#
गृह पृष्ठ मेलापत फलेवास देविस्थानमा भाद्र ६–७ गते दोश्रो बृहत् तीज मेला हुने

फलेवास देविस्थानमा भाद्र ६–७ गते दोश्रो बृहत् तीज मेला हुने

पर्वत –पर्वत जिल्लाको फलेवास नगरपालिका–६, देविस्थानस्थित देवी मन्दिर परिसरमा आगामी भाद्र ६ र ७ गते “दोस्रो बृहत् तीज मेला–२०८२” भव्य रुपमा आयोजना हुने भएको छ। नव प्रतिमा महिला विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा हुने यस मेलामा सांगीतिक प्रस्तुति, प्रतियोगिता तथा सम्मान कार्यक्रम रहनेछन्। मेलामा लोकप्रिय कलाकारहरू सरोज साजन श्रेष्ठ, कृष्ण अखेली, ममता तामाङ, सुदिप क्षेत्री, कमला गैरे, शिव पौडेल, सुरजकुमार श्रेष्ठ, प्रमोद भुसाल र कृष्ण कँडेललगायतले प्रस्तुति दिनेछन्। साथै तीज गीत प्रतियोगिता, महिलाबीच रस्साकस्सी तथा छेलो हान्ने प्रतियोगिता, विद्यालयस्तरीय एकल नृत्य प्रतियोगिता, म्यूजिकल चेयरजस्ता आकर्षक प्रतियोगिताहरू आयोजना गरिने छन्। तीज गीत प्रतियोगितामा प्रथम हुनेले रु. १५,०००, द्वितीयले रु. १०,०००, तृतीयले रु. ५,००० र सान्त्वना पुरस्कार स्वरूप रु. ३,००० प्राप्त गर्नेछन्। महिलाबीच रस्साकस्सी प्रतियोगितामा प्रथमले रु. ५,०००, द्वितीयले रु. ३,०००, तृतीयले रु. २,००० पाउनेछन्। विद्यालयस्तरीय एकल नृत्यमा प्रथमले रु. ५,०००, द्वितीयले रु. ३,००० र तृतीयले रु. २,००० पुरस्कार पाउनेछन्।फलेवास् नगरपालिका र देविस्थान भरीको एक एक जना  जेष्ठ आमालाई विशेष सम्मान गरिनेछ। आयोजकले सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइलाई मेलामा उपस्थित भई तीजको उल्लासमा सहभागी हुन हार्दिक निमन्त्रणा गरेका छन्।

छुटाउनुभयो कि?

पर्वतको खौलामा श्रीमतीको घाँटी बाँधेर हत्या

पर्वत,१७ मंसिर- कुश्मा नगरपालिका १३ खौलालाँकुरीका एक व्यक्तिले श्रीमतीको घाँटी बाँधेर हत्या गरेका छन् । गएको कात्तिक १५ गते महिलाको शव शङ्कास्पद अवस्थामा भेटिएपछि...

एसईई नतिजा प्रकाशनमा कोरोना प्रभाव

२२ साउन, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक हुन अझै केही दिन लाग्ने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या...

अमलाचौरका उमनाथ : बुढ्यौलीमा पनि तन्नेरीको जाँगर

बागलुङ-गाउँको माझ जस्ताको छाना हालेको सानो छाप्रो अनि सडक छेवैमा आरन । परम्परागत शैलीमा नै बनाईएको आरन । आगो फुक्नका लागि परम्परागत फलामे मेसिन...

बलेवाका ३ वडा अध्यक्षको टेलिफोन सम्बाद :संक्रमण त्रासले वलेवाका वडाहरुमा थप कडाई गरिने!

बलेवा, १२ भदौ– संक्रमणको त्रास बढ्दै गएपछि बागलुङ नगरपालिकाको बलेवा क्षेत्रका तीन वडाले निषेधाज्ञाको कार्यान्वयनमा थप कडाइ थालेका छन् । छिमेकी स्थानीय तहहरुसँग जोडिएका...

को होला त !भुमी समस्या समाधान आयोग पर्बतको संयोजक ?

पर्वत, ७ भदौ – सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा बितरण गर्न अधिकार सम्पन्न ‘भूमिसम्बन्धी समस्या समाधान आयोग’ गठन गरेको छ ।देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा सात...