#
गृह पृष्ठ विचित्र संसार हराएको मोबाइलमा भेटियो बाँदरको सेल्फी

हराएको मोबाइलमा भेटियो बाँदरको सेल्फी

काठमाडौं ,२ आसोज– बाँदर मान्छेको पुर्खा हो भन्ने त सुनिएकै हो । बाँदरका धेरै आनीबानीहरु मान्छेसँग मिल्छन् भन्ने वन्यजन्तुविदहरुको भनाइ छ । बाँदरले पनि मान्छेकै जस्तो हर्कत गर्दछ भन्ने तथ्यलाई हालै एउटा बाँदरले मलेसियामा पुष्टि गरेको छ ।मलेसियामा एकजना व्यक्तिले आफ्नो हराएर फेला परेको मोबाइलमा बाँदरको सेल्फी तथा भिडियो रहेको दाबी ग्रेका छन् ।

२० वर्षका ज्याक्रिड्स रोडजीका अनुसार रातमा सुतेको समयमा उनको स्मार्टफोन हराएको थियो ।सुतेकै ठाउँबाट मोबाइल कसरी हरायो ? भन्ने उनलाई पनि अचम्म लागेको थियो र त्यो एउटा चमत्कार नै भएको ठानिरहेका थिए ।उनको मोबाइल हराएकै दिन उनका बुवाले घरको बाहिर एउटा बाँदर बसेको देखेका थिए । जसका कारण बाँदरले नै मोबाइल चोरी गरेको हुनसक्ने आशंका रोडजीका परिवारले गरे ।हराएको मोबाइल खोज्न भन्दै रोडजी र उनका परिवारका सदस्यहरु एकाबिहानै जंगलतर्फ लागे । जंगलमा उनीहरुले हराएको मोबाइलको नम्बरमा फोन डायल गरिरहे ।त्यही बीचमा एउटा रुखको मुनि दलदलमा फोनको घण्टी बजेको आवाज सुनियो । त्यहाँ केहीबेर खोजविन गरेपनि हराएको उक्त मोबाइल फेला पर्यो ।रोडजीले जब आफ्नो फोन फेला पारे त्यसपछि त्यसलाई खोले । मोबाइलभित्र उनले बाँदरका विभिन्न तस्वीर तथा सेल्फीहरु देखे । तीमध्ये एउटा फोटोमा बाँदरले फोनलाई खाइरहेको पनि देखिन्थ्यो ।

उनले बाँदरले खिचेका ती तस्वीरहरुको एक भिडियो बनाएर ट्वीटरमा अपलोड गरे । जसमा बाँदरका विभिन्न खाले तस्वीरहरु तथा सेल्फी समेत देख्न सकिन्छ । उनले ट्वीटरमा अपलोड गरेको भिडियो झण्डै ३ लाखले हेरिसकेका छन् भने ६ हजारले रिट्वीट गरेका छन् ।

छुटाउनुभयो कि?

अमलाचौरका उमनाथ : बुढ्यौलीमा पनि तन्नेरीको जाँगर

बागलुङ-गाउँको माझ जस्ताको छाना हालेको सानो छाप्रो अनि सडक छेवैमा आरन । परम्परागत शैलीमा नै बनाईएको आरन । आगो फुक्नका लागि परम्परागत फलामे मेसिन...

एसईई नतिजा प्रकाशनमा कोरोना प्रभाव

२२ साउन, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक हुन अझै केही दिन लाग्ने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या...

पर्वतको खौलामा श्रीमतीको घाँटी बाँधेर हत्या

पर्वत,१७ मंसिर- कुश्मा नगरपालिका १३ खौलालाँकुरीका एक व्यक्तिले श्रीमतीको घाँटी बाँधेर हत्या गरेका छन् । गएको कात्तिक १५ गते महिलाको शव शङ्कास्पद अवस्थामा भेटिएपछि...

बलेवाका ३ वडा अध्यक्षको टेलिफोन सम्बाद :संक्रमण त्रासले वलेवाका वडाहरुमा थप कडाई गरिने!

बलेवा, १२ भदौ– संक्रमणको त्रास बढ्दै गएपछि बागलुङ नगरपालिकाको बलेवा क्षेत्रका तीन वडाले निषेधाज्ञाको कार्यान्वयनमा थप कडाइ थालेका छन् । छिमेकी स्थानीय तहहरुसँग जोडिएका...

को होला त !भुमी समस्या समाधान आयोग पर्बतको संयोजक ?

पर्वत, ७ भदौ – सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा बितरण गर्न अधिकार सम्पन्न ‘भूमिसम्बन्धी समस्या समाधान आयोग’ गठन गरेको छ ।देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा सात...