पर्वत- अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त किशोर कुमार सिलवालले गल्ति गर्नेलाई अख्तियारले कुनै हालतमा नछाड्ने बताउनुभएको छ आईतबार पर्वतको कुश्मामा भएको भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन सम्बन्धि जिल्लास्तरीय छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै आयुक्त सिलवालले भ्रष्टाचारमा संलग्न जो कोहि भएपनि कारवाहिको दायरमा आउने बताउनुभयो । राज्यका जिम्मेवार व्यक्ति र निकायमै भ्रष्टाचार मौलाउँदै गएको बताउँदै कानून सवैका लागि बराबर लागु हुन्छ भन्ने विषयमा हेक्का राख्न समेत आगू्रह गर्नुभयो ।
विगतका दिनमा गल्तिनै नगर्ने व्यक्ति पनि अख्तियारमा परेको र दुख भोग्नु परेको गुनासाहरु छन् सिलवालले भन्नुभयो(‘तर अब जस्ले गल्ति गर्छ उसलाई मात्र हामीले कारबाहीको भागीदार बनाउछौ । उहाँले मातहत कर्मचारीले कुनै प्राविधिक विषयमा निणयार्थ छ भनेर हस्ताक्षर गरेपछि कार्यालय प्रमुखले गलत मनसाय नराखी प्रामणिकरण गरेको पुष्टि हुन्छ भने प्रमुखलाई अख्तियारले नसमात्ने बताउनु भयो ।
साथै उहाँले सम्पति सुद्धिकरणको मुद्दा लाई पहिलो प्राथमिकतामा राखेर छानविन गरिरहेको बताउनुभयो । सामान्य जागरि भएकाहरुले पनि छोटो समयमै अकुत धन आर्जन गरेका उजुरीहरु पर्न थालेको बताउँदै अख्तियारले सम्पत्ति सुद्धिकरण अभियानमा समेत तदारुकता देखाउने बताउनुभयो । सो अवसरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराका प्रमुख कोषहरी निरौलाले पर्वतमा चालु आर्थिक वर्षमा भएका भ्रष्टाचारका मुद्धाको तथ्यांक प्रस्तुत गर्नुभएको थियो ।यस वर्ष जिल्लाका सात स्थानीय तह र प्रदेश तथा संघीय सरकारी कार्यालयका गरी ६९ वटा मुद्धा दर्ता भएका छन् । शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका मुद्धा बढि रहेको उहाँले बताउनुभयो । अख्तियारमा मुद्धा बढि पर्नेमा स्थानीय तहकै बढि रहेको पनि निरौलाले जानकारी दिनुभयो ।विशेषगरी आथर्िक अनियमितता भएका, उपभोक्ता समितिवाट गरिएका कामहरुमा अपारदर्शिता भएका, सेवा प्रवाहमा विभेद गरिएका लगायतका मुद्धा बढि रहेको उहाँको भनाई रहेको छ । कार्यक्रममा आयोगका उपसचिब बिरेन्द्र केसीले राज्यले जतिसुकै शुन्य सहनशिलताको निति लिएपनि भ्रष्टाचार न्यूनिकरण हुन नसकेको बताउनुभयो ।भ्रष्टाचार न्यूनिकरणमा सवैभन्दा ठुलो दायित्व कार्यालय प्रमुखको हुने भएकाले जिम्मेवार भएर कार्य सम्पादन गर्न आग्रह गर्नुभयो । सो अवसरमा जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहरबि पौडेलले राज्यका जिम्मेवार निकायमा रहेकाहरुले आफ्नो जिम्मेवारी र कर्तव्य बोध नगर्दा समस्या भ्रष्टाचारको जालो मौलाउँदै गएको बताउनुभयो ।कार्यक्रममा पर्वतका प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले जिल्लाको विकास निर्माण र सरकारी कार्यालयहरुको कामकाज र पारदर्शिताका लागि गरिएका प्रयासहरुका बारेमा जानकारी गराउनुभएको थियो