#
गृह पृष्ठ मेलापत नेपालमा थप ३ हजार ३ सय ८४ जनामा सङ्क्रमण पुष्टि, ६ हजार...

नेपालमा थप ३ हजार ३ सय ८४ जनामा सङ्क्रमण पुष्टि, ६ हजार भन्दा धेरै निको

काठमाण्डाै – पछिल्लो २४ घण्टामा तीन हजार तीन सय ८४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । आठ हजार पाँच सय ६ जनाको पीसीआर परीक्षण गर्दा दुई हजार तीन सय ८२ जना र पाँच हजार नौ सय ८८ जनाको एन्टीजेन परीक्षण गर्दा एक हजार दुई जना गरी तीन हजार तीन सय ८४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म पीसीआर विधिबाट ६ लाख ६ हजार सात सय ७८ जना र एन्टीजेन विधिबाट १९ हजार सात सय ५७ जनामा कोरोना पुष्टि भएको छ । यस्तै पछिल्लो २४ घण्टामा ६ हजार दुई सय ९५ जना निको भएका छन् । यो सँगै निको हुनेको सङ्ख्या पाँच लाख २७ हजार एक सय ११ पुगेको छ । थप ६१ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या आठ हजार तीन सय ६६ पुगेको छ । अहिले नेपालमा ७१ हजार तीन सय एक  सक्रिय सङ्क्रमित रहेका छन् ।

छुटाउनुभयो कि?

बलेवाका ३ वडा अध्यक्षको टेलिफोन सम्बाद :संक्रमण त्रासले वलेवाका वडाहरुमा थप कडाई गरिने!

बलेवा, १२ भदौ– संक्रमणको त्रास बढ्दै गएपछि बागलुङ नगरपालिकाको बलेवा क्षेत्रका तीन वडाले निषेधाज्ञाको कार्यान्वयनमा थप कडाइ थालेका छन् । छिमेकी स्थानीय तहहरुसँग जोडिएका...

फलेवास नगरसभापतिमा थापा निर्बिरोध सभापती हुने पक्का! सबै काङ्ग्रेस लागे थापाको पक्षमा

पर्वत- नेपाली कांग्रेसको महाधिवेशन शुरु भएसंगै चुनावी सरगर्मी बढ्न थालेको छ ।यता नगर अधिवेशनको लागि नेपाली कांग्रेसका नेताहरुको दौडधुप बढिरहेको छ ।यो सँगै पर्वतको...

पर्वतको मुडिकुवामा पहिरोले घर पुरिँदा एक बालिकाको मृत्यु

पर्वत,२९ भदौ - पर्वतको फलेवास नगरपालिका वडा नं. ४ मुडिकुवा स्थित शिर्शुवामा पहिरोले घर पुरिँदा एक बालिको मृत्यु भएको छ ।स्थानीय नबिन विकको घर...

अपडेट : गाडी टुक्रा टुक्रा अवस्थामा भेटियो। एक जनाको शव भेटियो,दुई जनाको पहिचान खुल्यो।

पर्वत-बाग्लुङबाट पोखरा सवार टाटा सुमो जीप पर्वतको कुश्मा स्थित तमादीखोलाले बगाउँदा बेपत्ता भएका तीन जनामध्ये घटनामा परेका दुई जनाको नाम खुलेको छ । कास्की नौडाँडाका विजय...

अनलाइन कक्षाका लागि “वाईफाई” खोज्दा! अमलाचौरमा गाउँभरी फैलियो कोरोना

बागलुङ– कोरोना महामारीको त्रासका कारण बैशाख यता विद्यालय खुलेका छैनन् । बागलुङका केही विद्यालयले वैकल्पिक माध्यामको प्रयोग गरेर पठनपाठन गराईरहेका छन् । केही विद्यालय...