पर्वत ,१९ पुस–नेपाली लोक संगीतको बजारमा फेरि अर्को एउटा मन छुने लोक दोहोरी गित युटुबमा सार्बजनिक भयको छ।पर्बतको कुश्मा नगरपालिका १ पाङमा जन्मियर हाल अमेरिकाको क्यालिफोर्नियामा रहेका गायक एबम शर्जक केशब रिजालको नया गित नौ जाले माया सार्बजनिक भयको हो । उक्त गितमा गायक केशब रिजाल र गायिका रिना केसिको आवाज रहेको छ भने गितको लय शब्द स्वयम् गायक रिजालले गरेका छन ।
यता गितको म्युजिक भिडियोमा भने अहिलेका ब्यस्त मोडल महेन्द्र गौतम र करिश्मा ढकाल र देबेन्द्र क्षेत्रि लाई देख्न सकिन्छ गितको निर्देशन तथा छायांकन भने दुर्गा पौडेलले गरेका छन। गित युटुबमा सार्बजनीक भय संगै गायक रिजालले भने यो गितले आफ्नो गायक बन्ने सपना पूरा भयको र संगै दर्शक स्रोताको मन जित्नेमा आफु बिस्वस्त रहेको बताय! यस अगाडि पनि गायक रिजालले थुप्रै गितहरु बजारमा ल्यायका थिय जस्तै: हिमालको काखाबाट सेती बगे सानू,ओबामाको देश , दशै गित धानको बाला कोदाको कपनी लगायत अन्य शृजना हरु दर्शक सामु पस्की सकेका छन , हेरौ यो गितले कतिको सफलता पाउछ मेलापातको तर्फ बाट सुभकामना छ ।











































