#
गृह पृष्ठ मेलापत नेकपा एमाले पर्वतको नेतृत्व चयनमा सकस,सहमतिको प्रयास जारी

नेकपा एमाले पर्वतको नेतृत्व चयनमा सकस,सहमतिको प्रयास जारी

पर्वत -नेकपा एमाले पर्वतको नयाँ नेतृत्व चयनका लागि सहमतिको प्रयास जारी रहेको छ । गएको शुक्रवार उद्घाटन भएको अधिवेशनको शनिवार बन्द सत्र सकिएको थियो ।
निर्वाचन प्रकृया शुरु गर्ने भनिएपनि सहमतिमै नेतृत्व चयन गर्ने भन्दै छलफललाई तीब्रता दिईएको हो । आइतवार दिनभरको छलफल निष्कर्ष बिहीन बनेको छ । अधिवशनले सर्वसहमतीमा नेतृत्व चयनको लागि अध्यक्ष मन्डललाई जिम्मेवारी दिएको छ । बन्द सत्रले अध्यक्ष मण्डलाई जिम्मेवारी दिएपछि  विहान ११ बजे सम्मका लागि स्थगित भएको छ । सम्भववत आज नै नेतृत्व घोषणा हुने सम्भावना रहेको छ । ९० सदस्यीय जिल्ला कमिटिमा पाँच पदाधिकारी र ८५ सदस्य निर्वाचित हुने भएका छन् ।
पदाधिकारीमा लगभग टुंगो लागेको भनिएपनि अझै सार्वजनिक गर्न सकिएको छैन । अध्यक्ष पदमा अहिलेका कार्यवाहक अध्यक्ष भक्त कुँवर र प्रदेश कमिटि सदस्य तथा महाशिला गाउँपालिकाका अध्यक्ष राजु पौडेलबीच प्रतिस्पर्धा देखिएको छ । राजु पौडेललाई सर्वसम्मत अध्यक्ष बनाएर अन्य पदाधिकारीमा सहमति गरिएको चर्चा चलेपनि कुँवर आफ्नो अडानवाट पछि नहटेका कारण टुंगो लगाउन सकस भएको हो । कुँवरलाई प्रदेश कमिटि सदस्य र आगामी प्रदेश सभा सदस्यको उम्मेदवार बनाएर मनाउने प्रयास थालिएको बुझिएको छ । कुँवर पछि नहट्ने बरु निर्वाचनवाटै पराजित हुन तयार रहेको अडान लिईरहनुभएको छ।केन्द्रीय सदस्य कल्पना चापागाईको नेतृत्वमा रहेको अध्यक्ष मण्डलले सर्वसम्मतको प्रयास निरन्तर जारी राखेको छ । अध्यक्षको दाबा गरेका फलेवासका मेयर पदमपाणी शर्मा उपाध्यक्षमा र अर्का आकांक्षी गोविन्द पहाडी सचिब हुने भएका छन् । त्यसैगरी उपसचिब शिव पौडेल र विमल लामिछानेलाई बनाउन सहमति भएको छ । उपसचिबमा महेन्द्र श्रेष्ठ र जीवन उच्चैले समेत दाबा गरेका थिए ।
उनिहरुलाई पालिका अध्यक्षको उम्मेवार बनाउने आश्वासन दिईएको बताईएको छ । त्यसैगरी सदस्यहरु भने भुगोलवाट मिलाएर ल्याउनका लागि कोटा तोकिएको छ । दुई नगरपालिका र पाँच गाउँपालिकावाट निश्चित संख्यामा सदस्यहरु तोकेर सहमति गरेर ल्याउन भनिएको हो । अधिकांस पालिकाले सहमति गरेर लिष्ट तयार पारेको भएपनि अहिलेसम्म कसैले पनि बुझाएका छैनन्

छुटाउनुभयो कि?

पर्वतको खौलामा श्रीमतीको घाँटी बाँधेर हत्या

पर्वत,१७ मंसिर- कुश्मा नगरपालिका १३ खौलालाँकुरीका एक व्यक्तिले श्रीमतीको घाँटी बाँधेर हत्या गरेका छन् । गएको कात्तिक १५ गते महिलाको शव शङ्कास्पद अवस्थामा भेटिएपछि...

अमलाचौरका उमनाथ : बुढ्यौलीमा पनि तन्नेरीको जाँगर

बागलुङ-गाउँको माझ जस्ताको छाना हालेको सानो छाप्रो अनि सडक छेवैमा आरन । परम्परागत शैलीमा नै बनाईएको आरन । आगो फुक्नका लागि परम्परागत फलामे मेसिन...

पर्वतको मुडिकुवामा पहिरोले घर पुरिँदा एक बालिकाको मृत्यु

पर्वत,२९ भदौ - पर्वतको फलेवास नगरपालिका वडा नं. ४ मुडिकुवा स्थित शिर्शुवामा पहिरोले घर पुरिँदा एक बालिको मृत्यु भएको छ ।स्थानीय नबिन विकको घर...

अपडेट : गाडी टुक्रा टुक्रा अवस्थामा भेटियो। एक जनाको शव भेटियो,दुई जनाको पहिचान खुल्यो।

पर्वत-बाग्लुङबाट पोखरा सवार टाटा सुमो जीप पर्वतको कुश्मा स्थित तमादीखोलाले बगाउँदा बेपत्ता भएका तीन जनामध्ये घटनामा परेका दुई जनाको नाम खुलेको छ । कास्की नौडाँडाका विजय...

अनलाइन कक्षाका लागि “वाईफाई” खोज्दा! अमलाचौरमा गाउँभरी फैलियो कोरोना

बागलुङ– कोरोना महामारीको त्रासका कारण बैशाख यता विद्यालय खुलेका छैनन् । बागलुङका केही विद्यालयले वैकल्पिक माध्यामको प्रयोग गरेर पठनपाठन गराईरहेका छन् । केही विद्यालय...