बागलुङ- बागलुङ नगरपालिका–१२ अमलाचौरस्थित डाँडाखेतका आगलागी पीडितहरूलाई नेकपा एमाले वडा कमिटि अमलाचौरले राहत वितरण गरेको छ । घरगोठ जलेर त्रिपालमुनी बसेका पीडितहरुका लागि तत्कालै खाना र लगाउनका लागि खाद्यान्न र लत्ता कपडा वितरण गरिएको हो ।
आगलागी पीडित दुई परिवारलाई वडा कमिटिको तर्फबाट अस्थायी बसोवासका त्रिपाल, चामल, दाल, नुनतेल, साबुन, कपडालगायतको सामग्री वितरण गरिएको छ । हिजो साँझ आगलागीमा परेर डाँडाखेतका ददिराम पौडेल र यदुनाथ पौडेलको घरगोठ जल्दा पशुचौपाय मरेका थिएभने खाद्यान्न लत्ताकपडा सबै जलेर नष्ट भएका थिए ।
आगलागी पीडितहरूलाई तत्काल राहत तथा उद्धारका लागी सरोकार वालाको ध्यानाकर्षण गराउन र तत्कालको समस्या समाधानका लागि स्वस्फुर्त सहयोग संकलन गरेर राहत उपलव्ध गराईएको वडा कमिटिका अध्यक्ष ज्ञानेन्द्र ढकालले बताए । दुई परिवारका लागि असी हजार रुपैयाँ नगद समेत उपलव्ध गराईएको छ । निवर्तमान वडाअध्यक्ष गुरुदत्त पाठकलागयत समाजसेवि सहितको समुहले राहत वितरण गरेको थियो ।
एमालेले जलेका घरगोठ सरसफाई गर्ने र तत्कालका लागि कच्चि संरचना निर्माण गर्न युवा परिचालन गर्ने भएको छ । स्वयंसेव ागर्न इच्छुक युवाहरुको तथ्यांक संकलनको काम भैरहेको ढकालले बताए ।
विपदमा परेका बेला सबैले सहयोग गर्न आवश्यक रहेकाले सहयोगका लागी सबैसँग उनले आव्हानसमेत गरे ।










































