#
गृह पृष्ठ समाचार कास्कीमा ५ र तनहुँमा १ जनामा कोरोना पुष्टि,यससँगै गण्डकी प्रदेशमा संक्रमितहरुको संख्या...

कास्कीमा ५ र तनहुँमा १ जनामा कोरोना पुष्टि,यससँगै गण्डकी प्रदेशमा संक्रमितहरुको संख्या १ हजार ७ सय ९ पुगेको छ

पोखरा ,३२ साउन –गण्डकी प्रदेशका दुई जिल्लामा थप ६ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।निर्देशनालयले आइतबार बिहान ६ः२० बजे सार्वजनिक गरेको विवरणअनुसार संक्रमित हुनेहरु कास्कीका ५ जना र तनहुँका १ जना छन् ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितहरुको संख्या १ हजार ७ सय ९ पुगेको छ ।गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डा. विनोद विन्दु शर्माले दिएको जानकारीअनुसार पछिल्लो पटक संक्रमित हुनेहरुमा कास्कीको पोखरा महानगरपालिका वडा नं. १६ मा २२ र ३० वर्षका पुरुष तथा ५० र २२ वर्षका महिला छन् ।यसैगरी पोखरा महानगरपालिकाकै वडा नं. ५ मा ३३ वर्षीया एक जना महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

डा. शर्माका अनुसार तनहुँको भानु नगरपालिका वडा नं. ४ मा ३० वर्षीय एक जना पुरषमा पनि कोरोना संक्रमण देखिएको छ ।संक्रमित सबैलाई सम्बन्धित जिल्लाको आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको डा. शर्माले जानकारी दिए ।

 

छुटाउनुभयो कि?

पर्वतको खौलामा श्रीमतीको घाँटी बाँधेर हत्या

पर्वत,१७ मंसिर- कुश्मा नगरपालिका १३ खौलालाँकुरीका एक व्यक्तिले श्रीमतीको घाँटी बाँधेर हत्या गरेका छन् । गएको कात्तिक १५ गते महिलाको शव शङ्कास्पद अवस्थामा भेटिएपछि...

एसईई नतिजा प्रकाशनमा कोरोना प्रभाव

२२ साउन, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक हुन अझै केही दिन लाग्ने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या...

बलेवाका ३ वडा अध्यक्षको टेलिफोन सम्बाद :संक्रमण त्रासले वलेवाका वडाहरुमा थप कडाई गरिने!

बलेवा, १२ भदौ– संक्रमणको त्रास बढ्दै गएपछि बागलुङ नगरपालिकाको बलेवा क्षेत्रका तीन वडाले निषेधाज्ञाको कार्यान्वयनमा थप कडाइ थालेका छन् । छिमेकी स्थानीय तहहरुसँग जोडिएका...

अमलाचौरका उमनाथ : बुढ्यौलीमा पनि तन्नेरीको जाँगर

बागलुङ-गाउँको माझ जस्ताको छाना हालेको सानो छाप्रो अनि सडक छेवैमा आरन । परम्परागत शैलीमा नै बनाईएको आरन । आगो फुक्नका लागि परम्परागत फलामे मेसिन...

को होला त !भुमी समस्या समाधान आयोग पर्बतको संयोजक ?

पर्वत, ७ भदौ – सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा बितरण गर्न अधिकार सम्पन्न ‘भूमिसम्बन्धी समस्या समाधान आयोग’ गठन गरेको छ ।देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा सात...