पर्वत ,३१ साउन – १. हालको कोभिड १९ को संक्रमण राजधानी लगायत धेरै जिल्लाहरुमा ब्यापक रुपमा फैलिदै गएको अवस्था रहेको । कोभिड १९ बाट मृत्यु हुनेको संख्या पनि बढिरहेको । छिमेकी भारतमा संक्रमणको दर विश्वकै तुलनामा उच्च देखिएको । भारतबाट पर्वतमा आउनेको संख्या हालका दिनहरुमा वढिरहेको । यो समग्र अवस्थालाई हामी सबै जिल्लावासीले गम्भीर रुपमा लिन जरुरी देखिएको । यस्तो अवस्थालाई गम्भीर रुपमा लिइ नेपाल
सरकारले शैक्षिक संस्थाहरु (विधालय कलेज ट्युशन सेन्टर तालिम केन्द्र) लगायतका वढि भेला जम्मा हुने कार्य सञ्चालन गर्न निषेधै गर्ने र यसको उल्लघन गर्नेलाई कानुनवमोजिक कारवाही गर्ने निर्णय गरेको छ । यस्तो गम्भीर विषयलाई हल्का रुपमा लिइ यस जिल्लाका केहि शैक्षिक संस्थाहरुले पठन पाठन कार्य गरेको भन्ने मौखिक गुनासाहरु दिनदिनै आउन थालेकाले यस सम्बन्धमा आ आफ्नो पालिका भित्रका शैक्षिक संस्थाहरुको अनुगमन गरी शिक्षण कार्य तत्काल रोक्न सबै पालिकालाई लेखि पठाउने र यसमा सबै विधालय ब्यवस्थापन समितिका अध्यक्ष शिक्षक तथा अभिभावकलाई पनि यसको पूर्ण पालना गर्न गराउन र जिम्मेवार हुन अनुरोध गर्ने निर्णय गरियो ।
२. हाल नेपाल सरकारले कामादारहरु ल्याउन रोक लगाएकोले आ आफ्नो पालिकामा कामदार ल्याउन नदिने र सो अनुगमन गर्न ब्यवस्थाका लागि सबै पालिकालाई अनुरोध गर्ने ।
३. हरितालिका दशै लगायतका चाडपर्वहरु नजिकै आइ रहेको सन्दर्भमा स्वास्थ्य सम्बन्धी मापदण्डको पूर्ण पालना गरी आफ्नो परिवारका सदस्यहरुकाविच मात्र चाडपर्व मनाउन नेपाल सरकारको निर्णय भएकोले सोही अनुसार गर्न सबैलाई अनुरोध गर्ने र यसको कार्यन्वयलाई प्रभावकारी बनाउन सबै पालिकालाई अनुरोध गर्ने निर्णय गरियो ।
४. कुनै पनि बैठक समीक्षा गोष्ठी सेमिनार छलफलपुल हाउस मसाज सेन्टर शैलुन ब्युटी पार्लर स्पा जीम खाना समूहमा खेलिने खेलकुद कभर्ड हल जासत भेला जम्मा हुने कार्य हुन गर्न नदिने र धार्मीक स्थलमा नित्य पूजावाहेक अन्य गतिविधि हुन गर्न नदिन ब्यवस्था मिलाउन सबै पालिकाहरु समेतलाई अनुरोध गर्ने र नेपाल प्रहरीले गस्ति गरी आवश्यक कारवही गर्ने निर्णय गरियो ।
५. परिसरभित्रै कामदारहरुलाई स्वस्थ्य सम्बन्धी मापदण्ड पुरा गरी खाने वस्ने र आवश्यकतानुसार क्वारेन्टिन एव आइशोलेसनको ब्यवस्था सम्बन्धित उधोग कलकारखाना सार्वजनिक तथा निजी निर्माण ब्यवसायीले गर्ने र सोको अनुगमन सम्बन्धित पालिकाले गर्न अनुरोध गर्ने निर्णय गरियो ।
६. उधोग बाणिज्य तथा आपूर्ति क्षेत्रले अपनाउनु पर्ने सुरक्षा मापदण्ड (एचयतयअय)ि सम्बन्धमा बैठकमा जानकारी एव छलफल गरी उक्त मापदण्डको कार्यान्वयन गर्ने गराउने सम्बन्धमा देहायको कार्य गर्ने गराउने निर्णय गरियो ।











































