#
गृह पृष्ठ समाचार निसीखोलाको दुईठाउँमा पहिरो, तीन जनाको मृत्यु

निसीखोलाको दुईठाउँमा पहिरो, तीन जनाको मृत्यु

बागलुङ, ३१ साउन– पहिरोले पुरिँदा बागलुङको निसीखोला गाउँपालिकामा दुइ बालक र एक वृद्दाको मृत्यु भएको छ । निसीखोला गाउँपालिका– ५ का हिराबहादुर बिकको घर शुक्रवार राती २ बजे पहिरोले पुर्दा दुइ बालकको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा हिराबहादुरका १४ बर्षिय छोरा बिरेन्द्र बिक र मामाघर आएका नाती ६ बर्षिय प्रवेश बिकको मृत्युभएको हो । उनकि ५२ बर्षिया श्रीमति दिलसरा बिक घाईते रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक राजेन्द्र रेग्मीले बताए । उनलाई उपचारकालागि प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिवाङ ल्याइएको छ ।
घटनास्थलमा इलाका प्रहरी कार्यालय झिंवाखोलाका टोली र स्थानीयले बिहान उद्दार गरेका थिए । शनिवार बिहान निसीखोला गाउँपालिका वडा नं। ३ धारखर्कमा पनि पहिरोले एक घर पुरेको छ । पहिरोमा परेर ७२ बर्षिय ओली कामीको मृत्यु भएको हो । पहिरोले कामीको घर पुरेको हो । उक्त घरमा को को थिए भन्ने अझै खुलेको छैन । घटनास्थल तर्फ प्रहरी टोली जाँदै गरेको वडा अध्यक्ष जुनबिक्रम शाहीले जानकारी दिए ।

छुटाउनुभयो कि?

पर्वतको खौलामा श्रीमतीको घाँटी बाँधेर हत्या

पर्वत,१७ मंसिर- कुश्मा नगरपालिका १३ खौलालाँकुरीका एक व्यक्तिले श्रीमतीको घाँटी बाँधेर हत्या गरेका छन् । गएको कात्तिक १५ गते महिलाको शव शङ्कास्पद अवस्थामा भेटिएपछि...

एसईई नतिजा प्रकाशनमा कोरोना प्रभाव

२२ साउन, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक हुन अझै केही दिन लाग्ने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या...

बलेवाका ३ वडा अध्यक्षको टेलिफोन सम्बाद :संक्रमण त्रासले वलेवाका वडाहरुमा थप कडाई गरिने!

बलेवा, १२ भदौ– संक्रमणको त्रास बढ्दै गएपछि बागलुङ नगरपालिकाको बलेवा क्षेत्रका तीन वडाले निषेधाज्ञाको कार्यान्वयनमा थप कडाइ थालेका छन् । छिमेकी स्थानीय तहहरुसँग जोडिएका...

अमलाचौरका उमनाथ : बुढ्यौलीमा पनि तन्नेरीको जाँगर

बागलुङ-गाउँको माझ जस्ताको छाना हालेको सानो छाप्रो अनि सडक छेवैमा आरन । परम्परागत शैलीमा नै बनाईएको आरन । आगो फुक्नका लागि परम्परागत फलामे मेसिन...

को होला त !भुमी समस्या समाधान आयोग पर्बतको संयोजक ?

पर्वत, ७ भदौ – सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा बितरण गर्न अधिकार सम्पन्न ‘भूमिसम्बन्धी समस्या समाधान आयोग’ गठन गरेको छ ।देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा सात...