#
गृह पृष्ठ खेलकुद मेसी भन्छन्- ब्राजिल, फ्रान्स र इंग्ल्याण्ड विश्वकपको उपाधि दाबेदार

मेसी भन्छन्- ब्राजिल, फ्रान्स र इंग्ल्याण्ड विश्वकपको उपाधि दाबेदार

काठमाडौं-अर्जेन्टिनाका कप्तान लिओनल मेसीले ब्राजिल, फ्रान्स र इंग्ल्याण्ड विश्वकप २०२२ को उपाधि जित्ने मुख्य दाबेदार रहेको बताएका छन् ।

मेसीले आफ्नो पहिलो विश्वकप उपाधि उचाल्ने अभियानमा यी तीन राष्ट्रलाई सबैभन्दा चुनौतीका रुपमा देखेका छन् ।

पेरिस सेन्ट जर्मेनबाट खेल्ने ३५ वर्षीय फरवार्ड कतारमा विश्वकप जित्दै खेल करिअरलाई सुखद बनाउन र अर्जेन्टिनालाई १९८६ पछि पहिलो ट्रफी जिताउन लागि पर्नेछन् । ‘जब हामी दाबेदारबारे कुरा गर्छौं । हामी सधैं एउटै टिमका बारेका कुरा गर्छौं,’ साउथ अमेरिका फेडेरेसनसँगको कुराकानीमा मेसीले भने, ‘मैले कुनै टिमलाई माथि राख्नुपर्यो भने मेरो विचारमा ब्राजिल, फ्रान्स र इंग्ल्याण्ड अन्य टिमभन्दा अली माथि छन् । तर विश्वकप धेरै कठिन छ त्यसैले जे पनि हुन सक्छ ।’

कोपा अमेरिका च्याम्पियन अर्जेन्टिना अन्तर्राष्ट्रिय फुटबलमा ३५ खेलसम्म अपराजित छ । मेसीको यो अन्तिम विश्वकप हुने उनले बताइसकेका छन् । त्यसैले यस पटक मेसीकै लागि उपाधि जित्न अन्य खेलाडी पनि मोटिभेट भएका छन् ।

‘हामी धेरै उत्साहित छौं । हामी राम्रो समूहमा छौं तर हामी विस्तारै अघि बढ्ने सोचमा छौं,’ मेसीले भने, ‘हामी विश्वकप राम्रो तरिकाले सुरु गर्ने आशमा छौं ।’

विश्वकप फुटबलको उदघाटन आगामी मंसिर ४ गते अर्थात् नोभेम्बर २० मा कतारमा सुरु हुँदैछ । समूह ‘सी’ मा रहेको अर्जेन्टिनाले नोभेम्बर २२ मा साउदी अरेबियासँग खेल्दै विश्वकप सुरुवात गर्नेछ । त्यसपछि मेक्सिकोसँग नोभेम्बर २६ र पोल्याण्डसँग नोभेम्बर ३० मा खेल्नेछ ।

छुटाउनुभयो कि?

पर्वतको खौलामा श्रीमतीको घाँटी बाँधेर हत्या

पर्वत,१७ मंसिर- कुश्मा नगरपालिका १३ खौलालाँकुरीका एक व्यक्तिले श्रीमतीको घाँटी बाँधेर हत्या गरेका छन् । गएको कात्तिक १५ गते महिलाको शव शङ्कास्पद अवस्थामा भेटिएपछि...

एसईई नतिजा प्रकाशनमा कोरोना प्रभाव

२२ साउन, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक हुन अझै केही दिन लाग्ने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या...

बलेवाका ३ वडा अध्यक्षको टेलिफोन सम्बाद :संक्रमण त्रासले वलेवाका वडाहरुमा थप कडाई गरिने!

बलेवा, १२ भदौ– संक्रमणको त्रास बढ्दै गएपछि बागलुङ नगरपालिकाको बलेवा क्षेत्रका तीन वडाले निषेधाज्ञाको कार्यान्वयनमा थप कडाइ थालेका छन् । छिमेकी स्थानीय तहहरुसँग जोडिएका...

अमलाचौरका उमनाथ : बुढ्यौलीमा पनि तन्नेरीको जाँगर

बागलुङ-गाउँको माझ जस्ताको छाना हालेको सानो छाप्रो अनि सडक छेवैमा आरन । परम्परागत शैलीमा नै बनाईएको आरन । आगो फुक्नका लागि परम्परागत फलामे मेसिन...

को होला त !भुमी समस्या समाधान आयोग पर्बतको संयोजक ?

पर्वत, ७ भदौ – सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा बितरण गर्न अधिकार सम्पन्न ‘भूमिसम्बन्धी समस्या समाधान आयोग’ गठन गरेको छ ।देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा सात...