#
गृह पृष्ठ समाचार बागलुङमा जनप्रतिनिधिमा कोरोना संक्रमण पुष्टि-

बागलुङमा जनप्रतिनिधिमा कोरोना संक्रमण पुष्टि-

बागलुङ, ३१ साउन– बागलुङमा पहिलोपटक जनप्रतिनिधिमा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार क्षयरोग उपचार केन्द्रको प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा जिल्ला एक उच्च पदस्थ जनप्रतिनिधि र एक जना वडा तहका जनप्रतिनिधिमा कोरोना संक्रमण पुष्टि भएको हो । ५४ वर्षिय र ३८ वर्षिया दुवैजना पुरुष जनप्रतिनिधि हुन् । उनीहरु दुवै जनालाई आईसोलेसन लैजाने तयारी भैरहेको छ ।

‘उहाँहरु खुल्न चाहनुहुन्छ हुँदैन अहिलेनै सबै नबताउँ’ एक स्वास्थ्यकर्मीले भने ‘जनप्रतिनिधि भएको कुरा प्रष्ट हो ।’ बागलुङमा रहेका ५४ बर्षिया पुरुष कोरोना संक्रमितको सम्पर्कमा रहेको भन्दै कन्ट्रयाक ट्रेसिङमा परेका थिए भने वडिगाडका जनप्रतिनिधि क्वारेन्टाइन व्यवस्थापनमा खटेको भन्दै जाँच गरिएको थियो । चितव पुगेर फर्किएका ५४ बर्षिया पुरुषको सम्पर्कमा रहेका चितवका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि उनि केही दिन यता होम क्वारेन्टाईनमा थिए । उनीहरुमा कोरोना संक्रमण पुष्टि भएपछि स्रोत खोज्न थालिएको छ । कन्ट्रयाक ट्रेसिङको काम आजै थालिने स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ । सदरमुकाममा रहेका जनप्रतिनिधि र वडिगाडका जनप्रतिनिधिमा संक्रमण पुष्टि भएपछि समुदायमा कोरोना पुगेको आँकलन गर्न थालिएको छ ।

छुटाउनुभयो कि?

पर्वतको खौलामा श्रीमतीको घाँटी बाँधेर हत्या

पर्वत,१७ मंसिर- कुश्मा नगरपालिका १३ खौलालाँकुरीका एक व्यक्तिले श्रीमतीको घाँटी बाँधेर हत्या गरेका छन् । गएको कात्तिक १५ गते महिलाको शव शङ्कास्पद अवस्थामा भेटिएपछि...

एसईई नतिजा प्रकाशनमा कोरोना प्रभाव

२२ साउन, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक हुन अझै केही दिन लाग्ने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या...

अमलाचौरका उमनाथ : बुढ्यौलीमा पनि तन्नेरीको जाँगर

बागलुङ-गाउँको माझ जस्ताको छाना हालेको सानो छाप्रो अनि सडक छेवैमा आरन । परम्परागत शैलीमा नै बनाईएको आरन । आगो फुक्नका लागि परम्परागत फलामे मेसिन...

बलेवाका ३ वडा अध्यक्षको टेलिफोन सम्बाद :संक्रमण त्रासले वलेवाका वडाहरुमा थप कडाई गरिने!

बलेवा, १२ भदौ– संक्रमणको त्रास बढ्दै गएपछि बागलुङ नगरपालिकाको बलेवा क्षेत्रका तीन वडाले निषेधाज्ञाको कार्यान्वयनमा थप कडाइ थालेका छन् । छिमेकी स्थानीय तहहरुसँग जोडिएका...

को होला त !भुमी समस्या समाधान आयोग पर्बतको संयोजक ?

पर्वत, ७ भदौ – सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा बितरण गर्न अधिकार सम्पन्न ‘भूमिसम्बन्धी समस्या समाधान आयोग’ गठन गरेको छ ।देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा सात...