#
गृह पृष्ठ राजनीति पकुवामा श्रद्धाञ्जली सभा सम्पन्न,सुवेदीको निधनले पार्टीमा ठुलो क्षति पुगेको मन्त्री -लम्सालको भनाइ

पकुवामा श्रद्धाञ्जली सभा सम्पन्न,सुवेदीको निधनले पार्टीमा ठुलो क्षति पुगेको मन्त्री -लम्सालको भनाइ

पर्वत,९ भदौ-नेपाल कम्युनिष्ट पार्टी पर्वतका नेता स्वर्गिय बाबुराम सुवेदीको निधन भएको छैटौ दिनको पुण्य तिथिको अवसरमा पर्वतको कुश्मा नगरपालिका वडा नं. ११ पकुवामा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ ।नेकपा वडा कमिटिको आयोजनामा सम्पन्न भएको श्रद्धाञ्जली सभामा बोल्दै नेकपा प्रदेश कमिटि सदस्य तथा गण्डकी प्रदेश सरकारका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालले एमालेका पुराना र सक्रिय नेता बाबुराम सुवेदीको निधनले सिंगो पार्टी र शैक्षिक क्षेत्रमा ठुलो क्षति पुगेको बताउनुभयो । बाबुराम सुवेदी जस्ता सक्रिय नेताहरुकै कारण आज नेकपा यो अवस्थामा आईपुगेको बताउँदै मन्त्री लम्सालले उहाँले सिकाएका राजनीतिक पाठ, त्याग र उहाँका सपनाहरु पुरा गर्न आम कार्यकर्ताहरु लाग्नुपर्ने बताउनुभयो । उहाँले यो शोकलाई शक्तिमा बदलेर दैनिक काममा लाग्न परिवारजनलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा स्वर्गिय बाबुराम सुवेदीका समकक्षी कालीदास शर्मा, जेष्ठ कम्युनिष्ट मञ्चका पूर्व केन्द्रीय सदस्य तोयानाथ चालिसे, लगायतले उहाँको राजनैतिक योगदानको चर्चा परिचर्चा गर्नुभएको थियो । नेकपा वडा कमिटिका अध्यक्ष राजेन्द्र पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन वडा अध्यक्ष शिवप्रसाद पौडेलले गर्नुभएको थियो । कार्यक्रममा फलेवास नगरपालिकाका उपप्रमुख मञ्जु अधिकारी, जनप्रतिनिधि, नेकपाका कार्यकर्ता तथा अन्य शुभेच्छुकहरुको सक्रियता रहेको थियो ।

छुटाउनुभयो कि?

बागलुङको जैमिनी नगरपालिका २९ बर्षिय संक्रमित पुरुषको मृत्यु

बागलुङ ,२१  कात्तिक- बागलुङका २९ बर्षिय कोरोना संक्रमित पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । जिल्लाको जैमिनी नगरपालिका–९ पैञ्युथन्थापका ती पुरुषको पोखरा स्वास्थ्य बिज्ञान...

एसईई नतिजा प्रकाशनमा कोरोना प्रभाव

२२ साउन, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक हुन अझै केही दिन लाग्ने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या...

अमलाचौरका उमनाथ : बुढ्यौलीमा पनि तन्नेरीको जाँगर

बागलुङ-गाउँको माझ जस्ताको छाना हालेको सानो छाप्रो अनि सडक छेवैमा आरन । परम्परागत शैलीमा नै बनाईएको आरन । आगो फुक्नका लागि परम्परागत फलामे मेसिन...

बलेवाका ३ वडा अध्यक्षको टेलिफोन सम्बाद :संक्रमण त्रासले वलेवाका वडाहरुमा थप कडाई गरिने!

बलेवा, १२ भदौ– संक्रमणको त्रास बढ्दै गएपछि बागलुङ नगरपालिकाको बलेवा क्षेत्रका तीन वडाले निषेधाज्ञाको कार्यान्वयनमा थप कडाइ थालेका छन् । छिमेकी स्थानीय तहहरुसँग जोडिएका...

को होला त !भुमी समस्या समाधान आयोग पर्बतको संयोजक ?

पर्वत, ७ भदौ – सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा बितरण गर्न अधिकार सम्पन्न ‘भूमिसम्बन्धी समस्या समाधान आयोग’ गठन गरेको छ ।देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा सात...