#
गृह पृष्ठ खेलकुद गण्डकी प्रदेश स्तरीय सेभेन ए साइड फुटबल प्रतियोगितामा पर्वतमा हुने

गण्डकी प्रदेश स्तरीय सेभेन ए साइड फुटबल प्रतियोगितामा पर्वतमा हुने

पर्वत : कुश्मा स्पोर्टस क्लबको आयोजनामा पर्वतमा गण्डकी प्रदेश स्तरीय सेभेन ए साइड फुटबल प्रतियोगिता आयोजना गरिने भएको छ। प्रतियोगिता आउँदो चैत २२ देखि २६ गतेसम्मको लागि आयोजना गर्न लागिएको हो ।
कोभिड–१९ सङ्क्रमणको जोखिम न्यून हुँदै गएकाले खेल क्षेत्रलाई चलायमान बनाउने र खेलाडीहरूलाई पनि जागरूक बनाउने उद्देश्यले प्रदेश स्तरीय प्रतियोगिताको आयोजना गरिएको क्लबका अध्यक्ष विक्रम श्रेष्ठले बताए । पर्वतमा रहेको खेल मैदानमा २०५८ सालमा सशस्त्र प्रहरी बलको गण राखिएपछि खेल मैदानको अभावमा रहेकोमा हालै मात्रै व्यवस्थित मैदान बनाएपछि प्रतियोगिताको आयोजना गरिएको हो ।
‘यहाँका खेलाडीहरूलाई अभ्यास गर्ने ठाउँको अभाव थियो । अहिले प्रदेश मन्त्रालयले पाँच लाख दिएपछि बडागाउँको मैदानलाई व्यवस्थित बनाएका छौँ । यही कारण पनि बल्ल प्रतियोगिताको आयोजना गरिएको हो,’ अध्यक्ष श्रेष्ठले भने, ‘कोभिडका कारण बन्द अवस्थामा रहेको खेल क्षेत्रलाई चलायमान बनाउनको लागि पनि यो प्रतियोगिताको आयोजना गरिएको हो। खेलको माध्यमबाट युवालाई सही बाटोमा ल्याउन पनि भूमिका रहेको हुन्छ ।’
उनका अनुसार प्रतियोगिताको विजेताले नगद एक लाख ५० हजार र उपविजेताले ७५ हजार रुपैयाँ पाउने छन् । प्रदेशका सबै जिल्लाबाट कम्तीमा पनि एक टिम सहभागी गर्ने तयारी गरिएको र टिम पुगेमा एक भन्दा बढी पनि सहभागी हुन पाइने छ । नक आउटको आधारमा खेलाइने उक्त खेलमा कम्तीमा पनि २० समूहले प्रतिस्पर्धा गर्न सक्ने आयोजकको अनुमान छ । समूह दर्ताका लागि आठ हजार रुपैयाँ तोकिएको र बाहिरी जिल्लाबाट आएका खेलाडीहरूलाई बसाई व्यवस्थापनको लागि केही सहयोग गर्ने गरी प्रयास भइरहेको अध्यक्ष श्रेष्ठले बताए ।
करिब १५ लाख खर्चको अनुमान गरिएको प्रतियोगिता सञ्चालन गर्नका लागि स्थानीय तहहरू सहित सरकारी र निजी सङ्घ संस्थाहरूलाई सहयोगदाताका रूपमा हेरिएको छ । खेलबाट रकम जम्मा हुने अवस्था आएमा उक्त रकमबाट खेलका माध्यमबाट पर्यटन क्षेत्रलाई चलायमान बनाउने, युवाहरूको लागि क्षमता अभिवृद्धि कार्यक्रमहरू सञ्चालन गर्ने, युवा शक्तिलाई सामाजिक क्षेत्रमा अग्रसर गराउने, मोदीबेणी धाममा रहेको वृद्धाश्रममा बस्दै आएका ज्येष्ठ नागरिकहरूलाई सहयोग गर्ने, गरिब तथा जेहेन्दार र कोभिडका कारण अभिभावक गुमाएका खेलाडीहरूको लागि निःशुल्क प्रशिक्षण, पोसाक र अध्ययनका लागि सहयोग गर्ने लगायतका कामहरू गर्ने क्लबले बताएको छ ।
सेभेन ए साइड भएका कारण प्रतियोगितामा सहभागी समूहबाट सात जना खेलाडी मात्रै मैदानमा उत्रिने छन् । यो खेलका लागि ४० मिनेटको समय निर्धारण गरिएको हुन्छ ।

छुटाउनुभयो कि?

बागलुङको जैमिनी नगरपालिका २९ बर्षिय संक्रमित पुरुषको मृत्यु

बागलुङ ,२१  कात्तिक- बागलुङका २९ बर्षिय कोरोना संक्रमित पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । जिल्लाको जैमिनी नगरपालिका–९ पैञ्युथन्थापका ती पुरुषको पोखरा स्वास्थ्य बिज्ञान...

एसईई नतिजा प्रकाशनमा कोरोना प्रभाव

२२ साउन, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक हुन अझै केही दिन लाग्ने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या...

अमलाचौरका उमनाथ : बुढ्यौलीमा पनि तन्नेरीको जाँगर

बागलुङ-गाउँको माझ जस्ताको छाना हालेको सानो छाप्रो अनि सडक छेवैमा आरन । परम्परागत शैलीमा नै बनाईएको आरन । आगो फुक्नका लागि परम्परागत फलामे मेसिन...

बलेवाका ३ वडा अध्यक्षको टेलिफोन सम्बाद :संक्रमण त्रासले वलेवाका वडाहरुमा थप कडाई गरिने!

बलेवा, १२ भदौ– संक्रमणको त्रास बढ्दै गएपछि बागलुङ नगरपालिकाको बलेवा क्षेत्रका तीन वडाले निषेधाज्ञाको कार्यान्वयनमा थप कडाइ थालेका छन् । छिमेकी स्थानीय तहहरुसँग जोडिएका...

को होला त !भुमी समस्या समाधान आयोग पर्बतको संयोजक ?

पर्वत, ७ भदौ – सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा बितरण गर्न अधिकार सम्पन्न ‘भूमिसम्बन्धी समस्या समाधान आयोग’ गठन गरेको छ ।देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा सात...