पर्वत-साहुले व्याज साहुँ माथि थपायो
ल्याप्चे लाको तम्सुकले धपायो
माथिका शव्द गायक तथा सर्जक सुवास पौडेलको नयाँ गित ‘एक्का चिढीको’ हो । केही दिन अगाडि सार्वजानिक भएको गितको चर्चा चुलिंदो छ । यर्थात सामजिक कथावस्तुलाई समेटेर तयार पारिएको गितले छोटो समयमा दर्शक तथा श्रोताको मन जितेको प्रतिक्रिया दिईरहेका छन् । कतिपयले आफ्नो जीवनसँग ठ्याकै मेल खाएको भन्दै तारिफ गरेका छन् ।
यो गितको शब्द, संगित र म्युजिक भिडियोले हाम्रो जीवनको महत्वाकांक्षा, सपना, भोगाई, सोचाई र समाजको परिवेशलाई समेटेको छ । गितको म्युजिक भिडियोमा आफ्नो देश र समाजमा केही गरौँ भन्ने सोच बनाएर बसेको युवा ऋणकै कारण विदेश हिँड्न परेको कथा देखाईएको छ । बुढेसकालमा छोराको साहारामा बाँचिरहेका बुवाआमालाई छोडेर विदेश हिँड्न परेको यर्थाथ पीडाको दृष्य भिडियोमा देखाईएको छ । भर्खर विवाह गरेको महिनादिन नपुग्दै श्रीमान विदेश हिँड्नुपर्दाको महिलाको पीडा र मर्मलाई गितमा उतारिएको छ । प्रेम तथा बाबुआमाको माया र साहुको ऋणका कारण जन्मभूमी छोड्न परेको अवस्थालाई भिडियोमा चित्रण गरिएको छ ।
गितमा शव्द स्वर सुवास पौडेल र गायिका ज्योती लोहनी रहेको छ । उक्त गितमा गायक सुदिप क्षेत्रीकोे शव्द संकलन र संगित रहेको छ । गीतको एरेन्ज तारानाथ आचार्यले गरेका हुन् । गीतको भिडियोमा जीवन शाहनी र विनीता पौडेलको दमदार अभिनय देख्न सकिन्छ । तारानाथ आचार्यकै निर्देशनमा तयार भएको भिडियोमा छाँयाकंन अनिस खड्काले गरेका हुन् ।
गायक तथा सर्जक पौडेलले यस अघि पनि दाधा दर्जन गित बजारमा ल्याईसकेका छन् ।
गितको म्युजिक भिडियो हेर्नुहोस् :










































