गृह पृष्ठ मेलापत पर्वतको फलेवासमा गठवन्धनका उम्मेदवार तिवारी र क्षेत्री बिजयी कुन वडा कसले पायो...

पर्वतको फलेवासमा गठवन्धनका उम्मेदवार तिवारी र क्षेत्री बिजयी कुन वडा कसले पायो ?

 

पर्वत – पर्वतको फलेवास नगरपालिकाको नगरप्रमुख र उपप्रमुखमा गठवन्धनका उम्मेदवार बिजयी भएका छन्
गठवन्धनवाट नगर प्रमुखको उम्मेदवार बनेका नेपाली काँग्रेसका गंगाधार तिवारी नगरप्रमुख र माओवादी केन्द्रकी शोभा क्षेत्री क्रमशः प्रमुख र उपप्रमुखमा बिजयी हुनुभएको हो । तिवारीले १३सय ६२ मतको अन्तरले एमाले उम्मेदवार पदमपाणी शर्मालाई पराजित गर्नुभएको हो । तिवारीले ७ हजार ७ सय मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिस्पर्धि एमालेका शर्माले ६ हजार ३ सय ३८ मत प्राप्त गनुभएको छ । त्यसैगरी उपप्रमुखमा शोभाकुमारी क्षेत्रीले ६ हजार ३ सय २७ मत प्राप्त गरी बिजयी हुनुभएको छ भने उहाँकी प्रतिस्पर्धि एमालेकी मञ्जु अधिकारीले ६ हजार ५७ मत प्राप्त गर्नुभएको छ । उपप्रमुखमा २ सय ७० मतको अन्तर रहेको छ ।
फलेवासमा पुरानै अनुहार दोहोरीएका हुन् । अहिले पराजित बनेका पदमपाणी शर्मा र मञ्जु अधिकारी निवर्तमान नगर प्रमुख र उपप्रमुख हुनुहुन्छ । २०७४ सालको स्थानीय निर्वाचनमा अहिले बिजयी भएका तिवारी र क्षेत्री झिनो मतले पराजित हुनुभएको थियो । गठवन्धनका कारण अहिले उहाँहरुले जित्नुभएको हो ।
फलेवास नगरपालिकाका ११ वटा वडा मध्ये वडा नं । २, ५, ७,८ र ११ मा एमाले बिजयी भएको छ भने वडा नं । १, ३, ४, ६, ९ र १० मा नेपाली काँग्रेसका उम्मेदवार बिजयी भएका छन्

 

 

छुटाउनुभयो कि?

जिते पदमपाणीले!उपमेयर लाई धक्का,फलेवासको केन्द्र झकलकमा पक्का।

पर्बत-फलेवास नगरपालिकाको भवन सार्ने निर्णय कार्यान्वयन हुने भएको छ । सर्बोच्च अदालतको आदेश अनुसार साविकको स्थान खानीगाउँ स्थित सिँचाई कार्यालय बाट झकलकमा सर्ने भएको...

पर्वतको खौलामा श्रीमतीको घाँटी बाँधेर हत्या

पर्वत,१७ मंसिर- कुश्मा नगरपालिका १३ खौलालाँकुरीका एक व्यक्तिले श्रीमतीको घाँटी बाँधेर हत्या गरेका छन् । गएको कात्तिक १५ गते महिलाको शव शङ्कास्पद अवस्थामा भेटिएपछि...

१९ बर्षिय किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पर्वतमा युवा पक्राउ

पर्वत,७  मंसिर-१९ बर्षिय एक किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पर्वतको मोदी गाउँपालिका बस्ने ३२ बर्षका दिपक परियारलाई प्रहरीले पक्राउ गरेको छ । जबरजस्ती करणीको...

एकै दिनमा टिकटक र युटुबमा चर्चामा कस्तुप पन्त भन्छन ‘जिन्दगी पानीको फोका । के रैछ हेर्नुस्’ रामजी र मालतीको दमदार अभिनय भिडियोसहित

काठमाडौँ,२३ असोज - लोकप्रिय गीतकार तथा सर्जक कस्तुप पन्तको 'जिन्दगी पानीको फोका...' सार्बजनिक भएको छ । गीतसंगीत क्षेत्रमा एक युग बिताइसकेका पन्तको लय तथा शब्दमा...

काेराेना संक्रमणबाट अमलाचौरमा एक जनाको ज्यान गयो!!

बागलुङ-काेराेना संक्रमणबाट बागलुङमा थप एक जनाकाे मृत्यु भएकाे छ । बागलुङ नगरपालिका वडा नम्बर १२ अमलाचौरकी ७० वर्षीया कोरोना संक्रमित महिलाको उपचारका लागि अस्पताल...