नायक पल शाह र नायिका पूजा शर्माले अभिनय गरेको चलचित्र ‘म यस्तो गीत गाउँछु २’ कहिले रिलिज हुन्छ, टुंगो छैन । यो चलचित्र कोरोना भाइरसका कारण देशभर लकडाउन भएपछि रिलिज हुन सकेको थिएन ।
लकडाउन भएपछि घरमै रहेका नायिका पूजा शर्मा र नायक पल शाह अब एउटा म्यूजिक भिडियोमा एकसाथ देखिने भएका छन् । प्रमोद खरेलको आवाजमा रहेको एक गीतको भिडियोमा पल र पूजा देखिन लागेका हुन् ।











































