गृह पृष्ठ मेलापत कुश्मा नगरपालिका–२ खुर्कोटमा अनलाइनबाट व्यक्तिगत घटना दर्ता शुरु

कुश्मा नगरपालिका–२ खुर्कोटमा अनलाइनबाट व्यक्तिगत घटना दर्ता शुरु

पर्वत । पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोटमा व्यक्तिगत घटना अनलाइन मार्फत दर्ता गर्न शुरु गरिएको छ । वडा अध्यक्ष यदुनाथ बास्तोला सहित जनप्रतिनिधी र कर्मचारीको रोहबरमा खुर्कोटमा आईतवार अनलाइन मार्फत व्यक्तिगत घटना दर्ता कार्यको शुभारम्भ गरिएको हो ।यो प्रणाली प्रयोगमा ल्याएसँगै अब खुर्कोट भित्र बसोबास गर्ने हरेक नागरिकले डिजिटल जन्म दर्ता, बिबाह दर्ता,मृत्यु दर्ता र ब्यक्तिगत घटना दर्ता प्रमाणपत्र प्राप्त गर्ने वडा अध्यक्ष बास्तोलाले जानकारी दिनुभयो । ‘यस अघि वडाका विभिन्न प्रमाणपत्र तथा महत्वपूर्ण कागजात हराउने च्यातिने डर हुन्थ्यो’वडा अध्यक्ष बास्तोलाले भन्नुभयो ‘अब अनलाइनबाट यी सेवा सुरु गरेपछि वडाका विभिन्न अभिलेखहरु राख्न सजिलो हुने भएको छ।

वडा सचिव हरिप्रसाद रेग्मीका अनुसार खुर्कोटका हरेक नागरिकले जन्म दर्ता बिबाह दर्ता मृत्यु दर्ता ब्यक्तिगत घटना दर्ता लगायत विभिन्न सिफारिस हस्त लिखित पाउदै आएका थिए । अनलाईन सेवाको माध्यमबाट व्यक्तिले जुनसुकै ठाउँमा पुगी सहजै आफ्नो व्यक्तिगत घटनाको काम गराउन सक्ने र कागजी प्रणाली झैँ विवरण हराउने समस्याको अन्त्य भएको सचिव रेग्मीले बताउनु भयो ।
कुश्मा नगरपालिकाकी सामजिक सुरक्षा तथा पञ्जीकरण शाखाकी प्रमुख देवी शर्मा पौडेलका अनुसार अनलाइन घटना दर्ता प्रणालीबाट जन्म, मृत्यु, विवाह, सम्बन्ध बिच्छेद, बसाइँ सराइजस्ता व्यक्तिगत घटनाको व्यवस्थापन एवं नियन्त्रण तथा सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन व्यवस्थापनका लागि सहज हुनेछ । ‘अनलाइनमार्फत व्यक्तिगत घटनाको दर्ता हुँदा अध्यावधिक गर्नसमेत सहज भएको छ । यसले विगतमा जस्तो सामाजिक सुरक्षा भत्तामा हुनसक्ने बदमासीसमेत अन्त्य हुनेछ, पौडेलले भन्नुभयो ।

छुटाउनुभयो कि?

जिते पदमपाणीले!उपमेयर लाई धक्का,फलेवासको केन्द्र झकलकमा पक्का।

पर्बत-फलेवास नगरपालिकाको भवन सार्ने निर्णय कार्यान्वयन हुने भएको छ । सर्बोच्च अदालतको आदेश अनुसार साविकको स्थान खानीगाउँ स्थित सिँचाई कार्यालय बाट झकलकमा सर्ने भएको...

पर्वतको खौलामा श्रीमतीको घाँटी बाँधेर हत्या

पर्वत,१७ मंसिर- कुश्मा नगरपालिका १३ खौलालाँकुरीका एक व्यक्तिले श्रीमतीको घाँटी बाँधेर हत्या गरेका छन् । गएको कात्तिक १५ गते महिलाको शव शङ्कास्पद अवस्थामा भेटिएपछि...

१९ बर्षिय किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पर्वतमा युवा पक्राउ

पर्वत,७  मंसिर-१९ बर्षिय एक किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पर्वतको मोदी गाउँपालिका बस्ने ३२ बर्षका दिपक परियारलाई प्रहरीले पक्राउ गरेको छ । जबरजस्ती करणीको...

एकै दिनमा टिकटक र युटुबमा चर्चामा कस्तुप पन्त भन्छन ‘जिन्दगी पानीको फोका । के रैछ हेर्नुस्’ रामजी र मालतीको दमदार अभिनय भिडियोसहित

काठमाडौँ,२३ असोज - लोकप्रिय गीतकार तथा सर्जक कस्तुप पन्तको 'जिन्दगी पानीको फोका...' सार्बजनिक भएको छ । गीतसंगीत क्षेत्रमा एक युग बिताइसकेका पन्तको लय तथा शब्दमा...

काेराेना संक्रमणबाट अमलाचौरमा एक जनाको ज्यान गयो!!

बागलुङ-काेराेना संक्रमणबाट बागलुङमा थप एक जनाकाे मृत्यु भएकाे छ । बागलुङ नगरपालिका वडा नम्बर १२ अमलाचौरकी ७० वर्षीया कोरोना संक्रमित महिलाको उपचारका लागि अस्पताल...