पर्वत ,३२ साउन – कुस्मा नगरपालिकाको वडा नं १४ आर्थरमा ‘राहत बितरणका लागि राखिएको चामल कुहिएको’ भन्ने बिषयमा नगरपालिकाले स्थलगत अनुगमन गरेको छ ।
नगरपालिकाका अधिकृत ध्रुब पौडेलको नेतृत्वमा पुगेको टोलीले स्थलगत अनुगमन गर्दै सर्वपक्षिय बैठक समेत गरेको हो ।
अनुगमनका क्रममा राहत बितरणमा राखिएको चामल नभई क्वारेन्टाईनमा बस्नेहरुका लागि खाद्यान्न राखेको पाइएको र त्यसमध्ये केही बोरा चामलमा मात्रै बर्षाका कारण सामान्य खराबी आएको पाइएको छ । ‘केही सावुन र १६ बोरा चामल क्वारेन्टाइनमा प्रयोग गर्ने गरि स्टक राखेको पाइयो, नयाँ भवनमा बर्षाका कारण भित्ता र भुईमा चिसो भएका कारण केही बोरामा मात्रै खराबी पाइयो’ अनुगमन प्रतिबेदनमा भनिएको छ‘उक्त मौज्जाद चामल तत्काल प्रयोग गर्ने अबस्थामा नरहेको हुँदा थप लामो समय राख्दा खराबी आउने भएकाले १४ बोरा चामल स्थानिय ब्यापारीलाई बिक्री गरि कुस्मा नगरपालिकाको प्रकोप ब्यबस्थापन कोषमा जम्मा गर्ने निर्णय गरियो।’ अनुमगनमा क्रममा नेकपा, नेपाली कांग्रेस लगायतका राजनैतिक दलका प्रतिनिधी समेत सहभागी रहेका थिए ।

कुस्मा नगरपालिका वडा नं १४ ले जनतालाई बितरण गर्न लगेको राहत बितरण नगरि कुहिएको भनेर केही सञ्चार माध्यममा समाचार प्रकाशित भएको थियो । अनुमगनका क्रममा वडा कार्यालय राहत बितरण गर्ने क्रममा सर्बदलीय बैठक र प्रतिनिधी समेत राखेर बितरण गरिसकेको पाइएको उल्लेख छ । समाचारमा भने २५ बोरा चामल कुहिएको भनेर सार्वजनिक गरिएको थियो । वडा अध्यक्ष भिमप्रसाद गुरुङ्ग नगरपालिकाको राहत सामाग्री मात्रै होइन हङकङ बस्ने दाजु रक्षा गुरुङ्ग र बहिनीको सहयोगमा १ लाख भन्दा बढीको राहत सामाग्री समेत ब्यक्तिगत रुपमा बितरण गरेका थिए भने आफ्नो सहपाठीको सहयोगमा डेढ लाख बराबरको राहत
सामाग्री समेत बितरण गरेका थिए ।

पञ्चकोशी माबिमामा क्वारेन्टाईन राखिएको र त्यहाँ बस्नेका लागि बर्षा याममा खाद्यान्न ढुवानी गर्न समस्या भएमा अप्ठेरो नहोस भनेर १४ बोरा चामल राखिएको वडा अध्यक्ष गुरुङ्गले बताउनुभयो । राजनैतिक पुर्वाग्रहका कारण गलत समाचार प्रकाशित गराउने काम भएको भन्दै उहाँले सत्यतथ्य बुझेर मात्रै समाचार सम्प्रेषण गर्न संचारकर्मीलाई आग्रह पनि गरेका छन । कसैको लहैलहैमा लागेर र प्रलोभनमा पर्दै पुर्वाग्रह राखेर समाचार नलेख्न आग्रह गर्दछु।’ गुरुङ्गले भने ।











































