#
गृह पृष्ठ राजनीति एमालेले सबै सुन तस्करीको छानबिन गर्छ : अध्यक्ष ओली

एमालेले सबै सुन तस्करीको छानबिन गर्छ : अध्यक्ष ओली

काठमाडौँ — प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय भएका सबै सुन तस्करीको छानबिन गराएरै छाड्ने बताएका छन् । सोमबार काठमाडौंमा आयोजित पार्टीको वागमती प्रदेश कमिटीको प्रथम अधिवेशनको उद्घाटन समारोहमा अध्यक्ष ‌ओलीले सरकारले सुन तस्करी छानबिन गर्न नचाहेको आरोप लगाएका हुन् । सुन तस्करी छानबिनका लागि आयोग गठन गर्न सरकारलाई आफ्नो पार्टीले बाध्य पारे पनि सो आयोगमार्फत छानबिन गर्न भने नमानेको ओलीको जिकिर छ ।

सरकारले आयोगलाई सुन तस्करी छानबिन नभई तस्करी हुन नदिने गरी कानुन निर्माण गर्नका लागि सुझाव दिनुपर्ने जिद्दी गरिरहेको उनले बताए । अध्यक्ष ओलीले सरकार सुन तस्करहरुलाई भगाउनका लागि सो आयोग एक महिनापछि मात्रै बनाउन सहमत भएको समेत दाबी गरे । उनले आफ्नो पार्टीले पछिल्लो समय भएका सबै सुन तस्करीको कुनै पनि दिन छानबिन गराएरै छाडने चेतावनीसमेत दिए ।

‘धेरै किलो सुनको तस्करी भएको छ । अरु धेरै कुराको तस्करी भएको छ । यो कुनै ख्यालठट्टा होइन, देशविरोधी, देशद्रोही काम गर्ने कुरा कुनै ख्यालठट्टा होइन । यो शताब्दीभरि कुनै पनि समयमा यसको छानबिन गराएरै छाडछौं । कुनै पनि समयमा भोलि होस्, पर्सि होस्, अर्को महिना होस् । अर्को पल्ट होस । जति ढिलो हुन्छ, त्यो गाह्रो पर्नेछ । म त्यो भन्न चाहन्छु,’ उनले भने ।

अध्यक्ष ओलीले भ्रष्टाचारका सबै फाइल खोल्न पनि सरकारलाई चुनौती दिनुभयो । भ्रष्टाचारका फाइल खोले पनि सत्तारुढ दलकै नेता जेल पर्ने उनको दाबी छ ।

छुटाउनुभयो कि?

पर्वतको खौलामा श्रीमतीको घाँटी बाँधेर हत्या

पर्वत,१७ मंसिर- कुश्मा नगरपालिका १३ खौलालाँकुरीका एक व्यक्तिले श्रीमतीको घाँटी बाँधेर हत्या गरेका छन् । गएको कात्तिक १५ गते महिलाको शव शङ्कास्पद अवस्थामा भेटिएपछि...

एसईई नतिजा प्रकाशनमा कोरोना प्रभाव

२२ साउन, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक हुन अझै केही दिन लाग्ने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या...

बलेवाका ३ वडा अध्यक्षको टेलिफोन सम्बाद :संक्रमण त्रासले वलेवाका वडाहरुमा थप कडाई गरिने!

बलेवा, १२ भदौ– संक्रमणको त्रास बढ्दै गएपछि बागलुङ नगरपालिकाको बलेवा क्षेत्रका तीन वडाले निषेधाज्ञाको कार्यान्वयनमा थप कडाइ थालेका छन् । छिमेकी स्थानीय तहहरुसँग जोडिएका...

अमलाचौरका उमनाथ : बुढ्यौलीमा पनि तन्नेरीको जाँगर

बागलुङ-गाउँको माझ जस्ताको छाना हालेको सानो छाप्रो अनि सडक छेवैमा आरन । परम्परागत शैलीमा नै बनाईएको आरन । आगो फुक्नका लागि परम्परागत फलामे मेसिन...

को होला त !भुमी समस्या समाधान आयोग पर्बतको संयोजक ?

पर्वत, ७ भदौ – सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा बितरण गर्न अधिकार सम्पन्न ‘भूमिसम्बन्धी समस्या समाधान आयोग’ गठन गरेको छ ।देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा सात...