थियो भने पनि पारिवारीक रुपमा बिबाह गर्नलाई अबरोध गर्ने वातावरण थिएन।’ पुष्पको घरबाट बिबाहका लागि अस्विकार गर्ने वातावरण नभएको उहाँले बताउनुभयो ।
उनीहरुले किन यस्तो अप्रिय निर्णय लिन पुगे भनेर अहिले सबैले आश्चार्य मानेका छन् । सोमबार साँझ मोदीखोला र पातीखोलाको किनारमा देखिएको हृदयबिदारक घटनाले धेरैको मनमा शंका उब्जादिएको छ यस्तो निर्णय नलिएको भए हुन्थ्यो । सबैले भन्दैथिए ‘ संगै जीउने र मर्ने कसम खाएका प्रेमी प्रेमिकाहरुले आवेगमा यस्ता गलत निर्णय गर्दा आफन्त र परिवारमा गहिरो चोट पर्न जान्छ भन्ने सोच्दैनन, गलत बाटो रोज्छन।’ नेपाल समाचारपत्र दैनिकबाट

छुटाउनुभयो कि?

अमलाचौरका उमनाथ : बुढ्यौलीमा पनि तन्नेरीको जाँगर

बागलुङ-गाउँको माझ जस्ताको छाना हालेको सानो छाप्रो अनि सडक छेवैमा आरन । परम्परागत शैलीमा नै बनाईएको आरन । आगो फुक्नका लागि परम्परागत फलामे मेसिन...

एसईई नतिजा प्रकाशनमा कोरोना प्रभाव

२२ साउन, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक हुन अझै केही दिन लाग्ने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या...

पर्वतको खौलामा श्रीमतीको घाँटी बाँधेर हत्या

पर्वत,१७ मंसिर- कुश्मा नगरपालिका १३ खौलालाँकुरीका एक व्यक्तिले श्रीमतीको घाँटी बाँधेर हत्या गरेका छन् । गएको कात्तिक १५ गते महिलाको शव शङ्कास्पद अवस्थामा भेटिएपछि...

बलेवाका ३ वडा अध्यक्षको टेलिफोन सम्बाद :संक्रमण त्रासले वलेवाका वडाहरुमा थप कडाई गरिने!

बलेवा, १२ भदौ– संक्रमणको त्रास बढ्दै गएपछि बागलुङ नगरपालिकाको बलेवा क्षेत्रका तीन वडाले निषेधाज्ञाको कार्यान्वयनमा थप कडाइ थालेका छन् । छिमेकी स्थानीय तहहरुसँग जोडिएका...

को होला त !भुमी समस्या समाधान आयोग पर्बतको संयोजक ?

पर्वत, ७ भदौ – सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा बितरण गर्न अधिकार सम्पन्न ‘भूमिसम्बन्धी समस्या समाधान आयोग’ गठन गरेको छ ।देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा सात...