#
गृह पृष्ठ राजनीति नेकपाको सचिवालय बैठक आज बस्दै, राष्ट्रियसभामा गौतमलाई लैजानेबारे छलफल हुने

नेकपाको सचिवालय बैठक आज बस्दै, राष्ट्रियसभामा गौतमलाई लैजानेबारे छलफल हुने

काठमाडौं,१८ भदौ–नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच हिजो भएको छलफलमा एजेण्डा तय गरिएको थियो ।यसअघि भदौ १३ गतेका लागि तय भएको बैठक आजका लागि सारिएको थियो ।बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठन भएको कार्यदलको प्रतिवेदनमाथि छलफल हुने बताइएको छ ।यसैगरी राष्ट्रियसभामा उपाध्यक्ष वामदेव गौतमलाई लैजाने वा अर्थमन्त्री डाक्टर युवराज खतिवडालाई लैजाने भन्ने विषयमा पनि छलफल हुने बताइएको छ ।

गत फागुन १४ गते सचिवालय बैठकले उपाध्यक्ष गौतमलाई राष्ट्रियसभामा लैजाने निर्णय भएको थियो ।उक्त निर्णय कार्यान्वयन गर्नुपर्ने भन्दै अध्यक्ष दाहालसहित वरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठलगायतले प्रधानमन्त्री ओलीलाई निरन्तर दवाव दिँदै आएका छन् ।दाहाल पक्षका नेताहरुले गौतमलाई राष्ट्रियसभामा लैजानुपर्ने अडान दोहोर्‍याइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओली भने खतिवडालाई नै दोहोर्‍याउने पक्षमा रहेको बताउँदै आउनुभएको छ ।केही दिनअघि प्रधानमन्त्री ओलीले गौतमलाई राष्ट्रियसभामा लैजाने च्याप्टर नै क्लोज भएको बताउनुभएको थियो ।उहाँले गौतमलाई संसदमै लैजान सक्ने विकल्पका बारेमा छलफल गरिरहनुभएको प्रधानमन्त्री निकट रहेका नेताहरुले बताएका छन् ।

छुटाउनुभयो कि?

पर्वतको खौलामा श्रीमतीको घाँटी बाँधेर हत्या

पर्वत,१७ मंसिर- कुश्मा नगरपालिका १३ खौलालाँकुरीका एक व्यक्तिले श्रीमतीको घाँटी बाँधेर हत्या गरेका छन् । गएको कात्तिक १५ गते महिलाको शव शङ्कास्पद अवस्थामा भेटिएपछि...

एसईई नतिजा प्रकाशनमा कोरोना प्रभाव

२२ साउन, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक हुन अझै केही दिन लाग्ने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या...

बलेवाका ३ वडा अध्यक्षको टेलिफोन सम्बाद :संक्रमण त्रासले वलेवाका वडाहरुमा थप कडाई गरिने!

बलेवा, १२ भदौ– संक्रमणको त्रास बढ्दै गएपछि बागलुङ नगरपालिकाको बलेवा क्षेत्रका तीन वडाले निषेधाज्ञाको कार्यान्वयनमा थप कडाइ थालेका छन् । छिमेकी स्थानीय तहहरुसँग जोडिएका...

अमलाचौरका उमनाथ : बुढ्यौलीमा पनि तन्नेरीको जाँगर

बागलुङ-गाउँको माझ जस्ताको छाना हालेको सानो छाप्रो अनि सडक छेवैमा आरन । परम्परागत शैलीमा नै बनाईएको आरन । आगो फुक्नका लागि परम्परागत फलामे मेसिन...

को होला त !भुमी समस्या समाधान आयोग पर्बतको संयोजक ?

पर्वत, ७ भदौ – सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा बितरण गर्न अधिकार सम्पन्न ‘भूमिसम्बन्धी समस्या समाधान आयोग’ गठन गरेको छ ।देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा सात...