काठमाण्डौ, २८ साउन– नेपाली बजारमा सुनको मुल्य घट्ने क्रमले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला छ हजार २०० ले घटेको छ । छापावाला सुनको मूल्य प्रतितोला रु ९५ हजार ४०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ९४ हजार ९०० पुगेको छ । यस्तै चाँदीको मूल्यमा पनि गिरावट आएको छ । चाँदीको मूल्य पनि प्रतितोला रु २२५ ले घटेको छ । आजका लागि चाँदीको मूल्य प्रतितोला रु एक हजार २१० निर्धारण गरिएको छ ।
मङ्गलबार छापावाला सुनको मूल्य प्रतितोला एक लाख एक हजार ६०० र तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख एक हजार पुगेको थियो । विश्व बजारमा मुल्य घटेकाले नेपालमा पनि सुनको मुल्यमा भारी गिरावट आएको हो ।
सुनको मुल्य घट्दा हालसम्मकै नयाँ रेकर्ड











































