गृह पृष्ठ मेलापत बहुमत सांसदको हस्ताक्षरसहित गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपालीको दाबी

बहुमत सांसदको हस्ताक्षरसहित गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपालीको दाबी

गण्डकी-  प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलको दाबी परेको छ । उहाँले संविधानको धारा १६८ को उपधारा ५ अनुसार आफूलाई मुख्यमन्त्रीमा नियुक्त गर्न दाबी गर्दै प्रदेश प्रमुख कार्यलयमा दाबी पत्र दर्ता गर्नुभएको छ । प्रदेश प्रमुख सीताकुमारी पौडेललाई भेटेर उहाँले बहुमत सांसद आफूहरूसँग भएको भन्दै मुख्यमन्त्रीमा दाबी पेस गर्नुभएको हो ।दाबी पत्र दर्तासमेत भइसकेको छ । मुख्यमन्त्रीमा पोखरेललाई दाबी गर्न ३१ जना सांसद प्रदेश प्रमुख कार्यालय पुगेका थिए । ६० सदस्यीय गण्डकी प्रदेश सभामा बहुमत पुर्याउन ३१ सांसद आवश्यक पर्छ । नेपाली कांग्रेसका १५, नेकपा माओवादी केन्द्रका ११, राष्ट्रिय जनमोर्चाका २, जनता समाजवादी पार्टी (जसपा)का २ र स्वतन्त्र १ गरी ३१ सांसदको हस्ताक्षरसहित उहाँले मुख्यमन्त्रीमा दाबी पेस गर्नुभएको हो ।मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले हिजो प्रदेश सभामा विश्वासको मत लिन नसक्नुभएपछि प्रदेश प्रमुख पौडेलले संविधानको धारा १६८ को उपधारा ५ अनुसार दाबी पेस गर्न २४ घण्टे आह्वान गर्नुभएको थियो ।

छुटाउनुभयो कि?

पर्वतको मुडिकुवामा पहिरोले घर पुरिँदा एक बालिकाको मृत्यु

पर्वत,२९ भदौ - पर्वतको फलेवास नगरपालिका वडा नं. ४ मुडिकुवा स्थित शिर्शुवामा पहिरोले घर पुरिँदा एक बालिको मृत्यु भएको छ ।स्थानीय नबिन विकको घर...

शिव अखेलिको शब्दमा ! सम्झना र बिक्रमको आवाजमा के छ का खबर?(भिडियो सहित)

काठमाण्डाै,१४ पौष -लोकप्रिय गायिका सम्झना लामिछाने मगरको आवाज रहेको निकै उत्कृष्ट गीत के छ का खबर सार्वजनिक भएको छ ।सम्झनालाई आवाजमा विक्रम रानाले साथ...

३ वर्षिया बालिकालाई जवरजस्ती गरेको आरोपमा पर्वतको रानीपानी बाट एक जना पक्राउ

पर्वत ,२७ कात्तिक–  पर्वतको विहादी गाउँपालिका वडा नं. ३ रानीपानीकी ३ वर्षिया बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा...

बागलुङमा एक बर्षिया बालिका सहित ,आठ जनामा कोरोना संक्रमण पुष्टि

बागलुङ, ११ भदौ–बागलुङमा समुदायका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको बागलुङ नगरपालिकाका ७ जना र काठेखोला गाउँपालिकाका एक जनामा कोरोना संक्रमण...

देशको समृद्धिको आधार नै पर्यटन हो,सरकार लगानी गर्न आतुर छ : मन्त्री लम्साल

बागलुङ, २३ मंसिर– गण्डकी प्रदेशका उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्री बिकास लम्सालले गण्डकी सरकारले पर्यटनलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताएका छन् । मंगलवार बागलुङ...