#
गृह पृष्ठ मेलापत सेवासुविधा र अवसरमा शिक्षकलाई विभेद नगर्ने हो भने ,शिक्षक पेशाप्रति आकर्षण बढ्छ-पूर्व...

सेवासुविधा र अवसरमा शिक्षकलाई विभेद नगर्ने हो भने ,शिक्षक पेशाप्रति आकर्षण बढ्छ-पूर्व शिक्षा मन्त्री पौडेल

बागलुङ- नेकपा (माओवादी केन्द्र)का सचिव देवेन्द्र पौडेलले शिक्षकलाई पनि निजामती कर्मचारी सरह सेवासुविधाको प्रबन्ध गर्न सेक शिक्षाका गुणस्तर वृद्धि हुँने बताउनुभयो ।

पूर्वा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री समेत रहनुभएका देवेन्द्र पौडेलले सेवासुविधा र अवसरमा शिक्षकलाई विभेद नगर्ने हो भने शिक्षक पेशाप्रति आकर्षण बढ्ने बताउनुभयो । उहाँले आफू शिक्षामन्त्री हुँदा सार्वजनिक शिक्षा सुधारका लागि मन्त्रालयले ५५ बुँदे योजना बनाएर काम थालेको स्मरण गर्नुभएको छ ।

बागलुङ नगरपालिका–४ स्थित देउराली प्राथमिक विद्यालयको नवनिर्मित चारकोठो भवन उद्घाटनपछि बोल्दै नेता पौडेलले सङ्घीय शिक्षा ऐन ल्याउनुपर्ने बताउनुभयो । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्र्तगत रु. ५० लाखमा निर्माण भएको चारकोठे भवनले पठनपाठनमा सहजता ल्याउने उहाँको भनाई छ । बागलुङ जिल्लाको शैक्षिक पूर्वाधारमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमले ठूलो राहत पु¥याएको उहाँको भनाई छ ।

नेता पौडेलले सबै विद्यालयमा ईन्टरेट सुविधा, प्रविधिमैत्री विद्यालय गराउन आवश्यक रहेको बताउनुभयो । उहाँले शिक्षकको शिक्षण सिकाई क्रिर्याकलापमा राज्यले प्रोहोत्साहन गर्नुपर्ने बताउनुभयो । “शिक्षक साथीहरु निराश हुन जरुरी छैन, निजामती सरह सुविधा बनाउन सके झनै राम्रो हुन्छ, विद्यार्थी संख्या भन्दा अब गुणस्तरमा ध्यान दिउ” पौडेलले भन्नुभयो “पूर्वाधारमा जिल्लाका शैक्षिक संस्था अब्बल भइसके, गुणस्तरलाई पहिलो प्राथमिकतामा राखौं ।”

शिक्षकको पेशागत सुधार गर्न सके गुणस्तरीय शिक्षामा सहयोग गर्ने बताउदै संख्याको आधारमा नभई गुणस्तरको आधारमा विद्यालयको मुल्याङ्कन गर्न आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा बागलुङ नगरपालिकाका नगर उपप्रमुख राजु खड्का, बानपा ४ का वडा अध्यक्ष कुमार बिक्रम क्षेत्री, पूर्व वडा अध्यक्ष धुर्व केसी, बागलुङ नगरपालिका शिक्षा शाखा अधिकृत पुरनबहादुर घर्ती, नेपाल पत्रकार महासंघका सचिव नारायण रिजाल र निवृत पूर्व प्रधानाध्यापक रामबहादुर केसीले मंतव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रममा निवृत पूर्व प्रधानाध्यापक रामबहादुर केसी लगाएत बिद्यालयलाई आर्थिक, भौतिक रुपमा सहयोग गर्ने सहयोगदातालाई सम्मान गरिएको थियो । विद्यालयका प्रधानाध्यापक लक्ष्मी अर्याल आचार्यले प्रगतिप्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । कार्यक्रम बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिष्णुकुमारी शर्माको अध्यक्षता, शिक्षक उमाकान्त शर्माको स्वागत र स्थानियवासी एव उपप्राध्यापक प्रकाश शर्माको संचालनमा सम्पन्न भएको थियो ।

छुटाउनुभयो कि?

पर्वतको खौलामा श्रीमतीको घाँटी बाँधेर हत्या

पर्वत,१७ मंसिर- कुश्मा नगरपालिका १३ खौलालाँकुरीका एक व्यक्तिले श्रीमतीको घाँटी बाँधेर हत्या गरेका छन् । गएको कात्तिक १५ गते महिलाको शव शङ्कास्पद अवस्थामा भेटिएपछि...

एसईई नतिजा प्रकाशनमा कोरोना प्रभाव

२२ साउन, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक हुन अझै केही दिन लाग्ने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या...

अमलाचौरका उमनाथ : बुढ्यौलीमा पनि तन्नेरीको जाँगर

बागलुङ-गाउँको माझ जस्ताको छाना हालेको सानो छाप्रो अनि सडक छेवैमा आरन । परम्परागत शैलीमा नै बनाईएको आरन । आगो फुक्नका लागि परम्परागत फलामे मेसिन...

बलेवाका ३ वडा अध्यक्षको टेलिफोन सम्बाद :संक्रमण त्रासले वलेवाका वडाहरुमा थप कडाई गरिने!

बलेवा, १२ भदौ– संक्रमणको त्रास बढ्दै गएपछि बागलुङ नगरपालिकाको बलेवा क्षेत्रका तीन वडाले निषेधाज्ञाको कार्यान्वयनमा थप कडाइ थालेका छन् । छिमेकी स्थानीय तहहरुसँग जोडिएका...

को होला त !भुमी समस्या समाधान आयोग पर्बतको संयोजक ?

पर्वत, ७ भदौ – सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा बितरण गर्न अधिकार सम्पन्न ‘भूमिसम्बन्धी समस्या समाधान आयोग’ गठन गरेको छ ।देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा सात...