#
गृह पृष्ठ मनोरन्जन पौवाः चित्रकार प्रेममान रहेनन :७८ वर्षको उमेरमा आइतबार निधन

पौवाः चित्रकार प्रेममान रहेनन :७८ वर्षको उमेरमा आइतबार निधन

काठमाडौं,१ भदौ –वरिष्ठ परम्परागत चित्रकार प्रेममान चित्रकारको ७८ वर्षका उमेरमा आइतबार निधन भएको छ । उहाँ पौवाः चित्रकारका रुपमा प्रख्यात हुनुहुन्थ्यो ।नेशनल हस्पिटल कलङ्कीमा उपचारका क्रममा उहाँको आइतबार अपरान्ह १ः३० बजे निधन भएको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्यले जानकारी दिनुभयो ।

उच्चकोटिको पौभाः लेखनमा सिद्धहस्त चित्रकार नेपाल भाषाका गीतकार पनि हुनुहुन्थ्यो । उहाँका श्रीमती, तीन छोरी र एक छोरा हुनुहुन्छ । उहाँको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

यसैबीच प्रतिष्ठानले शोक वक्तव्य जारी गरी उहाँका निधनले स्तब्ध भएको जनाएको छ । दिवङ्गत आत्माको चीरशान्तिको कामना गर्दै प्रतिष्ठानले उहाँप्रति श्रद्घाञ्जली अर्पण गरेको छ ।वक्तव्यमा यस दुःखद् घडीमा शोकसन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति प्रदान गरुन् भनी समवेदना प्रकट गरिएको छ ।उहाँको परम्परागत चित्रकलामा महत्वपूर्ण योगदान रहेको र उहाँले धेरै कलाकार उत्पादन गरेको कुलपति कर्माचार्यले जानकारी दिनुभयो ।

छुटाउनुभयो कि?

पर्वतको खौलामा श्रीमतीको घाँटी बाँधेर हत्या

पर्वत,१७ मंसिर- कुश्मा नगरपालिका १३ खौलालाँकुरीका एक व्यक्तिले श्रीमतीको घाँटी बाँधेर हत्या गरेका छन् । गएको कात्तिक १५ गते महिलाको शव शङ्कास्पद अवस्थामा भेटिएपछि...

एसईई नतिजा प्रकाशनमा कोरोना प्रभाव

२२ साउन, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक हुन अझै केही दिन लाग्ने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या...

बलेवाका ३ वडा अध्यक्षको टेलिफोन सम्बाद :संक्रमण त्रासले वलेवाका वडाहरुमा थप कडाई गरिने!

बलेवा, १२ भदौ– संक्रमणको त्रास बढ्दै गएपछि बागलुङ नगरपालिकाको बलेवा क्षेत्रका तीन वडाले निषेधाज्ञाको कार्यान्वयनमा थप कडाइ थालेका छन् । छिमेकी स्थानीय तहहरुसँग जोडिएका...

अमलाचौरका उमनाथ : बुढ्यौलीमा पनि तन्नेरीको जाँगर

बागलुङ-गाउँको माझ जस्ताको छाना हालेको सानो छाप्रो अनि सडक छेवैमा आरन । परम्परागत शैलीमा नै बनाईएको आरन । आगो फुक्नका लागि परम्परागत फलामे मेसिन...

को होला त !भुमी समस्या समाधान आयोग पर्बतको संयोजक ?

पर्वत, ७ भदौ – सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा बितरण गर्न अधिकार सम्पन्न ‘भूमिसम्बन्धी समस्या समाधान आयोग’ गठन गरेको छ ।देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा सात...