#
गृह पृष्ठ Uncategorized करिडोरको मालढुंगा–बलेवा खण्ड मर्मत गरिँदै

करिडोरको मालढुंगा–बलेवा खण्ड मर्मत गरिँदै

कालीगण्डकी करिडोरको मालढुंगा–बलेवा विमानस्थल दश किलोमिटर खण्ड मर्मको काम सुरु भएको छ । नेपाली सेनाले ट्याक खोलेर कालीगण्डकी करिडोर आयोजनालाई हस्तान्तरण गरेपछि भत्किएका संरचना मर्मतको काम सुरु भएको हो ।
चैतको दोस्रो साताबाट सुरु भएको काम धमाधम चलिरहेको छ । सडक विभागअन्तर्गत सडक डिभिजन कार्यालय बागलुङले करिडोर मर्मतको काम थालेको हो । मालढुंगादेखि बलेवा विमानस्थलसम्म बाढी पहिरोका कारण भत्किएका संरचना पुननिर्माण हुनेछ । करिडोरमा खसेका पहिरो पन्छाउने काम सुरु भएको इन्जिनियर सुरेन्द्र गौतमले बताए ।
दुई वर्षअघि नेपाली सेनाले ट्याक खोलेर सडक विभागअन्र्तगत आयोजनालाई हस्तान्तरण गरेपछि भत्किएका संरचना पुननिर्माण हुन सकेका थिएनन् । दश किलोमिटर खण्डमा आएका पहिरो पन्छाउने, तारजाली लगाउने र भत्किएका ठाउँहरुमा मेसिनरी पर्खाल बनाउँदा वर्षाको समयमा समेत सडक सञ्चालनमा सहज हुनेछ ।
‘ट्याक ओपन भएका सडक बाह्रै महिना चलुन भन्ने हो’ इन्जिनियर गौतमले भने ‘अवरोध हटाउनकै लागि मर्मतको काम थालिएको हो ।’ विभागले पाँच करोड रुपैयाँको लागतमा दश किलोमिटर खण्ड मर्मतका लागि अख्तियारी पठाएको थियो । सोही अनुसार ठेक्का प्रक्रिया पुरा गरेर काम सुरु भएको गौतमले बताए ।
लामा÷आईएस÷एसी जेभीले करिडोर मर्मतको जिम्मेबारी लिएको छ । २ करोड ६५ लाख रुपैयाँमा जिम्मेवारी पाएको कम्पनीले आगामी असार २५ गतेभित्र स्टमेट अनुसारका संरचना बनाउने छ । १३ हजार १ सय ३५ घनमिटर पहिरो पन्छाइने, ३७ घनमिटर तारजाली लगाउने र १ हजार ६ सय २२ मिटर मेसिनरी वाल बनाउने स्टमेट छ ।
योजनाअन्र्तगत आवश्यक ठाउँमा रिटर्निङ वाल, कंक्रिट वाल र सडकमा रहेका ढुंगामाटो पन्छाउने काम रहेको इन्जिनियर गौतमले बताए । मर्मतको काम गरिरहेको कम्पनीले समयमै काम सकिने दावी गरेको छ । ‘बजेट थपिँदैन भन्नुभएको छ, मजदुर प्रशस्त रहेकाले काम धमाधम भैरहेको छ’ कम्पनीका सञ्चालक दिपक अदैले भने ‘तोकेकै समयमा काम सक्छौं ।’
राष्ट्रिय गौरवको आयोजना भएपनि ट्याक खुलेर हस्तान्तरण भएपछि मर्मत हुन सकेको थिएन् । कालिगण्डकी करिडोर आयोजना कार्यालय पाल्पामा रहेको र यहाँका स्थानीय तहले बेवास्ता गरेका कारण करिडोरको दश किलोमिटर खण्डमा कयौं ठाउँमा अबरोध छन् । बिहिबार वर्षापछि आएको बाढीले कालाखोला क्षेत्रमा क्षति पु¥याएपछि कठिनले सवारी चलिरहेका छन् । ‘मालढुंगाबाट काम सुरु भएको छ, बढीमा ७ किलोमिटरमा यो वर्ष काम हुन्छ’ गौतम भने ।

छुटाउनुभयो कि?

अमलाचौरका उमनाथ : बुढ्यौलीमा पनि तन्नेरीको जाँगर

बागलुङ-गाउँको माझ जस्ताको छाना हालेको सानो छाप्रो अनि सडक छेवैमा आरन । परम्परागत शैलीमा नै बनाईएको आरन । आगो फुक्नका लागि परम्परागत फलामे मेसिन...

एसईई नतिजा प्रकाशनमा कोरोना प्रभाव

२२ साउन, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक हुन अझै केही दिन लाग्ने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या...

पर्वतको खौलामा श्रीमतीको घाँटी बाँधेर हत्या

पर्वत,१७ मंसिर- कुश्मा नगरपालिका १३ खौलालाँकुरीका एक व्यक्तिले श्रीमतीको घाँटी बाँधेर हत्या गरेका छन् । गएको कात्तिक १५ गते महिलाको शव शङ्कास्पद अवस्थामा भेटिएपछि...

बलेवाका ३ वडा अध्यक्षको टेलिफोन सम्बाद :संक्रमण त्रासले वलेवाका वडाहरुमा थप कडाई गरिने!

बलेवा, १२ भदौ– संक्रमणको त्रास बढ्दै गएपछि बागलुङ नगरपालिकाको बलेवा क्षेत्रका तीन वडाले निषेधाज्ञाको कार्यान्वयनमा थप कडाइ थालेका छन् । छिमेकी स्थानीय तहहरुसँग जोडिएका...

को होला त !भुमी समस्या समाधान आयोग पर्बतको संयोजक ?

पर्वत, ७ भदौ – सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा बितरण गर्न अधिकार सम्पन्न ‘भूमिसम्बन्धी समस्या समाधान आयोग’ गठन गरेको छ ।देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा सात...