#
गृह पृष्ठ राजनीति नेपाली कांग्रेस पर्वतको भवन ,निर्माण कार्यको अन्तिम चरणमा

नेपाली कांग्रेस पर्वतको भवन ,निर्माण कार्यको अन्तिम चरणमा

पर्वत ,२ भदौ- निर्माण कार्यको अन्तिम चरणमा पुगेको नेपाली कांग्रेस पर्वतको बिपि स्मृति भवन निर्माणका लागि प्रतिबद्धतता गरेको रकमको ३७ प्रतिशत मात्रै जम्मा भएको छ ।भवन निर्माण समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा भवन निर्माणको काम ६५ प्रतिशत पुरा भएपनि बोलकबोल गरेको रकम ३७ दशमलब २३ प्रतिशत मात्रै उठेको जानकारी दिएको हो ।भवन निर्माणका लागि अहिले सम्म १ करोड ७६ लाख ८१ हजार ८ सय ५१ रकम बोलकबोल भएकोमा अहिले सम्म ६५ लाख ५१ हजार ३ सय ५१ रुपैंया मात्र भवन निर्माण समितिलाई प्राप्त भएको छ । भवन समितिका आर्थिक संयोजक गंगाधर अधिकारीका अनुसार अहिले सम्म प्रतिबद्धता गरेको मध्ये १ करोड ११ लाख ३० हजार ५ सय रुपैंया जम्मा हुन बाँकी छ । जम्मा भएको रकम मध्ये अहिले सम्म ५६ लाख ८० हजार ५ सय रुपैया भने भुक्तानी भैसकेको छ ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा भवन निर्माण समितिका संयोजक अर्जुनप्रसाद जोशीले भवन निर्माणका लागि प्रतिबद्धता गरेको भन्दा अझै बढी रकम संकलन हुने बिश्वास ब्यक्त गरे । ‘भवन निर्माणका लागि अधिकाँश कांग्रेसका नेता तथा समर्थकले रकम बोलकबोल गरेका छन’ उनले भने ‘कांग्रेसको राजनिती गर्नेले प्रतिबद्धता गरेको रकम नदिने भन्ने प्रश्न नै आउँदैन।’ भवन निर्माणका लागि कांग्रेसका समर्थक कार्यकर्ताहरुले मात्रै होइन जलजला गाउँपालिकाले २० लाख प्रतिबद्धता जनाएको छ भने पर्वतका सातै पालिका र तनहुँको रिसिङ गाउँपालिकाले समेत रकम सहयोग गरेका छन ।पत्रकार सम्मेलनमा भवन निर्माण समितिका संयोजक जोशीले ६५ प्रतिशत निर्माण कार्य सकिएको जानकारी दिए । उनले आगामी मंसिरसम्ममा सबै निर्माणकार्य सम्पन्न हुनेगरी काम भइरहेको पनि बताए । गत मंसिरदेखि निर्माण सुरु गरिएको भवनको कोरोना महामारीका कारण लकडाउनको अवधिमा काम गर्न नपाउँदा तोकिएको समयमा निर्माण पुरा हुन नपाएको पनि बताए । असारमा निर्माण पुरा हुने तोकिएको भएपनि अहिले निरन्तर काम भइरहेकोले आगामी मंसिरसम्ममा निर्माण कार्य पुरा हुने संयोजक जोशीको भनाई रहेको छ ।

नयाँ भवनमा पदाधिकारीको कार्यकक्ष, भातृ तथा शुभेच्छुक संस्थाको प्रमुखलाई एउटा कुर्ची, टेबल र दराजको ब्यवस्था मिलाउने योजना छ । साढे दुई तले भवनमा दुई वटा सभाहल र छ वटा कोठा रहने निर्माण समितिले जनाएको छ ।
पत्रकार सम्मेलनमा नेपाली काँग्रेस पर्वतका सभापति खिमप्रसाद भुसाल, जिल्ला कोषाध्यक्ष तथा भवन निर्माण समितिका कोषाध्यक्ष यामबहादुर मल्ल(रामकृष्ण), भवन निर्माण समितिका पुर्व संयोजक लोकनाथ आचार्य, महासमिति सदस्य तथा भवन निर्माण प्रचारप्रसार उपसमिति संयोजक राधाकुमारी कुँवर क्षेत्री, भवन निर्माण समितिका सचिवालय ब्यवस्थापन संयोजक शिवप्रसाद सुबेदीले भवन निर्माणका बिभिन्न पक्षका बारेमा जानकारी गराएका थिए ।
कांग्रेसको जिल्ला कार्यालय रहने उक्त भवन २०६६ सालमा तत्कालिन पार्टी सभापति शेरबहादुर देउवाले शिलन्यास गरेर निर्माण शुरु गरिएको थियो । त्यसबखत भवन निर्माणको काम शुरु गर्दैै डिसिपी सम्म उठाइएको थियो तर अहिले निर्माण समितिका संयोजक रहेका केन्द्रिय सदस्य अर्जुनप्रसाद जोशी सहितका नेताहरुको असहयोगका कारण निर्माण कार्य अघि बढ्न नसकेको आरोप तत्कालिन समितिले लगाउँदै आएको छ। दश बर्षपछि जोशीकै नेतृत्वमा भवन निर्माण कार्य पुरा हुने भएको छ ।

छुटाउनुभयो कि?

बागलुङको जैमिनी नगरपालिका २९ बर्षिय संक्रमित पुरुषको मृत्यु

बागलुङ ,२१  कात्तिक- बागलुङका २९ बर्षिय कोरोना संक्रमित पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । जिल्लाको जैमिनी नगरपालिका–९ पैञ्युथन्थापका ती पुरुषको पोखरा स्वास्थ्य बिज्ञान...

एसईई नतिजा प्रकाशनमा कोरोना प्रभाव

२२ साउन, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक हुन अझै केही दिन लाग्ने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या...

अमलाचौरका उमनाथ : बुढ्यौलीमा पनि तन्नेरीको जाँगर

बागलुङ-गाउँको माझ जस्ताको छाना हालेको सानो छाप्रो अनि सडक छेवैमा आरन । परम्परागत शैलीमा नै बनाईएको आरन । आगो फुक्नका लागि परम्परागत फलामे मेसिन...

बलेवाका ३ वडा अध्यक्षको टेलिफोन सम्बाद :संक्रमण त्रासले वलेवाका वडाहरुमा थप कडाई गरिने!

बलेवा, १२ भदौ– संक्रमणको त्रास बढ्दै गएपछि बागलुङ नगरपालिकाको बलेवा क्षेत्रका तीन वडाले निषेधाज्ञाको कार्यान्वयनमा थप कडाइ थालेका छन् । छिमेकी स्थानीय तहहरुसँग जोडिएका...

को होला त !भुमी समस्या समाधान आयोग पर्बतको संयोजक ?

पर्वत, ७ भदौ – सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा बितरण गर्न अधिकार सम्पन्न ‘भूमिसम्बन्धी समस्या समाधान आयोग’ गठन गरेको छ ।देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा सात...