#
गृह पृष्ठ खेलकुद न्युजिल्यान्डलाई हराउँदै अस्ट्रेलिया बन्याे टी-२० विश्व कपकाे नयाँ 'च्याम्पियन'

न्युजिल्यान्डलाई हराउँदै अस्ट्रेलिया बन्याे टी-२० विश्व कपकाे नयाँ ‘च्याम्पियन’

काठमाण्डाै – आईसीसी टी-२० विश्व कपकाे फाइनलमा अस्ट्रेलियाले न्युजिल्यान्डलाई  आठ विकेटले हराएकाे छ । न्युजिल्यान्डले दिएकाे एक सय ७३ रनकाे लक्ष्य अस्ट्रेलियाले मात्रै दुई विकेट गुमाएर सात बलअघि नै भेटायाे ।

अस्ट्रेलियाका लागि डेभिड वार्नर ५३ रन बनाएर आउट भए । यस्तै मिचेल मार्शले ७७ रन र ग्लेन म्याक्सवेलले २८ रन बनाए  । बलिङतर्फ ट्रेन्ट बाेल्टले दुई विकेट लिए ।

यसअघि दुबईमा टस हारेर पहिले ब्याटिङ गरेकाे न्युजिल्यान्डले निर्धारित २० ओभरमा चार विकेट गुमाएर एक सय ७२ रन बनायाे । न्युजिल्यान्डका लागि कप्तान केन विलियमसनले ८५ रन बनाए । यस्तै मार्टिन गुप्टिलले २८ र ग्लेन फिलिप्सले १८ रन बनाए । बलिङतर्फ जाेश हेजलवूडले तीन विकेट र एडम जम्पाले एक विकेट लिए ।

यस पटक टी-२० विश्व कपले नयाँ च्याम्पियन पाएकाे छ । फाइनल खेल अस्ट्रेलिया र न्युजिल्यान्डबीच तय भएसँगै टी-२० विश्व कपले नयाँ च्याम्पियन पाउने पक्का भएकाे थियाे ।

आईसीसी एकदिवसीय विश्व कप सबैभन्दा धेरै पाँच पटक जित्ने अस्ट्रेलिया यसअघि सन् २०१० मा टी-२० विश्व कपकाे फाइनलसम्म पुगेको थियो । अस्ट्रेलिया सन् २०१० को विश्व कपमा फाइनलमा इङ्ग्ल्यान्डसँग पराजित भएको थियो ।

न्युजिल्यान्ड भने पहिलो पटक यसपालि टी–२० विश्व कपको फाइनलमा पुगेको हो ।

छुटाउनुभयो कि?

पर्वतको खौलामा श्रीमतीको घाँटी बाँधेर हत्या

पर्वत,१७ मंसिर- कुश्मा नगरपालिका १३ खौलालाँकुरीका एक व्यक्तिले श्रीमतीको घाँटी बाँधेर हत्या गरेका छन् । गएको कात्तिक १५ गते महिलाको शव शङ्कास्पद अवस्थामा भेटिएपछि...

एसईई नतिजा प्रकाशनमा कोरोना प्रभाव

२२ साउन, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक हुन अझै केही दिन लाग्ने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या...

अमलाचौरका उमनाथ : बुढ्यौलीमा पनि तन्नेरीको जाँगर

बागलुङ-गाउँको माझ जस्ताको छाना हालेको सानो छाप्रो अनि सडक छेवैमा आरन । परम्परागत शैलीमा नै बनाईएको आरन । आगो फुक्नका लागि परम्परागत फलामे मेसिन...

बलेवाका ३ वडा अध्यक्षको टेलिफोन सम्बाद :संक्रमण त्रासले वलेवाका वडाहरुमा थप कडाई गरिने!

बलेवा, १२ भदौ– संक्रमणको त्रास बढ्दै गएपछि बागलुङ नगरपालिकाको बलेवा क्षेत्रका तीन वडाले निषेधाज्ञाको कार्यान्वयनमा थप कडाइ थालेका छन् । छिमेकी स्थानीय तहहरुसँग जोडिएका...

को होला त !भुमी समस्या समाधान आयोग पर्बतको संयोजक ?

पर्वत, ७ भदौ – सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा बितरण गर्न अधिकार सम्पन्न ‘भूमिसम्बन्धी समस्या समाधान आयोग’ गठन गरेको छ ।देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा सात...