#
गृह पृष्ठ जीवनशैली पत्रकारका लागि स्वस्थ्य जीवनशैलीबारे अभिमुखीकरण

पत्रकारका लागि स्वस्थ्य जीवनशैलीबारे अभिमुखीकरण

बागलुङ/गण्डकी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयको आयोजनामा बागलुङमा क्रियाशिल संचारकर्मीका लागि स्वास्थ्य प्रवद्र्दन सम्बन्धी सञ्चार तथा पैरवी र स्वास्थ्य प्रवद्र्दन कार्यक्रम तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । बुधबार भएको कार्यक्रममा जिल्लाका क्रियाशिल पत्रकारका लागि आरोग्यताका लागि विभिन्न जानकारी दिइयो ।
कार्यक्रममा गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयका डा. रमेश कुमार केसीले स्वस्थ्य जीवनका लागि तनाव व्यवस्थापन, जनस्वास्थ्य र स्वस्थ्य रहने शुत्रबारे जानकार गराए । पत्रकारका लागि योगध्यानबारे सिकाए र प्रयोग समेत गराएका थिए । मानव मस्तिस्कले गर्ने काम र सकारात्मक उर्जा र नकारात्मक असरबारे उनले प्रष्ट्याए ।
कार्यक्रममा बुर्तिवाङ अस्पतालका डा. अभिनाष पोखरेलले दादुरा रोगको प्रकोप, व्वस्थापनबारे जानकारी गराए । साथै, महामारी र प्रकोपजन्य रोगको बेला सञ्चार क्षेत्रले खेल्नुपर्ने भूमिकाबारे जानकारी गराएका थिए । उनले गत फागुनमा ढोरपाटनमा दादुरा फैलिएको बेला सचेतना पुर्ण काम गरेर नियन्त्रणमा लिन सकेको उदाहरण प्रस्तुत गरे ।
कार्यक्रममा अर्का डा. अभिषेक बगालेले मानव जीवनमा आहार, बिहार, आचरण र विचारले स्वस्थ्य रहन सकिने बताए । उनले त्यसका लागि ओरिजिन, रिजनल र सिजनल खाना खान सुझाव पनि दिए । वातावरणको कारणले मानिसमा २० प्रतिशत मात्रै रोग लाग्ने, आनुवंशिकबाट २० प्रतिशत र स्वास्थ्य प्रणालीले १० प्रतिशत मात्रै रोग लाग्ने भन्दै जीवन शैली र खानपानका कारण नै ५० प्रतिशत रोग लाग्ने भएकोले आहार–विहारमा ख्याल गर्न पनि सुझाव दिए ।
अस्पताल नभएर मर्नेभन्दा जीवनशैली बदल्न नसक्दा धेरै मानिस मर्ने गरेको तथ्यांक दिए । उनले बिहान सबेरै उठ्ने र बेलुकी छिटो सुत्ने जस्ता आचरण गर्न पनि सुझाए । वैज्ञानिक कारण अनुसार उपबास बस्ने विषय समेत रहेको कार्यक्रममा जनाइएको थियो । कार्यक्रममा पत्रकार महासंघ बागलुङका उपाध्यक्ष सुवास आचार्यले स्वस्थ्य जीवनका लागि भएका प्रयास र पत्रकारले पनि ती प्रयास अपनाउनुपर्ने बताए । साथै मन्त्रालय, प्रदेश जनस्वास्थ्य कार्यालय र आर्युवेद अस्पताल बागलुङले गरेको प्रयासलाई धन्यवाद दिएका थिए ।

छुटाउनुभयो कि?

पर्वतको खौलामा श्रीमतीको घाँटी बाँधेर हत्या

पर्वत,१७ मंसिर- कुश्मा नगरपालिका १३ खौलालाँकुरीका एक व्यक्तिले श्रीमतीको घाँटी बाँधेर हत्या गरेका छन् । गएको कात्तिक १५ गते महिलाको शव शङ्कास्पद अवस्थामा भेटिएपछि...

एसईई नतिजा प्रकाशनमा कोरोना प्रभाव

२२ साउन, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक हुन अझै केही दिन लाग्ने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या...

अमलाचौरका उमनाथ : बुढ्यौलीमा पनि तन्नेरीको जाँगर

बागलुङ-गाउँको माझ जस्ताको छाना हालेको सानो छाप्रो अनि सडक छेवैमा आरन । परम्परागत शैलीमा नै बनाईएको आरन । आगो फुक्नका लागि परम्परागत फलामे मेसिन...

बलेवाका ३ वडा अध्यक्षको टेलिफोन सम्बाद :संक्रमण त्रासले वलेवाका वडाहरुमा थप कडाई गरिने!

बलेवा, १२ भदौ– संक्रमणको त्रास बढ्दै गएपछि बागलुङ नगरपालिकाको बलेवा क्षेत्रका तीन वडाले निषेधाज्ञाको कार्यान्वयनमा थप कडाइ थालेका छन् । छिमेकी स्थानीय तहहरुसँग जोडिएका...

को होला त !भुमी समस्या समाधान आयोग पर्बतको संयोजक ?

पर्वत, ७ भदौ – सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा बितरण गर्न अधिकार सम्पन्न ‘भूमिसम्बन्धी समस्या समाधान आयोग’ गठन गरेको छ ।देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा सात...