#
गृह पृष्ठ समाचार पर्वतको माँझफाँटका दर्जन वढि घरपरिवार पहिरोको उच्च जोखिममा

पर्वतको माँझफाँटका दर्जन वढि घरपरिवार पहिरोको उच्च जोखिममा

पर्वत ,३१ साउन – १२ वर्षअघिको पहिरोले लुल्यायको घर भत्किएपछि जलजला गाउपालिका-२ की मनसुवा जिसीका परिवार त्यहाँबाट विस्थापित भएर छिमेकी गाउँ रखलबिसौना पुगेका थिए ।
तत्कालीन माझफाट गाविस र स्थानीयबासीले रखलबिसौनीमा घर बनाएर मनसुवाको ४ जनाको परिवारलाई बसोबासको ब्यवस्था मिलाएका थिए । केही दिनअघि मनसुवा अहिले बस्दै आएको घरछेउमा पहिरो गएपछि अहिले उनिहरु रातको समयमा छिमेकीकहाँ जाने गरेका छन् ।
‘‘पहिले पनि पहिरोले घर भत्काएर यहाँ आएर बसेको हो,’’ उहाले भन्नुभयो ‘‘यहाँ पनि पहिरो आगनमै आइपुगेको छ । घर भत्कायो भने कहाँ गएर बस्ने ?’’ मनसुवासँगै लुल्यायको पहिरोबाट विस्थापित भएका ताराबहादुर जिसी, सोमबहादुर जिसी लगायत पाँच परिवार रखलबिसौनामा आएर बसेका थिए ।
‘‘लुल्याहको घर बस्न नमिल्ने भएपछि रखलबिसौनामा आफन्तको खाली घरमा बसेका थियौ,’’ ताराबहादुरले भन्नुभयो ‘‘यहा पनि फेरी पहिरो जान थाल्यो । हामी जहाँ गयो त्यही पहिरो जान्छ । पहिरोले खेदेको खेद्यै छ ।’’
रखलबिसौनाको पहिरोबाट १० घर जोखिममा परेका छन् । लुल्याहमा यसअघिको पहिरोबाट जोगिएका तीन वटा घर पनि यसपालिको पहिरोले पर्खाल चर्किएर भत्किने अवस्थामा छन् । ‘‘चारैतिर पहिरोले घेरेको छ,’’ लुल्यायकी सरस्वति जिसीले भन्नुभयो ‘‘जमिन धाँजा फाटेर पर्खाल चर्किएको घर कति बेला भत्केर पुर्छ भन्ने डर छ । रातमा निद्रा लाग्दैन् ।’’

लुल्यायको शिर र फेदी, दायाँ र बायाँ चारै तिर पहिरो छ । लुल्याहभन्दा माथि पुम्दीखोला सिचाई आयोजनाको नहर छ । नहर माथिको तल्लो ओखरबोटबाट करिब तीन सय मिटर लम्बाई भएको पहिरो सक्रिय छ । पहिरोले जमिन चिराचिरा बनाएपछि दश रोपनी खेत बाँझै छाडेको पूणर्गाउका यामबहादुर कार्कीले बताउनुभयो ।
उहाका अनुसार सो क्षेत्रमा दुई सय रोपनी भन्दा बढी खेतमा पहिरो गएपछि खेति गर्न छाडिएकोे छ । दुई सय रोपनी भन्दा बढी जमिनमा रहेको सुन्तला बगैचा पहिरोसँगै बग्न थालेको कृषक सोमबहादुर खत्रीले बताउनुभयो ।

पहिरोले मानव बस्ति जोखिममा पर्नुका साथै सडक, सिचाई, पदमार्ग लगायत सार्वजनिक भौतिक संरचना र खेतियोग्य जमिनमा ठूलो क्षति पुगेको वडा अध्यक्ष गोविन्द खत्रीले बताउनुभयो ।
यही साउन ५ गते कालीगण्डकी र रघुगंगा नदीमा आएको बाढीले रामन्दिरको धर्मशाला र गौशाला बगाउँदा करिब रु. दुई करोड बराबरको भौतिक क्षति गरेको छ । टमिलाखर्क र गौरटेमा २१ घर पहिरोको जोखिममा परेका छन् । चार वटा घरका सामान सुरक्षित ठाउँमा सारेर मानिसहरुलाई अन्यत्र बसोबासको ब्यवस्था मिलाइएको छ ।
भिरालो पाखोमा रहेका भूमिगत पानीका मुहान, साम्मारे-रखलबिसौना-भिमपाइला-पुणर्गाउ हुदै लेकफाट जोड्ने सडकको भल ब्यवस्थापन नभएको र पुम्दीखोला सिचाई आयोजनाको नहरबाट पानी चुहावट हुँदा पहिरोको जोखिम बढेको स्थानीय सबिना खत्रीले बताउनुभयो ।
तल्लो ओखरबोट र लुल्याहमा १९९० सालमा ठूलो पहिरो गएको थियो । सडक निर्माण र विस्तार तथा सिचाईको नहरबाट पानी चुहावट हुन थालेपछि जमिन धाजा फाटेर चिराचिरा परेर रोकिएको पहिरो केही वर्षयता सक्रिय भएको खत्रीले बताउनुभयो ।भूमिगत पानीका मुहान, अब्यवस्थित रुपमा खनिएको सडक र नहर जिणर् भएर पानी चुहावट हुदा पहिरो सक्रिय भएको रुपाताल एकिकृत विकास संरक्षण परियोजनाले जनाएको छ ।
गण्डकी प्रदेशका जोखिमयुक्त बस्तिको संरक्षण योजना सञ्चालन गर्दै आएको उर्जा जलस्रोत तथा सिचाई मन्त्रालय अन्तरगतको परियोजनाका ईञ्जिनियर राजेन्द्र श्रेष्ठले ओखरबोट, लुल्याहमा पहिरो सक्रिय बनेको बताउनुभयो ।
‘‘धेरै वर्ष पहिले पहिरो गएर रोकिएको ठाउँ रहेछ । अहिले जमिन तल तल सर्दै गएको छ,’’उहाले भन्नुभयो ‘‘यो पहिरो रोकथाम गर्न नसके ठूलो क्षति गर्ने खतरा छ ।’’ परियोजना मार्फत पहिरो नियन्त्रण योजनाको माग गरिएको वडा अध्यक्ष खत्रीले बताउनुभयो ।

छुटाउनुभयो कि?

बागलुङको जैमिनी नगरपालिका २९ बर्षिय संक्रमित पुरुषको मृत्यु

बागलुङ ,२१  कात्तिक- बागलुङका २९ बर्षिय कोरोना संक्रमित पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । जिल्लाको जैमिनी नगरपालिका–९ पैञ्युथन्थापका ती पुरुषको पोखरा स्वास्थ्य बिज्ञान...

एसईई नतिजा प्रकाशनमा कोरोना प्रभाव

२२ साउन, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक हुन अझै केही दिन लाग्ने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या...

अमलाचौरका उमनाथ : बुढ्यौलीमा पनि तन्नेरीको जाँगर

बागलुङ-गाउँको माझ जस्ताको छाना हालेको सानो छाप्रो अनि सडक छेवैमा आरन । परम्परागत शैलीमा नै बनाईएको आरन । आगो फुक्नका लागि परम्परागत फलामे मेसिन...

बलेवाका ३ वडा अध्यक्षको टेलिफोन सम्बाद :संक्रमण त्रासले वलेवाका वडाहरुमा थप कडाई गरिने!

बलेवा, १२ भदौ– संक्रमणको त्रास बढ्दै गएपछि बागलुङ नगरपालिकाको बलेवा क्षेत्रका तीन वडाले निषेधाज्ञाको कार्यान्वयनमा थप कडाइ थालेका छन् । छिमेकी स्थानीय तहहरुसँग जोडिएका...

को होला त !भुमी समस्या समाधान आयोग पर्बतको संयोजक ?

पर्वत, ७ भदौ – सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा बितरण गर्न अधिकार सम्पन्न ‘भूमिसम्बन्धी समस्या समाधान आयोग’ गठन गरेको छ ।देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा सात...