#
गृह पृष्ठ समाचार बागलुङमा डेंगी खोजौं र नष्ट गरौंको साझा अभियान

बागलुङमा डेंगी खोजौं र नष्ट गरौंको साझा अभियान

बागलुङ/बेसिजनको डेंगी संक्रमण बढेको भन्दै सोमबारबाट खोज र नष्ट गर अभियान संचालनमा ल्याइएको छ । साथै नागरिकमा सचेतना फैलाउने गरी सरोकारवाला जागेका छन् ।

सोमबार बागलुङ नगरपालिका वडा नंं २ बाट अभियान थालिएको छ । नगरपालिका, प्रशासन र सुरक्षा निकायसँगै स्वास्थ्यकर्मी समेतले खोजेर नष्ट गर्ने, नागरिकलाई सचेत बनाएर घरघरको फोहोर सफाइ गर्ने, पानी जन्म नदिने काम थालिएको बागलुङ नगरपालिका स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनालले बताए ।

सोमबार बिहान बानपा २ वडा कार्यालयबाट शुरु भएको अभियानलाई विभिन्न समूमा बिभाजन गरेर घरघरमा पुग्ने वातावरण बनाइएको छ । त्यसमा प्रहरी समेत सहभागि छन् । मौषम सकिनै लाग्दा बागलुङमा डेंगी संक्रमण बढेकोले आइतवार सरोकारवालाको बैठकले नियन्त्रण अभियान संचालन गर्ने निर्णय गरेको थियो । यो अभियानलाइ सबै पालिकासम्म लैजाने तयारी भएको प्रदेश जनस्वास्थ्य कार्यालयका प्रमुख घनश्याम सापकोटाले बताए ।

सापकोटाका अनुसार जिल्लाभर २ सय ५७ डेंगीका रोगी रहेका छन् । सदरमुकाम स्थित बागलुङ नगरमा मात्रै १ सय ३६ संक्रमित भेटिएको उनले बताए । छिमेकी काठेखोलामा समेत दुइ दर्जनबढी संक्रमित भेटिएकोले ग्रामीण बस्तीमा पनि डेंगीको प्रकोप बढीरहेको प्रष्ट भएको उनले जानकारी दिए । आम नागरिकलाई स्वास्थ्य शिक्षा दिनकालागि प्रचार सामाग्री बनाएर रेडियो, टेलिभिजन र अनलाइनबाट प्रशारण गर्ने, बिद्यालय तहमा स्वास्थ्य शिक्षाको कक्षा संचालन गर्ने काम पनि शुरु भएको सापकोटाले बताए । त्यो अभियानकालािग फेयरमेड फाउण्डेसन र सम्बोधन परियोजनाले सामाग्री उत्पादन र बितरणमा आर्थिक सहयोग समेत गरेको छ ।

हाल संक्रमित मध्ये २० प्रतिशत मात्र उपचारको दायरामा आएकोले घरमा बसेका र उपचारमा नआएका बिरामीबाट संक्रमण जटिल बन्ने अबस्था आउने भएकोले सबैलाई उपचारमा ल्याउन पनि पहल भएको प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले बताए । अत्याधिक ज्वरो आएमा, जोनी र मांसपेशी दुखेमा, शरिरमा डावर वा बिबिरा आएमा डेंगी परीक्षण गर्न पनि सुझाइएको छ ।

छुटाउनुभयो कि?

पर्वतको खौलामा श्रीमतीको घाँटी बाँधेर हत्या

पर्वत,१७ मंसिर- कुश्मा नगरपालिका १३ खौलालाँकुरीका एक व्यक्तिले श्रीमतीको घाँटी बाँधेर हत्या गरेका छन् । गएको कात्तिक १५ गते महिलाको शव शङ्कास्पद अवस्थामा भेटिएपछि...

एसईई नतिजा प्रकाशनमा कोरोना प्रभाव

२२ साउन, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक हुन अझै केही दिन लाग्ने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या...

बलेवाका ३ वडा अध्यक्षको टेलिफोन सम्बाद :संक्रमण त्रासले वलेवाका वडाहरुमा थप कडाई गरिने!

बलेवा, १२ भदौ– संक्रमणको त्रास बढ्दै गएपछि बागलुङ नगरपालिकाको बलेवा क्षेत्रका तीन वडाले निषेधाज्ञाको कार्यान्वयनमा थप कडाइ थालेका छन् । छिमेकी स्थानीय तहहरुसँग जोडिएका...

अमलाचौरका उमनाथ : बुढ्यौलीमा पनि तन्नेरीको जाँगर

बागलुङ-गाउँको माझ जस्ताको छाना हालेको सानो छाप्रो अनि सडक छेवैमा आरन । परम्परागत शैलीमा नै बनाईएको आरन । आगो फुक्नका लागि परम्परागत फलामे मेसिन...

को होला त !भुमी समस्या समाधान आयोग पर्बतको संयोजक ?

पर्वत, ७ भदौ – सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा बितरण गर्न अधिकार सम्पन्न ‘भूमिसम्बन्धी समस्या समाधान आयोग’ गठन गरेको छ ।देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा सात...