#
गृह पृष्ठ समाचार ‘तरकारी, फलफुल किन्दा र बेच्दा ख्याल गरौँ’ सरुवा रोग अस्पताल टेकुका निर्देशक...

‘तरकारी, फलफुल किन्दा र बेच्दा ख्याल गरौँ’ सरुवा रोग अस्पताल टेकुका निर्देशक डाक्टर सागर राजभण्डारीको यस्तो छ सुझाव:

काठमाडौं,१ भदौं – लकडाउन खुकुलो भएपछि कोरोनाको जोखिम झन् बढ्दै गएको छ । अबका दिन, हरेक मानिसले जुनसुकै क्षेत्रमा पनि सावधानी र सजगता अपनाउनुपर्ने देखिन्छ ।अति आवश्यक काम नपरी घरबाट बाहिर निस्कनु हुँदैन । बाहिर निस्कनै परेमा मास्क लगाउने, भौतिक दूरीको ख्याल गर्ने, बेलाबेला साबुनपानीले हात धुने या स्यानिटाइजर लगाउने गर्नुपर्छ । तरकारी र फलफुल बजारमा पनि कोरोना सङ्क्रमित भेटिन थालेकाले व्यापारी र ग्राहक दुवै सचेत हुनुपर्छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डाक्टर सागर राजभण्डारीको सुझाव यस्तो छ :

१) भौतिक दूरी कायम गर्ने : तरकारी तथा फलफुल किन्न जाँदा, आउँदा जुनसुकै बेला भौतिक दूरी ख्याल गर्नुपर्छ । किन्ने ठाउँमा पनि भिडभाड गर्नु हुँदैन । तरकारी तथा फलफुल व्यापारीले डोरी टाँगेर वा घेरा लगाएर पनि दूरी कायम गर्नका लागि सहयोग गर्न सक्छन् ।

२) किन्ने र बेच्ने दुवैले  मास्क तथा पञ्जाको प्रयोग गर्ने

३) परिवारका एक जना मात्र किन्न जाने । मुटुका रोगी, दम, श्वासप्रश्वासको समस्या, मधुमेह, दीर्घरोगी र वृद्धवृद्धालाई सामान किन्न वा बेच्न नपठाउने । किन्न गएको ठाउँमा पनि कसैलाई यस्तो समस्या देखेमा नजिक नजाने।

४) मानिसको भिड कम भएको ठाउँमा किन्ने ।

५) पैसा लिँदा र दिँदा विचार पुर्याउने । पैसा लिएपछि र दिएपछि हातमा स्यानिटाइजर लगाउने ।

६) अनुहार, आँखा र नाकमा जथाभाबी हातले नछुने ।

७) राम्रोसँग प्याकेजिङ गर्ने ।

८) खोक्दा र हाच्छ्यूँ गर्दा रुमाल तथा टिस्यु पेपरले मुख छोप्ने, नभए कुहिनाले छोप्ने  ।

९) जुनसुकै तरकारी तथा फलफुल किनेर लगिसकेपछि राम्रोसँग पखालेर मात्रै खाने ।

छुटाउनुभयो कि?

पर्वतको खौलामा श्रीमतीको घाँटी बाँधेर हत्या

पर्वत,१७ मंसिर- कुश्मा नगरपालिका १३ खौलालाँकुरीका एक व्यक्तिले श्रीमतीको घाँटी बाँधेर हत्या गरेका छन् । गएको कात्तिक १५ गते महिलाको शव शङ्कास्पद अवस्थामा भेटिएपछि...

एसईई नतिजा प्रकाशनमा कोरोना प्रभाव

२२ साउन, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक हुन अझै केही दिन लाग्ने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या...

बलेवाका ३ वडा अध्यक्षको टेलिफोन सम्बाद :संक्रमण त्रासले वलेवाका वडाहरुमा थप कडाई गरिने!

बलेवा, १२ भदौ– संक्रमणको त्रास बढ्दै गएपछि बागलुङ नगरपालिकाको बलेवा क्षेत्रका तीन वडाले निषेधाज्ञाको कार्यान्वयनमा थप कडाइ थालेका छन् । छिमेकी स्थानीय तहहरुसँग जोडिएका...

अमलाचौरका उमनाथ : बुढ्यौलीमा पनि तन्नेरीको जाँगर

बागलुङ-गाउँको माझ जस्ताको छाना हालेको सानो छाप्रो अनि सडक छेवैमा आरन । परम्परागत शैलीमा नै बनाईएको आरन । आगो फुक्नका लागि परम्परागत फलामे मेसिन...

को होला त !भुमी समस्या समाधान आयोग पर्बतको संयोजक ?

पर्वत, ७ भदौ – सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा बितरण गर्न अधिकार सम्पन्न ‘भूमिसम्बन्धी समस्या समाधान आयोग’ गठन गरेको छ ।देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा सात...