#
गृह पृष्ठ राजनीति कांग्रेस पर्वतका क्रियाशिल सदस्यहरु धमाधम नेकपामा प्रवेश गर्दै

कांग्रेस पर्वतका क्रियाशिल सदस्यहरु धमाधम नेकपामा प्रवेश गर्दै

पर्वत , १९ भदौ –नेपाली कांग्रेसका क्रियाशिल सदस्यहरु सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपामा प्रवेश गर्न थालेका छन् । महाधिवेशनको संघारमा पार्टी संगठनका कामहरुमा कांग्रेस पार्टी ब्यस्त रहे पनि त्यस पार्टीका कार्यकर्ताहरु भने सत्तारुढ दल नेकपामा प्रवेश गर्न थालेका हुन् ।विहिबार मात्रै जिल्लाको फलेवास नगरपालिकाका ३ शंकरपोखरीका कांग्रेस पाटीका सक्रिय युवा मदन अधिकारी सहितको टोली नेकपामा प्रवेश गरेको छ ।

पार्टी प्रवेश गर्ने युवाहरुलाई नेकपाका जिल्ला कमिटि अध्यक्ष तथा प्रतिनिधि सभाका सांसद पदम गिरीले टिका तथा दोसल्ला लगाएर पार्टी प्रवेश गरेका छन् ।उक्त अवसरमा नेकपाका प्रदेश कमिटि सदस्य मेघनाथ सुवेदी, देवेन्द्र पाण्डे जिल्ला नेताहरु गोविन्द पहाडी, खुमप्रसाद शर्मा, युवा संघका केन्द्रिय सदस्य बिमल लामिछाने तथा युवा संघ पर्वतका अध्यक्ष थमनारायण शर्मा लगाएतका नेताहरु पार्टी प्रवेश गर्ने नवआगन्तुकलाई स्वागत गरेका थिए ।

छुटाउनुभयो कि?

पर्वतको खौलामा श्रीमतीको घाँटी बाँधेर हत्या

पर्वत,१७ मंसिर- कुश्मा नगरपालिका १३ खौलालाँकुरीका एक व्यक्तिले श्रीमतीको घाँटी बाँधेर हत्या गरेका छन् । गएको कात्तिक १५ गते महिलाको शव शङ्कास्पद अवस्थामा भेटिएपछि...

एसईई नतिजा प्रकाशनमा कोरोना प्रभाव

२२ साउन, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक हुन अझै केही दिन लाग्ने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या...

बलेवाका ३ वडा अध्यक्षको टेलिफोन सम्बाद :संक्रमण त्रासले वलेवाका वडाहरुमा थप कडाई गरिने!

बलेवा, १२ भदौ– संक्रमणको त्रास बढ्दै गएपछि बागलुङ नगरपालिकाको बलेवा क्षेत्रका तीन वडाले निषेधाज्ञाको कार्यान्वयनमा थप कडाइ थालेका छन् । छिमेकी स्थानीय तहहरुसँग जोडिएका...

अमलाचौरका उमनाथ : बुढ्यौलीमा पनि तन्नेरीको जाँगर

बागलुङ-गाउँको माझ जस्ताको छाना हालेको सानो छाप्रो अनि सडक छेवैमा आरन । परम्परागत शैलीमा नै बनाईएको आरन । आगो फुक्नका लागि परम्परागत फलामे मेसिन...

को होला त !भुमी समस्या समाधान आयोग पर्बतको संयोजक ?

पर्वत, ७ भदौ – सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा बितरण गर्न अधिकार सम्पन्न ‘भूमिसम्बन्धी समस्या समाधान आयोग’ गठन गरेको छ ।देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा सात...