#
गृह पृष्ठ समाचार पछिल्लो २४ घण्टामा ५२५ जना कोरोना संक्रमित थपिए, आज थप ४ जनाको...

पछिल्लो २४ घण्टामा ५२५ जना कोरोना संक्रमित थपिए, आज थप ४ जनाको मृत्यु

काठमाडौं, २९ साउन– नेपालमा पछिल्लो २४ घण्टामा ५०० भन्दा बढी नयाँ व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएकोे छ । देशका विभिन्न प्रयोगशालामा नौ हजार ८५९ जनामा गरिएको पिसिआर परीक्षणमा ५२५ व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यससँगै नेपालमा कोरोना संक्रमित २४ हजार ९५७ पुगेका छन् ।
त्यसैगरी, पछिल्लो २४ घण्टामा थप १०९ जना कोरोना संक्रमणमुक्त भएका छन् । यससंगै नेपालमा हालसम्म १६ हजार ८३७ उपचारपछि निको भएका छन् । पछिल्लो २४ घण्टामा नेपालमा थप चार कोरोना संक्रमितको मृत्यु भएको छ । महोत्तरी, धनुषा, अछाम र मोरङमा एक÷एक जनाको मृत्यु भएको प्रवक्ता डा. गौतमले जानकारी दिए । यससँगै कोरोना संक्रमितबाट ज्यान गुमाउनेको संख्या ९५ जना पुगेका छ ।

छुटाउनुभयो कि?

पर्वतको खौलामा श्रीमतीको घाँटी बाँधेर हत्या

पर्वत,१७ मंसिर- कुश्मा नगरपालिका १३ खौलालाँकुरीका एक व्यक्तिले श्रीमतीको घाँटी बाँधेर हत्या गरेका छन् । गएको कात्तिक १५ गते महिलाको शव शङ्कास्पद अवस्थामा भेटिएपछि...

एसईई नतिजा प्रकाशनमा कोरोना प्रभाव

२२ साउन, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक हुन अझै केही दिन लाग्ने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या...

बलेवाका ३ वडा अध्यक्षको टेलिफोन सम्बाद :संक्रमण त्रासले वलेवाका वडाहरुमा थप कडाई गरिने!

बलेवा, १२ भदौ– संक्रमणको त्रास बढ्दै गएपछि बागलुङ नगरपालिकाको बलेवा क्षेत्रका तीन वडाले निषेधाज्ञाको कार्यान्वयनमा थप कडाइ थालेका छन् । छिमेकी स्थानीय तहहरुसँग जोडिएका...

अमलाचौरका उमनाथ : बुढ्यौलीमा पनि तन्नेरीको जाँगर

बागलुङ-गाउँको माझ जस्ताको छाना हालेको सानो छाप्रो अनि सडक छेवैमा आरन । परम्परागत शैलीमा नै बनाईएको आरन । आगो फुक्नका लागि परम्परागत फलामे मेसिन...

को होला त !भुमी समस्या समाधान आयोग पर्बतको संयोजक ?

पर्वत, ७ भदौ – सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा बितरण गर्न अधिकार सम्पन्न ‘भूमिसम्बन्धी समस्या समाधान आयोग’ गठन गरेको छ ।देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा सात...