#
गृह पृष्ठ जीवनशैली सार्वजनिक यातायातलाई ‘मध्यम प्रभावित’को सूचीमा राखेकोमा व्यवसायीको असन्तुष्टि

सार्वजनिक यातायातलाई ‘मध्यम प्रभावित’को सूचीमा राखेकोमा व्यवसायीको असन्तुष्टि

१४ साउन, काठमाडौं । यातायात व्यवसायीहरुले राष्ट्र बैंकले मौदि्रक नीति कार्यान्वयन गर्न बैंक तथा वित्तीय संस्थाका लागि जारी गरेको निर्देशन प्रति असन्तुष्टि जनाएका छन् । आफूहरुलाई मध्यम प्रभावित वर्गमा राखिएकोप्रति नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले आपत्ति जनाएको हो ।

अतिप्रभावितमा पर्नेले भन्दा मध्यम प्रभावितमा पर्नेले बैंकबाट पाउने सुविधा कम छ । गाडी बन्द गरेर महिनौंदेखि बस्न बाध्य हुँदा हुँदै आफूहरुलाई अपहेलना गरिएको गुनासो व्यवसायीको छ ।

महासंघका महासचिव सारेज सिटौलाले विभिन्न व्यवसायलाई अतिप्रभावितको सूचीमा राखेर सुविधा दिनु जायज भएपनि स्थलतगत यात्रुबाहक सार्वजनिक यातायात क्षेत्रलाई मध्यममा राखेर अन्याय गरेको उनको भनाइ छ ।

‘हामीले पनि अतिप्रभावित अन्य व्यवसाय जस्तै सहुलियत र पुनर्कर्जा सुविधा पाउनुपर्छ,’ उनले भने,’पर्यटकीय यातायात अतिप्रभावितमा पर्दा हामी किन परेनौं ?’

सिटौलाले अरुले सुविधा पाए भन्नेमा महासंघको कुनै गुनासो नभएको भन्दै सार्वजनिक यातायातमा परेको असरलाई सरकारले गम्भीर रुपमा नहेरेको स्पष्ट भएको बताए ।

‘स्वरोजगार मजदुरहरुको बाहुल्यता रहेको यो व्यवसाय साढे ३ महिनासम्म बन्द रह्यो, अझै लामो दूरीका सार्वजनिक सवारी खुल्न भदौ १ सम्म कुनुपर्ने अवस्था छ,’ उनले भने,’ कोभिड- १९ प्रभावितका रुपमा राज्यले दिनसक्ने अधिकतम् सुविधा हामीले पनि पाउनुपर्छ ।’

अझै पनि सार्वजनिक सवारीमा मान्छेहरु चढ्न डराइहरेको, यात्रु आधा मात्रै राखेर चलाउनुपर्ने अवस्था रहेको र अन्य धेरै सावधानी अपनाएर फ्रन्ट लाइनमा काम गर्नुपर्नेसम्मको अवस्थालाई मूल्यांकन गरेर अपि्रभावित व्यवसायको सूचीमा राख्न महासंघले माग गरेको छ ।

‘हाम्रो यो व्यवसयमा पनि महामारी हटेसम्म प्रभाव रहिरहन्छ, गाडी चल्नासाथै हिजोको जस्तो अवस्थमा पुग्न सकिन्न,’ सिटौलाले भने,’सानो सानो लगानी गरेर यातायात व्यवसाय गरिरहेकालाई सरकारले मध्याम प्रभावित भन्न मिल्दैन ।’

सरकारसँग भएका पटक-पटकको छलफलमा यातायात व्यवसायलाई अतिप्रभावित वर्गमा राख्ने सहमति भएको भन्दै सिटौलाले सरकारले आफ्नो प्रतिवद्धता पुरा गर्न नसकेको आरोप पनि लगाए ।

छुटाउनुभयो कि?

बागलुङको जैमिनी नगरपालिका २९ बर्षिय संक्रमित पुरुषको मृत्यु

बागलुङ ,२१  कात्तिक- बागलुङका २९ बर्षिय कोरोना संक्रमित पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । जिल्लाको जैमिनी नगरपालिका–९ पैञ्युथन्थापका ती पुरुषको पोखरा स्वास्थ्य बिज्ञान...

एसईई नतिजा प्रकाशनमा कोरोना प्रभाव

२२ साउन, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक हुन अझै केही दिन लाग्ने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या...

अमलाचौरका उमनाथ : बुढ्यौलीमा पनि तन्नेरीको जाँगर

बागलुङ-गाउँको माझ जस्ताको छाना हालेको सानो छाप्रो अनि सडक छेवैमा आरन । परम्परागत शैलीमा नै बनाईएको आरन । आगो फुक्नका लागि परम्परागत फलामे मेसिन...

बलेवाका ३ वडा अध्यक्षको टेलिफोन सम्बाद :संक्रमण त्रासले वलेवाका वडाहरुमा थप कडाई गरिने!

बलेवा, १२ भदौ– संक्रमणको त्रास बढ्दै गएपछि बागलुङ नगरपालिकाको बलेवा क्षेत्रका तीन वडाले निषेधाज्ञाको कार्यान्वयनमा थप कडाइ थालेका छन् । छिमेकी स्थानीय तहहरुसँग जोडिएका...

को होला त !भुमी समस्या समाधान आयोग पर्बतको संयोजक ?

पर्वत, ७ भदौ – सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा बितरण गर्न अधिकार सम्पन्न ‘भूमिसम्बन्धी समस्या समाधान आयोग’ गठन गरेको छ ।देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा सात...