#
गृह पृष्ठ समाचार पर्वतमा पछिल्लो पटक गरिएको कोरोना परिक्षणमा ,सुरक्षाकर्मी सहित ७१ जनाको रिर्पोट नेगेटिभ

पर्वतमा पछिल्लो पटक गरिएको कोरोना परिक्षणमा ,सुरक्षाकर्मी सहित ७१ जनाको रिर्पोट नेगेटिभ

पर्वत,१ भदौ – पर्वत जिल्लामा पछिल्लो पटक गरिएको कोरोना ७१ जनाको रिर्पोट नेगेटिभ आएको छ ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र क्वारेन्टाईनमा रहेका सर्वसाधरणको रिर्पोट नेगेटिभ आएको हो ।
जिल्ला संकट ब्यबस्थापन केन्द्र(डिसिसिएमसी) पर्वतले दिएको जानकारी कोरोना संक्रमणको जोखिममा रहेका बिभिन्न क्षेत्रका मानिसको श्वाब परिक्षण गर्ने क्रममा क्वारेन्टाईनमा बसेका एक जनाको रिर्पोट पोजेटिभ आएपनि बाँकीको रिर्पोट नेगेटिभ आएको छ । क्वारेन्टाईनमा बसेका ४५ जनाको रिर्पोट नेगेटिभ आएको छ । क्वारेन्टाईनमा बसेका बियहादी गाउँपालिका वडा नं ५ उरामपोखराका ३५ बर्षिय पुरुषमा संक्रमण पुष्टि भएको छ । उनी भारतबाट आई क्वारेन्टाईनमा बस्दै आएका थिए ।
यसैगरी नेपाल प्रहरीका २ जना, नेपाली सेनाका ९ जना, प्रहरी हिरासतमा रहेका ७ जनामा पनि नेगेटिभ रिर्पोट आएको छ । पर्वत अस्पतालको अन्तरंग बिभागमा रहेका ४ जना, कर्मचारी र अन्य सर्वसाधरण गरि ३ जनाको रिर्पोट नेगेटिभ आएको डिसिसिएमसीका प्रबक्ता प्रबिण भण्डारीले जानकारी दिनुभयो ।
समुदायमा र क्वारेन्टाईनमा बसेका बाहेकका ब्यक्तिमा कोरोना संक्रमण छ÷छैन भनेर निरन्तर परिक्षण गर्न थालिएको छ । पछिल्लो समयमा समुदायमा संक्रमणको अबस्था बुझ्न कुस्मा नगरपालिकामा १ सय जना र मोदी र जलजला गाउँपालिकामा बिभिन्न पेशा, क्षेत्र र ब्यबसायका ५०÷५० जनाको नमुना परिक्षण गर्ने तयारी समेत थालिएको छ । यसअघि कुस्मामा ५० जना, पैंयुमा १० जना र सुरक्षाकर्मी, स्वास्थ्यकर्मी लगायतको नमुना परिक्षण गर्दा पनि संक्रमण भेटिएको थिएन । पछिल्ला परिक्षणमा समुदायमा पोजेटिभ केस नभेटिएपनि सबै सर्तक र सगज नहुने हो भने जुनसुकै बेला संक्रमण भयावह हुने संभावना रहेको भन्दै सुरक्षा सर्तकता समेत बढाइएको छ ।

छुटाउनुभयो कि?

पर्वतको खौलामा श्रीमतीको घाँटी बाँधेर हत्या

पर्वत,१७ मंसिर- कुश्मा नगरपालिका १३ खौलालाँकुरीका एक व्यक्तिले श्रीमतीको घाँटी बाँधेर हत्या गरेका छन् । गएको कात्तिक १५ गते महिलाको शव शङ्कास्पद अवस्थामा भेटिएपछि...

एसईई नतिजा प्रकाशनमा कोरोना प्रभाव

२२ साउन, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक हुन अझै केही दिन लाग्ने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या...

बलेवाका ३ वडा अध्यक्षको टेलिफोन सम्बाद :संक्रमण त्रासले वलेवाका वडाहरुमा थप कडाई गरिने!

बलेवा, १२ भदौ– संक्रमणको त्रास बढ्दै गएपछि बागलुङ नगरपालिकाको बलेवा क्षेत्रका तीन वडाले निषेधाज्ञाको कार्यान्वयनमा थप कडाइ थालेका छन् । छिमेकी स्थानीय तहहरुसँग जोडिएका...

अमलाचौरका उमनाथ : बुढ्यौलीमा पनि तन्नेरीको जाँगर

बागलुङ-गाउँको माझ जस्ताको छाना हालेको सानो छाप्रो अनि सडक छेवैमा आरन । परम्परागत शैलीमा नै बनाईएको आरन । आगो फुक्नका लागि परम्परागत फलामे मेसिन...

को होला त !भुमी समस्या समाधान आयोग पर्बतको संयोजक ?

पर्वत, ७ भदौ – सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा बितरण गर्न अधिकार सम्पन्न ‘भूमिसम्बन्धी समस्या समाधान आयोग’ गठन गरेको छ ।देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा सात...