#
गृह पृष्ठ Uncategorized सत्ता टिकाउन पैसाको खोलो : संग्रौला

सत्ता टिकाउन पैसाको खोलो : संग्रौला

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसकी केन्द्रिय सदस्य सांसद डा.डिला संग्रौलाले सरकारले सत्ता टिकाउनका लागि पैसाको खोलो बगाएको आरोप लगाएकी छन् ।
नचाहिएका आयोग तथा निकायहरुको गठन गरेर पैसाको खोलो बगाइएको उनको आरोप छ । ‘आफ्ना कार्यकर्ता भर्ती गर्न सरकार तल्लिन छ, त्यसकालागि नचाहिएका आगोग पनि गठन भएका छन्’ संग्रौलाले भनिन्, ‘अधिनायकबादी सरकार देश खोक्रो बनाउन लागेको छ ।’

नेपाल प्रेस युनियन बागलुङले आईतबार बागलुङ बजारमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा संग्रौलाले कोरोना महामारी जस्तो संवेदनशिल समयमा सरकार भ्रष्टाचार बढाउने र सत्ता टिकाउने खेलमा लागेको आरोप लगाईन् । ‘सरकार आँफुलाई बचाउनमा तल्लिन छ, कोरोना महामारीमा परेका जनता जोगाउने कुनै काम गरेको छैन’ उनले भनिन् ‘जनताले सरकारबाट पनि असुरक्षित महशुस गरेका छन् ।’ बालुवाटारमा स्विच थिचेर जनचाहना अनुसारको बिकास नहुने उनको टिप्पणी थियो । ‘स्वीच थिचेर बाटोको उद्घाटन हुन्छ, काम हुँदैन्’ संग्रौलालले भनिन् ‘हेर्नुस त सरकारले अस्पताल शिलान्यास गरेको ठाउँहरुमा जग्गा समेत भेटिँदैन् ।’

एमसीसीको बिषयमा नेपाली कांग्रेस सकरात्मक रहेको उनले बताईन् । उनले एमसीसी पास गर्ने बिषय सहित कांग्रेस नेतृत्वको सरकार बन्ने समेत बताइन् । केपी ओली नेतृत्वको सरकार अधिनायकबादी सरकार भएको भन्दै उनले अव प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन हुने दावी गरिन् । ‘अधिनायक बिरुद्ध प्रदेशबाट सन्देश दिने काम सुरु भएको छ, हेर्दै जानुहोस, नयाँ बर्षको उपहार नयाँ सरकार आउँछ’ संग्रौलाले भनिन् ‘अभिव्यक्ति स्वतन्त्रता माथी हस्ताक्षेप गर्ने, संविधान माथी प्रहार गर्ने सरकार अब धेरैदिन टिक्दैन् ।’

छुटाउनुभयो कि?

पर्वतको खौलामा श्रीमतीको घाँटी बाँधेर हत्या

पर्वत,१७ मंसिर- कुश्मा नगरपालिका १३ खौलालाँकुरीका एक व्यक्तिले श्रीमतीको घाँटी बाँधेर हत्या गरेका छन् । गएको कात्तिक १५ गते महिलाको शव शङ्कास्पद अवस्थामा भेटिएपछि...

एसईई नतिजा प्रकाशनमा कोरोना प्रभाव

२२ साउन, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक हुन अझै केही दिन लाग्ने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या...

अमलाचौरका उमनाथ : बुढ्यौलीमा पनि तन्नेरीको जाँगर

बागलुङ-गाउँको माझ जस्ताको छाना हालेको सानो छाप्रो अनि सडक छेवैमा आरन । परम्परागत शैलीमा नै बनाईएको आरन । आगो फुक्नका लागि परम्परागत फलामे मेसिन...

बलेवाका ३ वडा अध्यक्षको टेलिफोन सम्बाद :संक्रमण त्रासले वलेवाका वडाहरुमा थप कडाई गरिने!

बलेवा, १२ भदौ– संक्रमणको त्रास बढ्दै गएपछि बागलुङ नगरपालिकाको बलेवा क्षेत्रका तीन वडाले निषेधाज्ञाको कार्यान्वयनमा थप कडाइ थालेका छन् । छिमेकी स्थानीय तहहरुसँग जोडिएका...

को होला त !भुमी समस्या समाधान आयोग पर्बतको संयोजक ?

पर्वत, ७ भदौ – सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा बितरण गर्न अधिकार सम्पन्न ‘भूमिसम्बन्धी समस्या समाधान आयोग’ गठन गरेको छ ।देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा सात...