#
गृह पृष्ठ मेलापत जिपी कोइराला फाउन्डेसनद्वारा जनप्रतिनिधिलाई अभिमुखीकरण

जिपी कोइराला फाउन्डेसनद्वारा जनप्रतिनिधिलाई अभिमुखीकरण

पर्वत- नेपाली राजनीतिका शिखर पुरुष स्वर्गीय गिरिजाप्रसाद कोइरालाको नाममा स्थापना भएको संस्था जिपी कोइराला फाउन्डेसन पर्वतले कुश्मा नगरपालिकाभित्रका जनप्रतिनिधिहरू, राजनीतिक दलका नेताहरू र नागरिक समाजका प्रतिनिधिहरूका लागि एकदिने पालिका स्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।

अभिमुखीकरणको कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले उद्घाटन गर्नुभएको थियो । कार्यक्रम उद्घाटन गर्दै नगर प्रमुख जोशीले स्वर्गीय गिरिजाप्रसाद कोइराला नेपालको राजनीतिक इतिहासमा शिखर पुरुषको रूपमा परिचित नेता भएको वताउनु भएको थियो । उहाँले गिरिजाप्रसाद कोइरालाको चट्टानी अडान, निर्भिकता र शासकीय कौशलका कारण मुलुकमा लोकतान्त्रिक गणतन्त्र स्थापना भएको उल्लेख गर्दै कोइरालाजस्तो सर्वकालिन नेतालाई सबैले सम्मान गर्नुपर्ने धारणा राख्नुभयो । नगरप्रमुख जोशीले जिपी कोइराला फाउन्डेसनले नीति निर्माण तहदेखि महिला र दलित वर्गको उत्थान र सशक्तिकरणको लागि आयोजना गरेको अभिमुखीकरण कार्यक्रमको प्रशंसा समेत गर्नुभयो ।

कार्यक्रममा जिपी कोइराला फाउन्डेसन पर्वतका संयोजक एवं नेपाली काँग्रेसका महासमिति सदस्य बसन्तबहादुर सिकेले आजको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र त्यो व्यवस्थाले प्रत्यायोजन गरेका धेरै अधिकारमा स्वर्गीय गिरिजाप्रसाद कोइरालाको महत्त्वपूर्ण योगदान रहेको भन्दै त्यस्तो सर्वोच्च नेताको नाममा स्थापित संस्था भएकोले पनि जिपी कोइराला फाउन्डेसनले सबै दललाई समेटेर विभिन्न पालिकामा महिला र दलित सशक्तिकरणका कामहरू गर्दै आएको जानकारी दिनुभयो । संयोजक सिकेले संविधान प्रदत्त हक अधिकारलाई बुझेर कार्यान्वयन तहमा लैजान सबै जनप्रतिनिधिलाई आग्रह समेत गर्नुभयो ।

कार्यक्रममा नेपाली काँग्रेसका उपसभापति शिवप्रसाद सुवेदी, नेकपा एमाले पर्वतक जिल्ला अध्यक्ष गोविन्द गिरी पहाडी, कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद पौडेल, कुश्मा नगरपालिका वडा नं ७ का वडाध्यक्ष परशुराम पुरी लगायतले गिरिजाप्रसाद कोइरालाको जीवनी र नेपालको लोकतान्त्रिक आन्दोलनमा उहाँले पुर्याएको योगदानको चर्चा गर्नुभएको थियो ।

अभिमुखीकरण कार्यक्रममा स्थानीय तहको बजेट तर्जुमा र कार्यान्वयनको विषयमा कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद पौडेलले सहजीकरण गर्नुभएको थियोभने गिरिजाप्रसाद कोइरालाको जीवनी र लोकतान्त्रिक गणतन्त्रको विषयमा फाउन्डेसनका संयोजक बसन्तबहादुर सिकेले सहजीकरण गर्नुभएको थियो । साथै उद्यमशीलता विकास र नेतृत्वको भूमिकाको विषयमा गैसस महासंघका केन्द्रीय सदस्य शिबप्रसाद शर्मा रेग्मीले र महिला तथा दलित सशक्तिकरणको विषयमा दलित संघका केन्द्रीय सदस्य यामबहादुर परियार शिबले सहजीकरण गर्नुभएको थियो ।

जिपी कोइराला फाउन्डेसन पर्वतका संयोजक बसन्तबहादुर सिकेको सभापतित्वमा भएको उक्त कार्यक्रममा स्वागत मन्तव्य फाउन्डेसनका उपाध्यक्ष गोपालप्रसाद अधिकारीले गर्नुभएको थियोभने कार्यक्रमको संचालन फाउन्डेसनका सचिव गुप्तनिधि शर्माले गर्नुभएको थियो । उक्त कार्यक्रमको व्यवस्थापन फाउन्डेसनका कोषाध्यक्ष कमलनाथ पोख्रेलले गर्नुभएको थियो ।

छुटाउनुभयो कि?

अमलाचौरका उमनाथ : बुढ्यौलीमा पनि तन्नेरीको जाँगर

बागलुङ-गाउँको माझ जस्ताको छाना हालेको सानो छाप्रो अनि सडक छेवैमा आरन । परम्परागत शैलीमा नै बनाईएको आरन । आगो फुक्नका लागि परम्परागत फलामे मेसिन...

एसईई नतिजा प्रकाशनमा कोरोना प्रभाव

२२ साउन, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक हुन अझै केही दिन लाग्ने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या...

पर्वतको खौलामा श्रीमतीको घाँटी बाँधेर हत्या

पर्वत,१७ मंसिर- कुश्मा नगरपालिका १३ खौलालाँकुरीका एक व्यक्तिले श्रीमतीको घाँटी बाँधेर हत्या गरेका छन् । गएको कात्तिक १५ गते महिलाको शव शङ्कास्पद अवस्थामा भेटिएपछि...

बलेवाका ३ वडा अध्यक्षको टेलिफोन सम्बाद :संक्रमण त्रासले वलेवाका वडाहरुमा थप कडाई गरिने!

बलेवा, १२ भदौ– संक्रमणको त्रास बढ्दै गएपछि बागलुङ नगरपालिकाको बलेवा क्षेत्रका तीन वडाले निषेधाज्ञाको कार्यान्वयनमा थप कडाइ थालेका छन् । छिमेकी स्थानीय तहहरुसँग जोडिएका...

को होला त !भुमी समस्या समाधान आयोग पर्बतको संयोजक ?

पर्वत, ७ भदौ – सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा बितरण गर्न अधिकार सम्पन्न ‘भूमिसम्बन्धी समस्या समाधान आयोग’ गठन गरेको छ ।देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा सात...