#
गृह पृष्ठ राजनीति पर्वतको ठानामौलामा काँग्रेसकी उमेदवार सहित १० जना नेकपामा प्रवेश

पर्वतको ठानामौलामा काँग्रेसकी उमेदवार सहित १० जना नेकपामा प्रवेश

पर्वत, १६ भदौ-पर्वतको फलेवास ८ ठानामौलामा नेकपाको टोल भेटघाट आज वाट शूरु भएको छ ।
भेटघाटकोे पहिलो दिनमै स्थानिय निर्वाचनमा नेपाली कांग्रेस वाट उमेदवार रेहेकी शनिसा वि.क लगायत १० जना कार्यकर्ता नेकपामा प्रवेश गरेका छन् ।फलेवास ८ अर्चलेमा आयोजना गरिएको भेलामा वोल्दै नेकपा जिल्ला कमिटी सदस्य मन वहादुर कुवंरले नेकपा ठानामौलाले हरेक वस्तीमा रहेका समस्यहरुको समधानका लागि पहल गरिरहेको र आफुले ठानामौलाको विकासका लागि सक्दो प्रयास गर्ने वताउनु भयो ।

भेलामा नेकपा जिल्ला कमिटी सदस्य कविता वि.क क्षेत्रीय कमिटी पुर्व सदस्य विष्णु रिजाल, नगरकमिटी सदस्य देवी प्रसाद तिमिल्सिना लगाएतले मन्तव्य राख्नुभएको थियो । ठानामौला गाउ कमिटीका सदस्य कुमार विकको अध्यक्षतामा सम्पन्न उक्त टोल भेलाले लाल वहादुर विकको अध्यक्षतामा टोल कमिटी समेत गठन गरको छ ।
एक टोल एक संगठन र भेटघाट कार्यक्रम अन्र्तगत आज ठानामौलाका ३ वटा टोलमा भेटघाट गरि टोल कमिटी गठन भएको र आज वाट शुरु भएको अभियान सवै टोलमा पुगेर संगठन विस्तार गरि अन्त्य हुने नेकपा ठानामौलाका अध्यक्ष केश वहादुर गुरुङले वताउनु भयो । भेटघाटमा देशमा देखिएको कोरोना संक्रमण न्यनिकरणका लागि सचेतना अभियान समेत गरिएको उहाले वताउनु भयो ।यस अघि पर्वतमा नेकपाका वडा कमिटिका सचिब सहित चुवा, कटुवाचौपारी, पाखापानी लगायतका गाबिसमा नेपाली कांग्रेसमा प्रबेश गरेका थिए ।

छुटाउनुभयो कि?

बागलुङको जैमिनी नगरपालिका २९ बर्षिय संक्रमित पुरुषको मृत्यु

बागलुङ ,२१  कात्तिक- बागलुङका २९ बर्षिय कोरोना संक्रमित पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । जिल्लाको जैमिनी नगरपालिका–९ पैञ्युथन्थापका ती पुरुषको पोखरा स्वास्थ्य बिज्ञान...

एसईई नतिजा प्रकाशनमा कोरोना प्रभाव

२२ साउन, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक हुन अझै केही दिन लाग्ने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या...

अमलाचौरका उमनाथ : बुढ्यौलीमा पनि तन्नेरीको जाँगर

बागलुङ-गाउँको माझ जस्ताको छाना हालेको सानो छाप्रो अनि सडक छेवैमा आरन । परम्परागत शैलीमा नै बनाईएको आरन । आगो फुक्नका लागि परम्परागत फलामे मेसिन...

बलेवाका ३ वडा अध्यक्षको टेलिफोन सम्बाद :संक्रमण त्रासले वलेवाका वडाहरुमा थप कडाई गरिने!

बलेवा, १२ भदौ– संक्रमणको त्रास बढ्दै गएपछि बागलुङ नगरपालिकाको बलेवा क्षेत्रका तीन वडाले निषेधाज्ञाको कार्यान्वयनमा थप कडाइ थालेका छन् । छिमेकी स्थानीय तहहरुसँग जोडिएका...

को होला त !भुमी समस्या समाधान आयोग पर्बतको संयोजक ?

पर्वत, ७ भदौ – सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा बितरण गर्न अधिकार सम्पन्न ‘भूमिसम्बन्धी समस्या समाधान आयोग’ गठन गरेको छ ।देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा सात...