#
गृह पृष्ठ Uncategorized कुश्मा पूर्ण खोप सुनिश्चित तथा दिगोपना नगर घोषणा

कुश्मा पूर्ण खोप सुनिश्चित तथा दिगोपना नगर घोषणा

पर्वत- पर्वतको कुश्मा नगरपालिकालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना नगर घोषणा गरिएको छ । बिहीबार आयोजित एक कार्यक्रमका बीच नगरपालिकालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना नगर घोषणा गरिएको हो । नगर स्वास्थ्य शाखाका अनुसार जन्मेदेखि ५९ महिनाभित्रका १ हजार ४ सय ७ जना बालबालिकालाई राष्ट्रिय खोप तालिका अनुसार सबै खोप लगाइएको सुनिश्चित भएपछि नगरलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो ।
कार्यक्रममा नगरप्रमुख रामचन्द्र जोशीले पूर्ण खोप सुनिश्चिततासम्बन्धी प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्दै नगरभित्रका बालबालिकालाई विभिन्न रोगबाट सुरक्षित राख्न खोपको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । उहाँले घोषणा मात्र गरेर नपुग्ने भन्दै आगामी दिनमा जन्मिने सबै बालबालिकाले समयमै खोप पाउने वातावरण बनाउन अभिभावक तथा सरोकारवालालाई सचेत रहन आग्रह गर्नुभयो । नेपालको संविधानले आधारभूत स्वास्थ्य सेवालाई नागरिकको मौलिक अधिकारका रूपमा सुनिश्चित गरेको उल्लेख गर्दै नगरप्रमुख जोशीले लक्षित वर्गका सबै बालबालिकालाई खोपको पहुँचमा ल्याउनुपर्ने आवश्यकता औंल्याउनुभयो ।
उपप्रमुख स्वस्थानी रिजालले खोप जीवनरक्षाका लागि अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले कोभिड–१९ जस्ता महामारी नियन्त्रणमा खोपले खेलेको भूमिकाको चर्चा गर्दै बालबालिकालाई लगाइने नियमित खोपले समेत विभिन्न रोगबाट सुरक्षा प्रदान गर्ने बताउनुभयो । खोप सुनिश्चितताका लागि स्वास्थ्यकर्मीहरूको योगदान प्रशंसनीय रहेको उहाँको भनाइ थियो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत किरण पौडेल, सामाजिक विकास समितिका संयोजक ईश्वर गिरी तथा नगरपालिकाका प्रवक्ता एवम् वडा नम्बर २ का वडा अध्यक्ष लालकृष्ण बाँस्तोलाले बालबालिकाको खोप पाउने अधिकार सुनिश्चित गर्न सबै पक्ष जिम्मेवार हुनुपर्ने धारणा राख्नुभयो । उहाँहरूले खोपबाट वञ्चित हुन सक्ने बालबालिकालाई खोजी गरी नियमित खोप कार्यक्रममा सहभागी गराउन आग्रह गर्नुभयो । सो अवसरमा पूर्ण खोप सुनिश्चितता अभियानमा योगदान पु¥याउने स्वास्थ्यकर्मी, वडा खोप समन्वय समितिका अध्यक्ष तथा सरोकारवालाहरूलाई सम्मान गरिएको थियो ।
कुश्मा नगरपालिकाका १४ वटै वडामा रहेका ३६ खोप केन्द्र र ३८ खोप सेसनमार्फत प्रत्येक महिना नियमित खोप सेवा सञ्चालन हुँदै आएको नगर स्वास्थ्य शाखा प्रमुख यामप्रसाद शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार खोप सेवाको प्रभावकारी कार्यान्वयनका कारण नगरलाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना नगर घोषणा गर्न सफल भएको हो । नगर प्रमुख रामचन्द्र जोशीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन स्वास्थ्य शाखा प्रमुख यामप्रसाद शर्माले गर्नुभएको थियो ।

छुटाउनुभयो कि?

बागलुङको जैमिनी नगरपालिका २९ बर्षिय संक्रमित पुरुषको मृत्यु

बागलुङ ,२१  कात्तिक- बागलुङका २९ बर्षिय कोरोना संक्रमित पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । जिल्लाको जैमिनी नगरपालिका–९ पैञ्युथन्थापका ती पुरुषको पोखरा स्वास्थ्य बिज्ञान...

एसईई नतिजा प्रकाशनमा कोरोना प्रभाव

२२ साउन, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक हुन अझै केही दिन लाग्ने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या...

अमलाचौरका उमनाथ : बुढ्यौलीमा पनि तन्नेरीको जाँगर

बागलुङ-गाउँको माझ जस्ताको छाना हालेको सानो छाप्रो अनि सडक छेवैमा आरन । परम्परागत शैलीमा नै बनाईएको आरन । आगो फुक्नका लागि परम्परागत फलामे मेसिन...

बलेवाका ३ वडा अध्यक्षको टेलिफोन सम्बाद :संक्रमण त्रासले वलेवाका वडाहरुमा थप कडाई गरिने!

बलेवा, १२ भदौ– संक्रमणको त्रास बढ्दै गएपछि बागलुङ नगरपालिकाको बलेवा क्षेत्रका तीन वडाले निषेधाज्ञाको कार्यान्वयनमा थप कडाइ थालेका छन् । छिमेकी स्थानीय तहहरुसँग जोडिएका...

को होला त !भुमी समस्या समाधान आयोग पर्बतको संयोजक ?

पर्वत, ७ भदौ – सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा बितरण गर्न अधिकार सम्पन्न ‘भूमिसम्बन्धी समस्या समाधान आयोग’ गठन गरेको छ ।देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा सात...